पर्यटकीय गन्तव्य बन्दै देवचुली

नवलपरासी । पूर्वी नवलपरासीस्थित देवचुली डाँडा पर्यटकीय गन्तव्य बन्दै गएको छ । पछिल्लो समय देवचुली डाँडामा आन्तरिक तथा बाह्य पर्यटक पदयात्राका लागि आउन थालेका छन् ।  देवचुली नगरपालिका–६ र बुलिङ्गटार गाउँपालिका–४ मा पर्ने सो क्षेत्रमा रहेका तीनकन्या माइको मन्दिर, गोलपोखरी शान्ति उद्यान र यहाँको मगर संस्कृतिले पदयात्रीलाई आकर्षित गर्न थालेको बुलिङ्गटार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण अधिकारी बताउँनुहुन्छ ।

नवलपुरको थारू संस्कृति तथा मध्यवर्ती जंगलमा बाघ, हात्ती, गैँडालगायत वन्यजन्तु हेर्नसमेत पर्यटक आउन थालेका छन् ।  देवचुली क्षेत्रको धार्मिक तथा ऐतिहासिक पुरातात्विक महत्वका बारेमा प्रचार–प्रसार गरी सिङ्गो पर्यटन क्षेत्रको विकास गर्ने गरी पूर्वाधार निर्माण गर्नुपर्ने देवचुली डाँडा पर्यटकीय क्षेत्र पूर्वाधार विकास समितिका अध्यक्ष पदमराज गिरीले बताए । यहाँ समितिले एक हजार ९३६ मिटर अग्लो डाँडामा २३ फिट अग्लो भ्यूटावर निर्माण गरेको छ । उक्त भ्यूटावरबाट मनोरम दृश्यावलोकन गर्न सहज भएको छ ।

पूर्वी नवलपरासीको एक मात्र पदयात्राका लागि उपयुक्त ठाउँ देवचुली डाँडालाई चिनाउन देवचुली नगरपालिका र बुलिङ्गटार गाउँपालिकाले संयुक्त योजना बनाउनु आवश्यक छ । ‘सम्वद्र्धन र प्रवद्र्धनका लागि मिलेर काम गरिरहेका छौँ,’ बुलिङ्गटार गाउँपालिकाका अध्यक्ष शशीकिरण बास्ताकोटीले भन्नुभयो । देवचुलीबाट विभिन्न हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । यहाँ पदयात्राका लागि आउने आन्तरिक पर्यटकको संख्या अत्यधिक छ । यहाँ आउने बाह्य पर्यटकको संख्या न्यून छ ।

पर्याप्त प्रचार–प्रसार गर्न सके देवचुली डाँडा उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्छ । देवचुली डाँडामा पूजालाई व्यवस्थित गर्न तीन कन्यामाइको मन्दिर निर्माण तथा खानेपानीका लागि फेदीमा व्यवस्था गरिएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

भिम चौधरी कैलाली । कैलालीको जोशीपुर गाउँपालिका–१ का व्यापारी ३७ वर्षीय रामप्रसाद जैशीको हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको…

काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दिपकराज जोशीलाई सत्तारुढ दलले महाअभियोग लगाउने तयारी गरेको छ । नेकपा निकट स्रोतले दिएको जानकारी…

काठमाडौं । आफ्नै छात्रालाई लगातार यौन प्रस्ताव राख्दै नमाने परीक्षामा फेल गराइदिन्छु भन्ने प्राध्यापक पक्राउ परेका छन् । कलंकीस्थित हिमालय…

काठमाडौं । यती एयरलाइन्सले नयाँ विमान थपेको छ । यतीले नवौँ विमानका रुपमा ATR -72- 500 को तेस्रो विमान त्रिभुवन…

वनमा धेरै ठूलो अजिंगर बस्दथ्यो । ऊ निकै अभिमानी र अत्यन्तै क्रुर थियो । जब ऊ आफ्नो बासस्थानबाट निस्कन्थ्यो, सबै…

काठमाडौं । प्रहरीको व्यापक खोजीमा रहेका डा. सिके राउतले सामाजिक सञ्जाल मार्फत् आफ्नो अभिव्यक्ति सार्वजनिक गरेका छन् । नेपालको संविधान…