‘संजू’मा केही सीन झुटो : हिरानी

काठमाण्डौँ ।  बलिउड बक्सअफिसमा धमाकेदार कमाई गरेको फिल्म ‘संजू’का निर्देशक राजकुमार हिरानीले फिल्मको बारेमा एउटा ठुलो खुलासा गरेका छन् । निर्देशक हिरानीले ‘संजू’मा बास्तविक घटनामात्र नभएर केही सीनहरु काल्पनिक पनि राखिएको बताए । संजय दत्तप्रति आएको नकारात्मक भावनालाई सहानुभुतिमा प्रकट गर्नको लागि यस्तो गर्नुपरेको हिरानीले बताए ।

एक रिपोर्टका अुनसार फिल्मको सुरुवाती भर्जनलाई बास्तविक कथाको अनुसार देखाईएको थियो तर त्यो कथालाई मानिसहरुले त्यति मनपराएका थिएनन् । यति भईसकेपछि निर्देशकले फिल्मको कथालाई अलिकति तलमाथी गरेका थिए । ‘संजू कथाको हिरो भएकोले पनि हामीलाई उनीप्रति सहानुभुति बटुल्नु थियो’ निर्देशक हिरानी भन्छन् ।

‘संजू’ले भारतीय बलिउडमा पनि ब्यापक कमाई गरेको थियो । फिल्म २०१८ को सबैभन्दा धेरै कलेक्सन गर्ने सिनेको टप १० लिस्टमा परेको छ । फिल्मले भारतबाटमात्र ३ सय ४१ करोड २२ लाख रुपैयाँको कमाई गरेको थियो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

शब्द/तस्बिरः पुष्पराज अधिकारी हेटौंडा । ८ वर्ष अघिसम्म हेटौंडा उपमहानगरपालिका ९ स्थित कुखुरेनी खोलाको सामान्य बगर थियो यो भूगोल ।…

दोलखा । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले जनअनुसार काम गरिरहेको बताउनुभएको छ । ‘प्रकाश स्मृति…

कम्बोडिया । कम्बोडियाका दुई वरिष्ठ माओवादी नेतालाई आमनरसंहारको आरोपमा आजीवन काराबास सजाय सुनाइएको छ । कम्बोडियामा सन् १९७५ देखि १९७९…

नेपाली समाजमा प्रचलित उखान मध्ये एकः ‘पैसा देखेपछि महादेवका पनि तीन नेत्र ।’ यो उखानले वास्तविक समाजको यथार्थ चित्रण गरेको…

कुत्सित र पूर्वाग्रहले भरिएका हल्ला र प्रचारबाजीबाट कति पनि प्रभावित भएको छैन । बरु आफनो इमान, नैतिक मूल्यमान्यता, निष्ठा र…

धमाकेदार ट्रेलर र फितलो कथाबस्तुको फिल्म कस्तो बन्ला ? नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकार अहिले त्यस्तै भयो भन्दा हतार भयो…