खानेपानी मन्त्री मगरको अर्को सत्प्रयास

खानेपानीमा समस्या भए १६६००१४२१११ मा फोन गर्नुहोस्

काठमाडौं । खानेपानीका लागि नै आधा घण्टा भन्दा बढी समय खर्च गर्नु पर्ने बाध्यता छ ? छ भने अब समस्या समाधानको पहलमा जुट्नु भएको छ खानेपानी मन्त्री विना मगर ।

मन्त्रालयले खानेपानीको समस्या खेपिरहेका परिवार पहिचानका लागि विवरण संकलन अभियान शुरु गरेको छ । मन्त्री मगरको यो अर्को सत्प्रयास हो । अभियान अन्तर्गत आधा घण्टा भन्दा बढी समय खानेपानी संकलनमा लाग्ने समुदाय, क्षेत्र र परिवारको विवरण संकलन गरी नयाँ योजना बनाइने मन्त्रालयको तयारी छ ।

‘खानेपानीको समस्या भोगिरहेका जनतालाई पानीको सुविधा दिने प्रयास नै हो,’ अभियानबारे मन्त्री मगरको प्रतिक्रिया छ, ‘कुन भूगोल, समुदाय, परिवार खानेपानीको समस्या खेपिरहेको छ भनेर जानकारी लिनेछौँ र गृहिणीलाई सहज हुने नयाँ योजना बनाउनेछौँ ।’ मन्त्रालयले एक हप्ताभित्र विवरण पठाउन सर्वसाधारण, सामाजिक संघसंस्था र स्थानीय तहलाई अनुरोध गरेको छ ।

निशुल्क फोन व्यवस्था
खानेपानी मन्त्रालयले पानी संकलन गर्न आधा घण्टा भन्दा बढी समय लाग्ने समुदायबाट सिधै मन्त्रालयमा फोन सम्पर्क गर्न सकिने व्यवस्थासमेत गरेको छ । मन्त्रालयले सर्वसाधारणका लागि १६६००१४२१११ नम्बर उपलब्ध गराएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

शब्द/तस्बिरः पुष्पराज अधिकारी हेटौंडा । ८ वर्ष अघिसम्म हेटौंडा उपमहानगरपालिका ९ स्थित कुखुरेनी खोलाको सामान्य बगर थियो यो भूगोल ।…

दोलखा । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले जनअनुसार काम गरिरहेको बताउनुभएको छ । ‘प्रकाश स्मृति…

कम्बोडिया । कम्बोडियाका दुई वरिष्ठ माओवादी नेतालाई आमनरसंहारको आरोपमा आजीवन काराबास सजाय सुनाइएको छ । कम्बोडियामा सन् १९७५ देखि १९७९…

नेपाली समाजमा प्रचलित उखान मध्ये एकः ‘पैसा देखेपछि महादेवका पनि तीन नेत्र ।’ यो उखानले वास्तविक समाजको यथार्थ चित्रण गरेको…

कुत्सित र पूर्वाग्रहले भरिएका हल्ला र प्रचारबाजीबाट कति पनि प्रभावित भएको छैन । बरु आफनो इमान, नैतिक मूल्यमान्यता, निष्ठा र…

धमाकेदार ट्रेलर र फितलो कथाबस्तुको फिल्म कस्तो बन्ला ? नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकार अहिले त्यस्तै भयो भन्दा हतार भयो…