डिएनए नमिलेपछि दीलिपसिंह विष्ट रिहा

कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरण

काठमाडौं । भदौ १० गते कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरणमा मुख्य अभियुक्त भनिएका दीलिपसिंह विष्ट साधारण तारेखमा रिहा भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी कुवेरसिंह कडायतका अनुसार, डिएनए रिपोर्ट नमिलेपछि विष्ट साधारण तारेखमा छुटेका हुन् । यस्तै, निर्मलाकी साथी भनिएकी रोशनी बम पनि साधारण तारेखमा रिहा भएकी छन् भने उनकी दिदी बबितालाई ३० हजार रुपैयाँ धरौटीमा रिहा गरिएको छ ।

तत्कालीन कञ्चनपुर प्रहरी नेतृत्वले मुख्य अभियुक्त भनेर विष्टलाई सार्वजनिक गरेको थियो । तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टले दीलिपसिंहलाई फसाउन खोजेको भन्दै कञ्चनपुरमा आन्दोलन चर्किएको थियो । आन्दोलनमा गोली चलाउँदा शनि खुनाको ज्यान गएको थियो । दर्जनौँ घाइते भएका थिए । तत्कालीन एसपी डिल्लीराज विष्ट नेतृत्वको प्रहरीले अनुसन्धानमा त्रुटि गरेको भन्दै उनी निलम्बनमा परेका छन् । फाइल फोटो । 

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

शब्द/तस्बिरः पुष्पराज अधिकारी हेटौंडा । ८ वर्ष अघिसम्म हेटौंडा उपमहानगरपालिका ९ स्थित कुखुरेनी खोलाको सामान्य बगर थियो यो भूगोल ।…

दोलखा । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले जनअनुसार काम गरिरहेको बताउनुभएको छ । ‘प्रकाश स्मृति…

कम्बोडिया । कम्बोडियाका दुई वरिष्ठ माओवादी नेतालाई आमनरसंहारको आरोपमा आजीवन काराबास सजाय सुनाइएको छ । कम्बोडियामा सन् १९७५ देखि १९७९…

नेपाली समाजमा प्रचलित उखान मध्ये एकः ‘पैसा देखेपछि महादेवका पनि तीन नेत्र ।’ यो उखानले वास्तविक समाजको यथार्थ चित्रण गरेको…

कुत्सित र पूर्वाग्रहले भरिएका हल्ला र प्रचारबाजीबाट कति पनि प्रभावित भएको छैन । बरु आफनो इमान, नैतिक मूल्यमान्यता, निष्ठा र…

धमाकेदार ट्रेलर र फितलो कथाबस्तुको फिल्म कस्तो बन्ला ? नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकार अहिले त्यस्तै भयो भन्दा हतार भयो…