सुष्मिता केसीले गरिन् अष्ट्रेलियन नागरिकसँग इन्गेजमेन्ट

काठमाडौं । भुवन केसीसँगको सम्वन्ध तोडिएपछि एक्लो जीवन बिताइरहेकी सुष्मिता केसीले अष्ट्रेलियन नागरिकसँग इन्गेजमेन्ट गरेकी छिन् । सुस्मिताले सेप्टेम्बर ९ मा सिंगापुरमा इन्गेजमेन्ट गरेकी हुन् । फिजीमा जन्मिएका अष्ट्रेलियन नागरिक किलन स्वामिसँग पारिवारिक सहमतीमै उनको इन्गेजमेन्ट भएको हो ।

धनाढ्य व्यापारी किलनसंग सन् २०१९ को भ्यालेन्टाइनको दिनमा उनले फिजीमा बिहे गर्नेछिन् । हालैमात्र उनले आफ्नो इस्न्टाग्राममा किलनलाई ओठमा चुम्बन गरिरहेको फोटो पोष्ट गर्दै उनी आफ्नो श्रीमान भएको पनि बताएकी छिन् । उनले क्याप्सनमा अब आफ्नो डिक्सनरीमा ‘विस लिस्ट’ भन्ने शब्द नै नरहेको पनि उल्लेख गरेकी छिन् । किलन जस्तो गज्जबको श्रीमान दिएर जीवनले आफ्नो सबै इच्छा पूरा गरिदिएको क्याप्सनमा उल्लेख छ ।

आपसी असमझदारीका कारण सुष्मिता भुवनसँग केही वर्षअघि नै अलग्गिएकी थिइन् । त्यसयता उनी एक्लै बस्दै आएकी थिइन् भने भुवन र सुष्मिताका छोरा अनमोल भने बाबुसँग बस्ने गर्छन् । यता सुष्मितासँग छुट्टिएपछि भुवन नायिका जिया केसीसँग लिभिङ टुगेदरमा छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

शब्द/तस्बिरः पुष्पराज अधिकारी हेटौंडा । ८ वर्ष अघिसम्म हेटौंडा उपमहानगरपालिका ९ स्थित कुखुरेनी खोलाको सामान्य बगर थियो यो भूगोल ।…

दोलखा । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले जनअनुसार काम गरिरहेको बताउनुभएको छ । ‘प्रकाश स्मृति…

कम्बोडिया । कम्बोडियाका दुई वरिष्ठ माओवादी नेतालाई आमनरसंहारको आरोपमा आजीवन काराबास सजाय सुनाइएको छ । कम्बोडियामा सन् १९७५ देखि १९७९…

नेपाली समाजमा प्रचलित उखान मध्ये एकः ‘पैसा देखेपछि महादेवका पनि तीन नेत्र ।’ यो उखानले वास्तविक समाजको यथार्थ चित्रण गरेको…

कुत्सित र पूर्वाग्रहले भरिएका हल्ला र प्रचारबाजीबाट कति पनि प्रभावित भएको छैन । बरु आफनो इमान, नैतिक मूल्यमान्यता, निष्ठा र…

धमाकेदार ट्रेलर र फितलो कथाबस्तुको फिल्म कस्तो बन्ला ? नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकार अहिले त्यस्तै भयो भन्दा हतार भयो…