काठमाडौं । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारा पत्ता लगाएर कारवाही गर्न चौतर्फी आवाज उठिरहेको छ । निर्मलाको जन्मथलो कञ्चनपुरका बासिन्दा त्यही मागलाई लिएर आन्दोलित छन् । पन्त परिवार न्याय खोज्न यसै साता काठमाडौ आइपुगेका छन् ।
घटना भएको १२ साता बित्दा पनि हत्यारा पत्ता नलाग्दा सरकारको समेत आलोचना हुन थालेको छ । समाजमा गृहमन्त्रीप्रति सत्तोसराप गर्नेहरुको कमी छैन । प्रतिनिधिसभा बैठकमा समेत प्रतिपक्ष साँसदहरुले हत्यारा पत्ता लगाएर कारवाही गर्न माग गर्दै आएका छन् ।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसदहहरु बिहिबारको प्रतिनिधिसभा बैठक त्यही माग उठाएर अवरुद्ध पारे । उनीहरुले त्यस बारेमा गृहमन्त्री रामबहादुर थापाले जवाफ दिनुपर्ने माग समेत गरे । प्रतिपक्ष सांसदहरुको मागपछि गृहमन्त्री थापाले निर्मला हत्या प्रकरण शुक्रबार जवाफ दिनुभएको छ । हत्याको ५० दिनपछि गृहमन्त्री थापाले दिनुभएको लिखित जवाफ यस्तो छ ।
सम्माननीय सभामुख महोदय,सम्मानीत संसदमा माननीय सांसदज्यूहरुले उठाउनुभएको गृह मन्त्रालयसँग सम्बन्धित विभिन्न विषयमा चासो, चिन्ता र प्रश्नहरु उठाउनुभएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।
निर्मला पन्तको बलत्कारपछि हत्याको घटना सम्बन्धमा
माननीय सांसदज्यूहरुले कञ्चनपुर जिल्लाको घटनाको बारेमा संवेदनशीलता देखाउनु भएको र घटनाको निष्पक्ष छानबिनका लागि निरन्तर खबरदारी गरिरहनुभएको छ । भीमदत्त न।पा। २ बस्ने यज्ञराज र दुर्गा देवी पन्तको छोरी वर्ष १३ की निर्मला पन्तको बलत्कार पछिको हत्याको घटनामा गरिएको छानबिन तथा अनुसन्धानको विषयलाई लिएर भएको विरोध प्रदर्शनका घटनाहरु र नागरिक तहबाट भएको माग सम्बोधन गर्ने विषयलाई गम्भीरतापूर्वक लिई गृह मन्त्रालयले मिति २०७५र०५र०७ को निर्णयानुसार उच्चस्तरीय छानबीन समितिको गठन गरेको छ ।
समितिले छानबीन कार्य प्रारम्भ समेत गरिसकेको अवस्थामा पुनः भएको विरोध प्रदर्शन ध्वंशात्मक भई सरकारी सम्पत्तिमाथि क्षतिपुग्ने गतिविधि हुन थालेपछि त्यसलाई नियन्त्रण गर्ने प्रयास गर्दा हुनगएको मानवीय क्षतिको दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछु साथै मृतकप्रति श्रद्धाञ्जली र पीडित परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु । नेपाल सरकारले मृतकलाई शहीद घोषणा समेत गरिसकेको जानकारी गराउन चाहान्छु ।मृतक निर्मला पन्त र सनी खुनाको परिवारलाई राहत स्वरुप सरकारले १०र१० लाख रुपैयाँ उपलब्ध गराएको छ ।
घाइतेहरुलाई हेलीकोप्टरबाट काठमाडौ ल्याई सरकारले शुल्क व्यहोरी उपचार भइरहेको छ ।उक्त घटनाको छानविन तथा विस्तृत अनुसन्धान जारी छ । अपराधमा संलग्न व्यक्तिलाई कानूनी कारवाहीको कठघरामा ल्याउन र अनुसन्धान एवं अन्य कार्वाहीको सिलसिलामा कहिँकतैबाट कुनै किसिमको लापरवाही वा गल्ती भएको पाईएमा संलग्न जो कोहीलाई दण्डित गर्न मन्त्रालय प्रतिवद्ध रहेको र सोही बमोजिम मातहत निकायलाई निर्देशन गरिएको छ । महिला तथा वालबालिकाको समानता र आत्मसम्मानपूर्वक बाँच्न पाउने हकको प्रत्याभूतिको लागि कुनै पनि किसिमका अपराधका घटना नियन्त्रणका लागि मन्त्रालय क्रियाशील छ ।
महिला तथा वालबालिका माथि गरिने बलात्कार र हत्या जस्तो जघन्य अपराधका दोषीविरुद्ध सरकारले शून्य सहनशीलताको नीति अपनाउने र घटनाका दोषीहरुलाई कानूनी सजायबाट उन्मुक्ति नदिईने कुरामा म माननीय सांसदहरुलाई विश्वस्त गराउन चाहान्छु । साथै यस घटनाको निष्पक्ष छानविनलाई प्रभाव पार्ने गरी कुनै किसिमको अवाञ्छित र अतिरञ्जित अभिव्यक्ति र व्यवहार हुन गर्न नदिने तर्फ सम्बद्ध सवैपक्षको ध्यानाकर्षण गराउन चाहन्छु । घटनाको सत्य तथ्य छानविन र अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने र पीडीत परिवारलाई न्याय दिलाउने कार्यमा सबैको सहयोग लागि समेत अनुरोध गर्दछु ।
रामबहादुर थापा बादल’गृहमन्त्री