अब ‘फेक’ होइन ‘फ्रि’ रेस्क्यू

मानव शरीरमा कुनै पनि समयमा समस्या आउन सक्छ । जो कोही नसोचेको समयमा बिरामी हुनसक्छ । के कारणले बिरामी भएको हो ? त्यो विषय बिरामीले डाक्टरलाई दिएका तथ्यहरु र डाक्टरले बिरामीको ल्याबमा गरिएका परीक्षणपश्यात निर्क्यौल निस्कन्छ । जुन चलनचल्तीमा हामीले देखिने सामान्य प्रक्रिया हो । तर नेपालको पहाडी र हिमाली क्षेत्रमा पदयात्रा वा हिमाल आरोहण गर्ने समूहहरुमा कुनै पनि समय पर्यटक वा सहयोगीहरु जो कोही आकस्मिकरुपमा बिरामी पर्न सक्छन् । जसको आकस्मिक उद्दार गर्न जरुरत हुन्छ । यदि समयमा उद्दार गर्न असक्षम भएमा दुर्घटना हुन जान्छ । विषेश गरी नेपालमा पर्यटकहरु मुख्य गरी उचाई प्राप्त गर्दै जाँदा लेक लाग्ने र खानपानका कारण बिरामी हुने गर्दछन् ।

१. लेक लाग्नेः यो विषयमा विशिष्ट व्यक्ति तथा डाक्टरको अनुसन्धान र यस क्षेत्रमा कार्यरत अनुभवी व्यक्तिको अनुभवबाट लेक कसरी लाग्छ र यसको रोकथाम कसरी गर्न सकिन्छ भन्ने बारे अध्ययन र अनुसन्धान हुँदै आएको पाइन्छ । विज्ञहरुको भनाइअनुसार, २ हजार ५ सय मिट रमाथि प्रस्थान गरेपछि जोकोहीलाई पनि लेक (हाइ अल्टिट्युड इलनेस) हुन सक्छ । शुरुमा लेक लाग्नु भन्दा पहिला सामान्य लक्षण देखा पर्दछ । सामान्य टाउको दुख्नु, स्वाँस्वाँ हुनु, रिंगटा लाग्नु, थकाइ म

–एम.टी लामा

हसुस हुनु, खानामा रुची कम हुनु जस्ता लक्षणहरु लेक लाग्नुका संकेत हुन् । ९९% प्रतिशत मानिसलाई सामान्य लेक लाग्ने गर्दछ तर उनीहरुले आफुलाई लेक लागेको महसुस गरेको हुँदैन । माथि उल्लेखित कुनै न कुनै लक्षण सामान्यतयाः देखा पर्दछ र सामान्य प्राथमिक उपचारबाट रोकथाम र उपचार गर्न सकिन्छ । अनुभवी र प्राथमिक उपचारसम्बन्धी ज्ञान भएका पथपर्दशक (गाइड) वा टोली नेता (ग्रुप लिडर) भए यस्ता प्रारम्भिक लक्षण निराकरण गर्नु जटिल विषय होइन । यदि प्रारम्भिक लक्षणको उपचार नगरे वा बेवास्ता गरे गम्भीर प्रकृतिको लेक सेभर (हाइ अल्टिट्यूड इलनेस) लाग्न सक्छ जुन धेरै खतरनाक मानिन्छ र सही समयमा उद्दार र उपचार गर्न नसकिए दुर्घटना हुन सक्छ । यस्तो समयमा जहाँ उपचार सम्भव नभएको अवस्थामा उद्दार नै पहिलो विकल्प हो ।

२. झाडाबान्ता, पखाला र ज्वरो सामान्यता खानपिनमा फरक र सरसफाइ कमीले पर्यटकमा हुनसक्छ । फूड पोइजनिङ पदयात्रामा पर्यटकलाई कहिलेकहीँ हुने गर्दछ । यसबारे अनुभव र ज्ञान नहुने हो भने यो फूड पोइजनिङ डरलाग्दो देखिन्छ । तर करिब २४ घन्टापछि आफैँ सामान्य हुँदै जान्छ । यो समयमा पर्यटकलाई सही सल्लाह दिन नसके र हेरचाह पुर्याउन नसके यात्र पूरा नगरी फर्किन सक्छ । सामान्य सरसफाइ कमी र फरक खानाले पनि पर्यटक केही दिन बिरामी हुनसक्छ । तर अनुभवी र प्राथमिक उपचारको ज्ञान भएका पथपर्दशक वा टोली नेता भए यस्ता समस्या सजिलै उपचार गरी यात्रा पूरा गर्न सकिन्छ । झाडाबान्ता, पखाला र ज्वरोबाट कुनै पनि पर्यटकको उद्दार गरिएको अनुभव मसँग छैन ।

नेपालमा भ्रमण गर्न वर्षेनी हजारौँ पर्यटक लामो समयदेखि आउने गरेका छन । पछिल्लो दशकमा नेपालको पर्यटन विकासमा पूर्वाधार पनि केही विकास भएको छ । जति पनि पूर्वाधार विकास भएका र गरेका छन् । ती पूर्वधार विकसित मुलुकहरुको दाँजोमा आधुनिक पूर्वाधार र दक्षतामा पछाडि छ । तर पनि पर्यटकको आधारभूत आवश्यकता भने यसले पूरा गर्दै थप सविधा पूर्ति भएका छन् । पूर्वाधारसँगै पर्यटन क्षेत्रमा लगानी गर्ने र उद्योगधन्दा खोल्नेको संख्या बढ्दो छ । दक्षा जनशक्ति, अनुभव, राष्ट्रिय नीति र निरीक्षण अभावमा पर्यटन क्षेत्रमा विकृति र विसंगति फैलिरहेका छन् । सामान्य अस्वस्थामा भएको पर्यटकलाई त्रास हुने गतिविधि र कुराकानी गर्नु हुँदैन । यसो गर्दा पर्यटक आत्तिन सक्छ र मनोवैज्ञानिक असरले स्थिति गम्भीर हुन जान्छ । असामान्य अवस्थामा समेत पर्यटकलाई हौसला प्रदान गर्नु पर्दछ र हरेक पल निगरानी गर्नु पर्दछ । सामान्य समस्या वा बिरामी परेका बेला समेत अवस्थालाई सामान्यीकरण गर्न सके उद्दार आवश्यक पर्दैन ।

३. प्रतिकूल मौसम, घटना र दुर्घटना नेपालमा अझै पनि मौसमसम्बन्धी सूचना विकसित मुलुकको जस्तै भरपर्दो सुलभ भइसकेको छैन । यात्राक्रममा कहिलेकँही जटिल मौसमको सामना गर्नु पर्ने हुन्छ । अत्यधिक वर्षा र हिमपातले यात्रा अरु कठीन हुन जान्छ । अत्यधिक हिमपातले यात्रा अघि बढाउन सकिँदैन भने फर्किन पनि कठिन र यदाकदा असम्भव पनि हुन सक्छ । जटिल मौसमका कारण पर्यटक तथा सहयोगीहरु जोखिममा पर्न सक्छन् । यस्तो अवस्थामा उद्दार गर्न अत्यन्त आवश्यक हुन्छ ।

यात्राक्रममा लडेर वा ठोक्किएर घाइते भई गम्भीर चोटपटक लाग्न गई अंगभंगसमेत हुनसक्छ । सवारी दुर्घटना, हिमपहिरो र बाढीपहिरोका कारण पनि पर्यटक जोखिममा पर्न सक्दन् । कहिलेकँही हृदयाघातजस्ता गम्भीर प्रकृतिका अवस्था पनि बेहोर्नु पर्न सक्दछ । यस्ता केही गम्भीर अवस्थामा पर्यटकलाई उद्दार आवश्यक पर्दछ ।

केही संस्था र व्यक्तिले छिटो आर्थिक लाभ लिने उद्देश्यले उद्दारका नाममा नेपालको पर्यटन क्षेत्रमा दाग लगाएर सिंगो उद्योगमा गम्भीर असर पारेको छ । साथै, विश्व पर्यटन बजारमा नेपालको छवि धमिलिएको छ । नेपाल र नेपालीप्रति विश्वासमा कमी आएको छ । यो क्षेत्रमा लागेको दाग मेटाउन, गुमेको विश्वास पुनः आर्जन गर्न र धमिलिएको छवि सुधार गर्न पर्यटन क्षेत्रका हस्तीहरुले विषेश ध्यान दिन जरुरी छ । त्यस्तैगरी सम्बन्धित निकायमा उचित सुझाव प्रस्तुत गर्न आवश्यक छ । गलत नियतवश पर्यटकलाई बिरामी हुने खानेकुरा खुवाएर वा अन्य जुनसुकै गलत कार्य गरेर पर्यटक बिरामी बनाइ उद्दारकार्य गरेका संस्था र व्यक्तिलाई कारबाही गर्न कुनै पनि बहानामा र राजनीतिक दबाबमा पछि पर्नु हुँदैन । नेपालको पर्यटन व्यवसाय र उद्योग अझ सदृढ र विकास गर्न सबै अग्रसर भई पेशा र उद्योगप्रति इमानदार भई प्रस्तुत हुन जरुरी छ ।

उद्धार अर्थात् रेस्क्यू कस्ले गर्ने ?
पर्यटक तथा सहयोगी जोखिममा परेको अवस्थामा तिनीहरुको उद्दार गर्नु सरकार र सम्बन्धित कम्पनीको तथा व्यवसायीको दायित्व हो । आफ्नो पाहुनम (क्लाइन्ट) प्रति इमानदार र जिम्मेवार हुनु पर्यटन उद्योगसँग सम्बन्धित कुनै पनि ट्राभल वा ट्रेकिङ व्यवसायीको जिम्मेवारी हो । उद्दारमा इमान्दार हुन नसक्नु र गैरजिम्मेवारी ढंगमा प्रस्तुत हुनु पेशाप्रति गद्दारी हो । केही सीमित आर्थिक लाभ लिन गद्दार र गैरजिम्मेवारी तरिकाले सफल होला तर त्यो क्षणिक लाभ मात्रैमा सीमित हुनेछ ।

यसैको परिणाम कुनै आमुक व्यक्ति वा संस्थाले गरेको गलत क्रियाकलापले सबै लज्जित बनेका छन् । अतः उद्दार कार्य सरकारले गर्ने, प्रहरी वा सेनालाई दिने जस्ता समाचार विभिन्न सञ्चार माध्यममा आएको देखिन्छ । सामान्य हिसाबले झट्ट बाहिरबाट हेर्ने हो भने ठीकै जस्तो देखिए पनि व्यवहारमा लागु गर्दा यो व्यवहारिक हुन सक्दैन । प्रहरीलाई शान्ति सुरक्षा कायम राख्न र झैझगडा मिलाउनसमेत धौ परिरहेको छ । सेना तथा सशस्त्र प्रहरीलाई आपतविपतका समय देशको नागरिकलाई उद्दार गर्ने कार्यमा समेत हम्मे पर्छ । अझै त्यसमाथि अर्को पर्यटक उद्धारको जिम्मेवारी सुम्पिदा थप भार पर्दछ । नेपालमा सरकारी काम र कारबाहीमा त्यसै पनि ढिलासुस्ती छ । पहुँच भएकामध्ये कसैको सिफारिस, कसैको तोकआदेश र भनसुनपश्चात कामकारबाही हुने ठाउँमा उद्दार जस्तो संवेदनशील विषयलाई सरकारी पोल्टामा जान दिनु दुःखद र झन्झटिलो हुनेछ । त्यसैले उद्दार कार्य सम्बन्धित व्यवसायी र निजी क्षेत्रलाई नै दिई पारदर्शी, सरल, सम्बन्धित व्यवसायीलाई नै जिम्मेवारी बोध र विश्वसनीय बनाउनु पर्दछ ।

सन २०२० लाई वा कुनै पनि समयलाई पर्यटन वर्ष मनाउने र यो क्षेत्रमा लागेको कालो दाग मेटाउने हो भने सरकारले नेपालमा भ्रमणमा आउने सबै पर्यटकलाई आपतकालीन अवस्थामा निशुल्क उद्दार घोषणा गर्नुपर्दछ । पर्यटन क्षेत्रमा क्रियाशील टान, नाटा र एनएमए जस्ता संस्थाहरुले कुनै पनि पर्यटक आपतविपत र ज्यान जोखिममा परेको वा रहेको अवस्थामा निशुल्क उद्दार गर्ने घोषणा गरी यो क्षेत्रमा लागेको कालो दब्बा मेटाउन सक्नु पर्दछ । यो सन्देश प्रवाह हुन सके हामी पर्यटन व्यवसायीको र उद्योगको पनि गरिमा बढ््ने छ । साथै, नेपालमा पर्यटक वृद्धि र विकास हुन सक्छ । अहिलेसम्म पर्यटकलाई कसैले रेस्क्यू गरे भने कसैले फेक रेस्क्यू गरे । अब सबै मिलेर ‘फ्रि रेस्क्यू’ गरौँ । यसमा नीति र शर्त लागु गर्ने नियम बनाउँ बरु ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

शब्द/तस्बिरः पुष्पराज अधिकारी हेटौंडा । ८ वर्ष अघिसम्म हेटौंडा उपमहानगरपालिका ९ स्थित कुखुरेनी खोलाको सामान्य बगर थियो यो भूगोल ।…

दोलखा । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले जनअनुसार काम गरिरहेको बताउनुभएको छ । ‘प्रकाश स्मृति…

कम्बोडिया । कम्बोडियाका दुई वरिष्ठ माओवादी नेतालाई आमनरसंहारको आरोपमा आजीवन काराबास सजाय सुनाइएको छ । कम्बोडियामा सन् १९७५ देखि १९७९…

नेपाली समाजमा प्रचलित उखान मध्ये एकः ‘पैसा देखेपछि महादेवका पनि तीन नेत्र ।’ यो उखानले वास्तविक समाजको यथार्थ चित्रण गरेको…

कुत्सित र पूर्वाग्रहले भरिएका हल्ला र प्रचारबाजीबाट कति पनि प्रभावित भएको छैन । बरु आफनो इमान, नैतिक मूल्यमान्यता, निष्ठा र…

धमाकेदार ट्रेलर र फितलो कथाबस्तुको फिल्म कस्तो बन्ला ? नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकार अहिले त्यस्तै भयो भन्दा हतार भयो…