जापान उड्यो जम्बो कलाकार टोली

काठमाण्डौ । नेपाली कलाकारहरुको जम्बो टोली जापान उडेका छन् । भदौ ३१ गते जापानमा आयोजना हुन लागेको ‘सुर्य इन्टरनेशनल अवार्ड’मा सहभागी हुनको लागि ४ दर्जन कलाकारहरुको जम्बो टीम जापान शुक्रबार दिउँसो १ बजे जापान उडेका हुन् ।

जापानमा हुने अवार्ड कार्यक्रममा चलचित्रको ६ विधा र गायनका ६ विधागरि १२ विधामा अवार्ड वितरण गरिनेछ । अवार्ड समारोहमा साँस्कृतिक प्रस्तुतीहरु सहितको भव्य कार्यक्रम पनि हुनेछ । शुक्रबार जापान गएका कलाकारहरुमा अभिनेत्री बसुन्धरा भुसाल, अभिनेता भुवन केसी, प्रशान्त ताम्राकार, पल शाह, सुशान्त कार्की, नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह, आँचल शर्मा रहेका छन् ।

यस्तै नायिकाहरु पुजा शर्मा, शिल्पा पोखरेल, बर्षा राउत हाँस्यकलाकार जितु नेपाल, सन्दिप क्षेत्री, निर्देशक सुदर्शन थापा, ऋषि लमिछाने, प्रदीप भट्टराई, निर्माता सुवास गिरी, गायिका एञ्जिला रेग्मी, बितरक गोपाल काजि कायस्थ, कलाकार सरिता लामिछाने पनि शुक्रबार नै जापान उडेका छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

भिम चौधरी कैलाली । कैलालीको जोशीपुर गाउँपालिका–१ का व्यापारी ३७ वर्षीय रामप्रसाद जैशीको हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको…

काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दिपकराज जोशीलाई सत्तारुढ दलले महाअभियोग लगाउने तयारी गरेको छ । नेकपा निकट स्रोतले दिएको जानकारी…

काठमाडौं । आफ्नै छात्रालाई लगातार यौन प्रस्ताव राख्दै नमाने परीक्षामा फेल गराइदिन्छु भन्ने प्राध्यापक पक्राउ परेका छन् । कलंकीस्थित हिमालय…

काठमाडौं । यती एयरलाइन्सले नयाँ विमान थपेको छ । यतीले नवौँ विमानका रुपमा ATR -72- 500 को तेस्रो विमान त्रिभुवन…

वनमा धेरै ठूलो अजिंगर बस्दथ्यो । ऊ निकै अभिमानी र अत्यन्तै क्रुर थियो । जब ऊ आफ्नो बासस्थानबाट निस्कन्थ्यो, सबै…

काठमाडौं । प्रहरीको व्यापक खोजीमा रहेका डा. सिके राउतले सामाजिक सञ्जाल मार्फत् आफ्नो अभिव्यक्ति सार्वजनिक गरेका छन् । नेपालको संविधान…