सीमामा तारबार गर्ने भनिएपछि तराईमा तनाव

प्रमोद कुमार साह
जनकपुर । नेपाल–भारत प्रवुद्ध समूह (इपिजी) ले सीमा क्षेत्रमा कडाइ र नियन्त्रण गर्ने चर्चा चलेपछि नेपाल भारत खुल्ला सीमा सम्वाद समूहले दुई देशबीच हुने समस्याका विषयमा दुवै देशका बासिन्दासँग सम्वाद गर्ने अभियान थालेको छ ।

समूहले थालेको अभियानबाट रिपोर्ट तयार गरी सरकारलाई बुझाउने लक्ष्यका साथ अभियान शुरु गरिएको हो । अभियानक्रममा सम्वाद समूहका अध्यक्ष राजीव झाको संयोजकत्वमा मंगलबार भारतको पिपरौन पुगेर सीमामा आवतजावतमा बन्देज हुने भएपछि हुने समस्याका विषयमा सर्वसाधारणको धारणा बुझेका थिए ।

भारतको पिपारौनमा गरिएको कार्यक्रममा पिपरौनका सरपञ्च असेश्वर मुखियाले भारत नेपालको सीमामा परिचयपत्र लागू गरिएपछि दुवै देशका नागरिकलाई कठिनाई हुने बताए । उनले नेपाल भारतमा बेटी रोटीको सम्बन्ध रहेको तथा बिहेबारी पनि नेपाल र भारतका नागरिकबीच भइरहेकाले सीमामा कडाई गर्नु असान्दार्भिक रहेको बताए ।

अभियान चलाइरहेको नेपाल भारत खुल्ला सीमा सम्वाद समूहका अध्यक्ष राजीव झाले दुई देशबीच सम्वन्ध चिस्याउने प्रबद्ध समूहले रिपोर्ट पेस गरेको बताए । सीमामा तार जाली होस् या परिचयपत्र होस्, यसलाई लागु गरेर आमजनसमुदायलाई कस्तो किसिमको समस्या हुने त्यसलाई सम्वाद माध्यमबाट रिपोर्ट तयार गरी सरकारलाई बुझाउने अभियान चलाएको बताए । नेपाल–भारत सीमामा आवतजावतका लागि ७० वटा नाका राख्ने र त्यहाँ परिचयपत्र देखाएर मात्र आवतजावत गर्ने व्यवस्था मिलाउने भारतीय पक्षको प्रस्ताव छ ।

मधेशमा आशंका र चिन्ताबीच इपिजीको प्रतिवेदनमा खुला सीमालाई नियन्त्रण गर्नुपर्ने, खुला सीमालाई तारबारले घेरेर सिलबन्दी गर्नुपर्ने, दुवै देशमा आवतजावत गर्दा परिचयपत्र वा प्रवेशपत्र बोक्नुपर्ने जस्तो नीति आउने चर्चा चलेको छ । सरकारले २०७२ माघ १४ गते प्रबुद्ध व्यक्ति समूह गठन गरेको थियो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

शब्द/तस्बिरः पुष्पराज अधिकारी हेटौंडा । ८ वर्ष अघिसम्म हेटौंडा उपमहानगरपालिका ९ स्थित कुखुरेनी खोलाको सामान्य बगर थियो यो भूगोल ।…

दोलखा । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले जनअनुसार काम गरिरहेको बताउनुभएको छ । ‘प्रकाश स्मृति…

कम्बोडिया । कम्बोडियाका दुई वरिष्ठ माओवादी नेतालाई आमनरसंहारको आरोपमा आजीवन काराबास सजाय सुनाइएको छ । कम्बोडियामा सन् १९७५ देखि १९७९…

नेपाली समाजमा प्रचलित उखान मध्ये एकः ‘पैसा देखेपछि महादेवका पनि तीन नेत्र ।’ यो उखानले वास्तविक समाजको यथार्थ चित्रण गरेको…

कुत्सित र पूर्वाग्रहले भरिएका हल्ला र प्रचारबाजीबाट कति पनि प्रभावित भएको छैन । बरु आफनो इमान, नैतिक मूल्यमान्यता, निष्ठा र…

धमाकेदार ट्रेलर र फितलो कथाबस्तुको फिल्म कस्तो बन्ला ? नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकार अहिले त्यस्तै भयो भन्दा हतार भयो…