हनुमान बन्न सकिनँ त्यसैले सत्ताको बागी

हामीले सपना त देख्नुपर्छ तर त्योभन्दा बढी काम गर्नुपर्छ । ओलीका सपना हावादारी छैनन् तर कामको गति र कार्यशैली बिल्कुल हावादारी छ, करिबकरिब कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर भन्नु अन्यथा नहोला । अन्त्यमा माथिका एकाध राम्रा काम तर बहुसंख्यक गलत कामका लागि ‘म सत्ताको बागी’ छु । जब परिस्थिति उल्टिएर फरक हुनेछ, तब म सत्तापक्ष हुनेछु ।

धेरैले तथानाम गाली गर्छन् र भन्छन्, ‘खगेन्द्र संग्रौला एउटा दलाल हो, जड्याँहा हो । उ विदेशीको पैसा खाएर सधैँ सत्तापक्षलाई गाली गर्छ ।’ तर मलाई कहिल्यै त्यस्तो लागेन । समकालीन लेखकहरुमा उनी जति चोटिलो तर्कसंगत र धाराप्रवाह सिलसिला मिलाउँदै रसिलो प्रस्तुति दिन माहिर लेखक कमै छन् ।

उनलाई गाली गर्न त्यति धेरै शब्द खर्च गर्न जरुरी देख्दिनँ । उनका तर्कसँग असहमत भए पनि शालीनतापूर्वक आलोचना गर्न सकिन्छ । यसको अर्थ उनका हरेक कुरा पक्षपोषण गर्ने हनुमान पटक्कै होइन तर कसैले आरोप लगाउंछ भने पनि मलाई केही फरक पर्दैन । वास्तविकता यो होइन । गुण र दोषका आधारमा हरेक व्यक्ति या विषयमाथि समर्थन या विरोध आधारभूत गुण बनाउँछु र यसलाई मैले जीवनभर आफूसँगै सुरक्षित राखिरहने छु । लाग्छ यो नै मानव जातिको सबैभन्दा महत्वपूर्ण गुण पनि हो ।

संग्रौलाका कतिपय अतिवादी कुरासँग असहमत छु तर ‘म सत्ताको बागी हूँ’ विषयमा उनको जस्तै धारणा बनाउँछु । सत्ता सधैँ पहुँच, पैसा हुनेकै साथमा रह्यो । चाहे वामपन्थी या दक्षिणपन्थी जुनसुकै सत्तामा आए पनि उसले पद, पैसा र पहुँच हुनेको हितमा सेवा गरेकै छ । एउटा गरिबको झुपडी हिजो पनि त्यस्तै थियो, जुन आज पनि छ । श्रम छ, रोजगारी छैन, बिरामी छ, उपचार छैन, भोक छ, भोजन छैन, उसँग केबल दुःखैदुःखको भारी छ । जनताका प्रतिनिधि सडकमा रहुन्जेल उसको व्यवहार जनताको जस्तै हुन्छ तर जब सत्तामा पुग्छ, उसले त्यो सबै भुल्छ । आफ्ना आसेपासेको लर्को, सबै सेवा सुविधा, आदेश दिनेबित्तिकै तुरुन्त मान्ने कारिन्दा, आर्थिक स्रोत, हरेक क्षेत्र र चरित्रका मानिसको सँगतले ऊ विस्तारै नवसामन्तका रुपमा परिवर्तित हुँदै जान्छ । ऊ आफूलाई ठूलो र विशिष्ट देखाउन पनि विगतभन्दा फरक व्यवहार गर्दै जान्छ र विस्तारै ऊ हरेक काममा जनताको पहुँच र चाहनाबाट टाढा हुँदै जान्छ ।

हामीसँग इतिहासमा कहिल्यै नभएको करिब दुई तिहाई बहुमतको वामपन्थी सरकार छ । हामीले बोकेको प्रगतिशील विचार कार्यान्वयन गर्ने ठाउँमा हामी छौँ । तर अहिले हाम्रो ‘विचार’को हालत ‘विचरा’मा रुपान्तरण भएको छ । आज एउटा बलत्कारी राज्यभन्दा बलियो देखिँदैछ तर दुई तिहाई मतसहित सत्तासीनहरु मस्त निद्रामा छन् । यस्ता सानातिना बलात्कार भइरहन्छन्, अल्झेर हुँदैन, हाम्रो लक्ष्य समृद्धि हो, रेल ल्याउनुपर्छ भनेर त्यतातिरको काम शासकको प्राथमिकतामा परेन होला, यो विषयमा या समय अपुग भयो । त्यसैले त न्याय माग्न गोली खानुपरेको छ । सायद सत्तामा पुगेपछि मान्छेको मूल्य कम र सत्ताको मूल्य बढी नै हुन्छ होला । समाजवाद ल्याउन शासकहरुले दिगम्बर झाजस्ता प्रगतिशील, क्रान्तिकारी, सदाचारी आचरणमा प्रश्नचिन्ह भएका सहयोगी भर्ति गर्दैछन् । दिगम्बर प्रवृत्तिका महान क्रान्तिकारी मित्रसँग एउटै थालमा भात रुचेकै छ, त्यसैले सरकार वामपन्थीबाट क्रमश ‘दामपन्थी’ भइरहेको महसुस भइरहेको छ ।

हामीले बोकेको प्रगतिशील विचार कार्यान्वयन गर्ने ठाउँमा हामी छौँ । तर अहिले हाम्रो ‘विचार’को हालत ‘विचरा’मा रुपान्तरण भएको छ । एउटा बलत्कारी राज्यभन्दा बलियो देखिँदैछ र दुई तिहाई मतसहित सत्तासीनहरु मस्त निद्रामा छन् ।

चुनावका बेला घोषणा गरिएको वृद्वभत्ता ५ हजार नदिएपछि जनतालाई भ्रम छरेर जित अनि राज गर भन्ने देखाइएको छ । काठमाडौंका सडकका खाल्डा एकवर्षमा पुर्ने र धरहरा पनि एकवर्षमा बनाउँछौँ भनेर विगत ३ वर्षदेखि भाषण सुनिएकै हो । केही नगरी बस्नु सबैेभन्दा खराव काम हो । तसर्थ केही काम गर्न कुरा गरेरै भए पनि चित्त बुझाउनु परेको छ । कुरा भन्दा काम बढी गरिदिए जनताले सरकारलाई धन्यवाद दिने निश्चित छ ।

राम्रा काम पक्षपोषण गर्न कहिल्यै पक्षपात र पूर्वाग्रह राखिनु हुँदैन । नीतिले विरोध गरिन्छ तर नियतले कदापि होईन । असल कुरा समर्थन र खराबको विरोधले समाज आफैँ सुधार हुंँदै जान्छ । समाज बिगार्ने भनेको तिनै अन्धभक्त चेतनाहीन हनुमानहरुले हो । मैले भनेको ठिक हो र म जे भन्छु त्यही गर भन्ने मानसिकता विनासको संकेत हो । आफ्ना विषयमा बहस–आलोचना गर्न स्वतन्त्रता देऊ र मात्र समाज विकासले गुणात्मक फड्को मार्ने छ ।

समाजवाद भाषण गरेर आउँदैन, जसरी कुराले च्युरा भिज्दैन । कुराअनुसार काम पनि गरौँ । जनता सरकारबाट सबैभन्दा आशावादी भएको समय हो तर विस्तारै त्यो आशानिराशामा परिणत हुंँदैछ । यति बलियो सरकारले आफ्नो शक्ति सही काममा खर्च गरेन भने देश फेरि पनि दशकौँसम्म अन्धकारको दलदलमा फस्ने निश्चित छ । जनताका आधारभूत समस्या समाधान गर्न र तत्कालीन अवस्थामा राहत दिन सरकार सक्षम हुनुपर्छ, त्यसका लागि जनताले तिरेको कर दुरुपयोग हुनु हुंँदैन । समाजवादका लागि सोही किसिमको योजना, कार्यशैली, अर्थ व्यवस्था, कर्मचारी संयन्त्र तयार गर्नुपर्छ । मूलतः सुुशासन र कानुनी राज्य स्थापना गर्दै जनतालाई दिएका वाचा क्रमशः पूरा गर्दै गए लक्ष्यमा पुग्ने निश्चित छ ।

जनतामाझ जाऊ, कुरा सुन र काम गर भन्ने विषय व्यवहारमा लागु गर । चीनसँग भएको पारवहन सम्झौता देशका लागि निकै दूरगामी महत्वपूर्ण काम हो । यसका लागि प्रधानमन्त्री केपी ओली विशेष धन्यवादका पात्र हुनुहुन्छ र जनताले यो विषय सधैँ सम्झिरहने छन् । हामीले सपना त देख्नुपर्छ तर त्योभन्दा बढी काम गर्नुपर्छ । ओलीका सपना हावादारी छैनन् तर कामको गति र कार्यशैली बिल्कुल हावादारी छ, करिबकरिब कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर भन्नु अन्यथा नहोला । अन्त्यमा माथिका एकाध राम्रा काम तर बहुसंख्यक गलत कामका लागि ‘म सत्ताको बागी’ छु । जब परिस्थिति उल्टिएर फरक हुनेछ, तब म सत्तापक्ष हुनेछु । आफ्नैले बाटो बिराउंँदा ठीक हो हजुर भन्दै जयजयकार गरी खाल्डोमा फसाउन चाहन्नँ र त बाटो गलत भयो भनेर संकेत गर्नु दायित्व ठानेको छु । राम्रो माने ठीकै छ, नराम्रो मानेर रिसाए ‘रिस खा आफू बुद्धि खा अरु जस्तै’ हुने निश्चित छ ।

चुनावका बेला घोषणा गरिएको वृद्वभत्ता ५ हजार नदिएपछि जनतालाई भ्रम छरेर जित अनि राज गर भन्ने देखाइएको छ । काठमाडौंका सडकका खाल्डा एकवर्षमा पुर्ने र धरहरा पनि एकवर्षमा बनाउँछौँ भनेर विगत ३ वर्षदेखि भाषण सुनिएकै हो । केही नगरी बस्नु सबैेभन्दा खराव काम हो । तसर्थ केही काम गर्न कुरा गरेरै भए पनि चित्त बुझाउनु परेको छ । कुरा भन्दा काम बढी गरिदिए जनताले सरकारलाई धन्यवाद दिने निश्चित छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

शब्द/तस्बिरः पुष्पराज अधिकारी हेटौंडा । ८ वर्ष अघिसम्म हेटौंडा उपमहानगरपालिका ९ स्थित कुखुरेनी खोलाको सामान्य बगर थियो यो भूगोल ।…

दोलखा । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले जनअनुसार काम गरिरहेको बताउनुभएको छ । ‘प्रकाश स्मृति…

कम्बोडिया । कम्बोडियाका दुई वरिष्ठ माओवादी नेतालाई आमनरसंहारको आरोपमा आजीवन काराबास सजाय सुनाइएको छ । कम्बोडियामा सन् १९७५ देखि १९७९…

नेपाली समाजमा प्रचलित उखान मध्ये एकः ‘पैसा देखेपछि महादेवका पनि तीन नेत्र ।’ यो उखानले वास्तविक समाजको यथार्थ चित्रण गरेको…

कुत्सित र पूर्वाग्रहले भरिएका हल्ला र प्रचारबाजीबाट कति पनि प्रभावित भएको छैन । बरु आफनो इमान, नैतिक मूल्यमान्यता, निष्ठा र…

धमाकेदार ट्रेलर र फितलो कथाबस्तुको फिल्म कस्तो बन्ला ? नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकार अहिले त्यस्तै भयो भन्दा हतार भयो…