मेगा बैंक र जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेड र जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।

मेगा बैंकको प्रधान कार्यालयमा मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र जनरल इन्स्योरेन्स कम्पनीका महाप्रबन्धक एसके टमोटले बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

सम्झौतापछि मेगा बैंकका ग्राहकहरुले घर, गाडी, उद्योग व्यावसाय, स्टक लगायतका निर्जीवन बिमा गर्न चाहने र गरिरहेका ग्राहकलाई सुविधा हुने मेगा बैंकको विश्वास छ । ग्राहकले मेगा बैंकका देशभरिका शाखाबाट जनरल इन्स्योरेन्समा निर्जीवन बिमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्नेछन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

शब्द/तस्बिरः पुष्पराज अधिकारी हेटौंडा । ८ वर्ष अघिसम्म हेटौंडा उपमहानगरपालिका ९ स्थित कुखुरेनी खोलाको सामान्य बगर थियो यो भूगोल ।…

दोलखा । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले जनअनुसार काम गरिरहेको बताउनुभएको छ । ‘प्रकाश स्मृति…

कम्बोडिया । कम्बोडियाका दुई वरिष्ठ माओवादी नेतालाई आमनरसंहारको आरोपमा आजीवन काराबास सजाय सुनाइएको छ । कम्बोडियामा सन् १९७५ देखि १९७९…

नेपाली समाजमा प्रचलित उखान मध्ये एकः ‘पैसा देखेपछि महादेवका पनि तीन नेत्र ।’ यो उखानले वास्तविक समाजको यथार्थ चित्रण गरेको…

कुत्सित र पूर्वाग्रहले भरिएका हल्ला र प्रचारबाजीबाट कति पनि प्रभावित भएको छैन । बरु आफनो इमान, नैतिक मूल्यमान्यता, निष्ठा र…

धमाकेदार ट्रेलर र फितलो कथाबस्तुको फिल्म कस्तो बन्ला ? नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकार अहिले त्यस्तै भयो भन्दा हतार भयो…