बलेवा विमानस्थल बन्द

बागलुङ । झण्डै साढे दुई दशकपछि सञ्चालनमा आएको बागलुङको बलेवा विमानस्थल फेरि बन्द भएको छ । गत चैत ९ गतेदेखि नियमित सञ्चालनमा आएको सो विमानस्थल पाँच महिना पनि नपुग्दै पुनः बन्द भएको हो । दुई महिनाभन्दा यता त्यहाँ कुनै पनि उडान भएको छैन ।
बलेवा विमानस्थलमा उडान भर्दै आएका दुईवटै विमान बिग्रिएपछि उडान अवरुद्ध भएको हो ।

नेपाल एयरलाइन्सको विमान मर्मतमा राखिएको र तारा एयरको विमान हुम्लामा दुर्घटना परेपछि विमान अभावका कारण उडान नभरेको विमानस्थलले जनाएको छ ।  अन्तिम पटक गएको असार २८ मा नेपाल एयरलाइन्सले उडान भरेको थियो । नेपाल वायु सेवा निगम बलेवा विमानस्थलका स्टेशन म्यानेजर कमलप्रकाश पौडेलका अनुसार विमान बिग्रिएका कारण महिनौं देखि उडान हुन सकेको छैन् ।

अपुग यात्रुको हर्जना बागलुङ नगरपालिकाले व्यहोर्ने सहमति भएपछि गएको चैत ९ गतेदेखि विमानस्थल सञ्चालनमा आएको थियो । चैतदेखि हालसम्म दुवै कम्पनीले कुल २५ वटा उडान भरेका छन् । नेपाल एयरलाइन्सले १३ र तारा एयरले १२ वटा उडान भरेको म्यानेजर पौडेलले जानकारी दिए ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

भिम चौधरी कैलाली । कैलालीको जोशीपुर गाउँपालिका–१ का व्यापारी ३७ वर्षीय रामप्रसाद जैशीको हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको…

काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दिपकराज जोशीलाई सत्तारुढ दलले महाअभियोग लगाउने तयारी गरेको छ । नेकपा निकट स्रोतले दिएको जानकारी…

काठमाडौं । आफ्नै छात्रालाई लगातार यौन प्रस्ताव राख्दै नमाने परीक्षामा फेल गराइदिन्छु भन्ने प्राध्यापक पक्राउ परेका छन् । कलंकीस्थित हिमालय…

काठमाडौं । यती एयरलाइन्सले नयाँ विमान थपेको छ । यतीले नवौँ विमानका रुपमा ATR -72- 500 को तेस्रो विमान त्रिभुवन…

वनमा धेरै ठूलो अजिंगर बस्दथ्यो । ऊ निकै अभिमानी र अत्यन्तै क्रुर थियो । जब ऊ आफ्नो बासस्थानबाट निस्कन्थ्यो, सबै…

काठमाडौं । प्रहरीको व्यापक खोजीमा रहेका डा. सिके राउतले सामाजिक सञ्जाल मार्फत् आफ्नो अभिव्यक्ति सार्वजनिक गरेका छन् । नेपालको संविधान…