बेनी–बाँसखर्क सडक अवरुद्ध

राजन पौडेल

पर्वत । बुधवार साँझ कालीगण्डकी नदीमा आएको बाढीले बेनी–बगरफाँट–बाँसखर्क सडक अवरुद्ध बनेको छ ।  म्याग्दी सदरमुकाम बेनीबजारसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका वडा नम्बर  ३ स्थित वारीबेनीबाट बगरफाँट हुँदै बाँसखर्क जाने सडक पुर्ण रुपमा अवरुद्ध बनेको हो ।

कच्ची सडक अन्तर्गत ढुंगा र जालीले तीन वर्ष पहिलो बनाइएको सडक नदीमा आएको ठुलो बाढीका कारण पुरै भत्काए पछि सडक अवरुद्ध बनेको जलजला गाउँपालिका वडा नम्बर  ३ का अध्यक्ष रवि भण्डारीले जानकारी दिनुुभयो । भण्डारीका अनुसार झण्डै २० मिटर सडक पुर्ण रुपमा भत्किएको छ । पानीको बहाब ठुलो भएकाले तत्काल मर्मत गर्ने सम्भावना नरहेको भण्डारीले जानकारी दिनुभयो ।

पर्वत र म्याग्दी जोड्ने कालीगण्डकी नदीमाथिको कालीपुल नजिकैबाट बाँसखर्क जाने सडक पुर्ण रुपमा कालीगण्डकीमा आएको बाढीले कटान गरेपछि सडक अवरुद्ध बनेको स्थानीय झलक शर्माले जानकारी दिनुभयो ।  सडक अबरुद्ध भएपछि जलजला गाउँपालिका वडा नम्बर  १ बाँसखर्क, वडा नं. २ माझफाँट र वडा नम्बर ३ को बगरफाँट तथा वडा नम्बर ५ लेखफाँटका बासिन्दा यातायातको सुविधाबाट बञ्चित बनेका छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

भिम चौधरी कैलाली । कैलालीको जोशीपुर गाउँपालिका–१ का व्यापारी ३७ वर्षीय रामप्रसाद जैशीको हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको…

काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दिपकराज जोशीलाई सत्तारुढ दलले महाअभियोग लगाउने तयारी गरेको छ । नेकपा निकट स्रोतले दिएको जानकारी…

काठमाडौं । आफ्नै छात्रालाई लगातार यौन प्रस्ताव राख्दै नमाने परीक्षामा फेल गराइदिन्छु भन्ने प्राध्यापक पक्राउ परेका छन् । कलंकीस्थित हिमालय…

काठमाडौं । यती एयरलाइन्सले नयाँ विमान थपेको छ । यतीले नवौँ विमानका रुपमा ATR -72- 500 को तेस्रो विमान त्रिभुवन…

वनमा धेरै ठूलो अजिंगर बस्दथ्यो । ऊ निकै अभिमानी र अत्यन्तै क्रुर थियो । जब ऊ आफ्नो बासस्थानबाट निस्कन्थ्यो, सबै…

काठमाडौं । प्रहरीको व्यापक खोजीमा रहेका डा. सिके राउतले सामाजिक सञ्जाल मार्फत् आफ्नो अभिव्यक्ति सार्वजनिक गरेका छन् । नेपालको संविधान…