फापर झुल्यो हिमाल खुल्यो, तस्बिरमा मुस्ताङ

नारायण थापा

मुस्ताङ । हिमाल पारिको जिल्ला मुस्ताङ मुलुकको तेस्रो पर्यटकीय गन्तव्य  स्थलको रुपमा परिचित छ । हिउँदको शुरुवातसँगै मुस्ताङको परिवेश रमणीय देखिन थालेको छ ।

डाडापाखा हरियाली छन् । खेतमा फापर झुलेको छ । वर्षातको अन्त्यसँगै हिमाल छर्लङ खुलेको छ । मुस्ताङ यतिखेर सबैको लागि मनमोहक बनेको छ ।  पर्यटकीय सिजनसँगै मुस्ताङमा चहल पहल बढेको छ । सडक निर्माण भएसगैं यस वर्ष मुक्तिनाथ भ्रमणमा जाने पर्यटकको संख्या बढेको छ ।

मुक्तिनाथ शक्ति र सुन्दरताको प्रतिरुप भएकोले यहाँ देश विदेशबाट पर्यटकहरु आउने गर्दछ । सिजनमा मुस्ताङको कागबेनी, मुक्तिनाथ, जोमसोम, मार्फा, लेतेलगायत र म्याग्दीका अधिकांश होटलसमेत भरिभराउ हुने गरेको छ । यो वर्ष मुक्तिनाथसम्म नै गाडी गुडेपछि पर्यटकको चाप झन् बढेको हो ।


प्रख्यात मुक्तिनाथ मन्दिर मुस्ताङको पर्याय मानिन्छ । मुक्तिनाथ मन्दिरमा दर्शन तथा १ सय ८ धारामा स्नान गर्नका लागि भक्तजन आउने गरेका छन् । । मुक्तिनाथको दर्शन र १ सय ८ धारामा स्नान गरेमा आफ्नो मनोकांक्षा पूरा हुने जनविश्वासले देशका विभिन्न भागबाट पर्यटक यहाँ आउने गरेका हुन् ।

मुस्ताङ आउने आन्तरिक पर्यटकमध्ये अधिकांशको रोजाइमा मुक्तिनाथ पर्ने गरेको छ ।  बेनीको जोमसोम कागबेनी सडकमार्ग र पोखराको जोमसोम हवाईमार्गको प्रयोग गरी मुक्तिनाथ पुग्न सकिन्छ । म्याग्दी सदरमुकाम बेनीदेखि कागबेनीसम्म कच्ची सडकको यात्रा गर्नुपर्छ भने कागबेनीदेखि मुक्तिनाथसम्म १२ किलोमिटर सडक एक वर्ष अगाडि मात्र कालोपत्रे गरिएको हो ।

मुक्तिनाथ मन्दिर जोड्ने डेढ किलोमिटर सडकको अहिले कालोपत्रे गरिएको छ । स्थानीय विकास मन्त्रालयअन्तर्गत ग्रामीण पुननिर्माण तथा पुर्नस्थापना आयोजना ट्रिपल आरले उक्त सडकमा दोस्रो पटक कालोपत्रे गर्न एक करोड ४४ लाख रुपैयाँ बजेट विनियोजन गरेपछि काम भएको हो ।

एक वर्षअघि ट्रिपल आरकै लगानीमा उक्त सडकखण्डको कालोपत्रे बिच्छ्याउने कार्य सम्पन्न भएको थियो । अघिल्लो पटक कालोपत्रे गर्न बाँकी डेढ किलोमिटर सडकमा यो वर्ष थप बजेट आएपछि कालोपत्रे गरिएको हो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

शब्द/तस्बिरः पुष्पराज अधिकारी हेटौंडा । ८ वर्ष अघिसम्म हेटौंडा उपमहानगरपालिका ९ स्थित कुखुरेनी खोलाको सामान्य बगर थियो यो भूगोल ।…

दोलखा । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले जनअनुसार काम गरिरहेको बताउनुभएको छ । ‘प्रकाश स्मृति…

कम्बोडिया । कम्बोडियाका दुई वरिष्ठ माओवादी नेतालाई आमनरसंहारको आरोपमा आजीवन काराबास सजाय सुनाइएको छ । कम्बोडियामा सन् १९७५ देखि १९७९…

नेपाली समाजमा प्रचलित उखान मध्ये एकः ‘पैसा देखेपछि महादेवका पनि तीन नेत्र ।’ यो उखानले वास्तविक समाजको यथार्थ चित्रण गरेको…

कुत्सित र पूर्वाग्रहले भरिएका हल्ला र प्रचारबाजीबाट कति पनि प्रभावित भएको छैन । बरु आफनो इमान, नैतिक मूल्यमान्यता, निष्ठा र…

धमाकेदार ट्रेलर र फितलो कथाबस्तुको फिल्म कस्तो बन्ला ? नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकार अहिले त्यस्तै भयो भन्दा हतार भयो…