कैलाली बस दुर्घटनाः २ को मृत्यु, ६ घाइते

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका–१, बल्चौरमा से १ ख ११८८ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । दुर्घटनामा परी मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका–१, बस्ने १२ .वर्षीय कृष्ण वादी र धनगढी उपमहानगरपालिका–३ बस्ने ३५ वर्षीय परचुङ तामाङ्ग रहेको प्रहरीले जनाएको छ ।

मृतकलाई पोष्टमार्टमका लागि टीकापुर अस्पताल लगिएको छ भने घाइतेहरुको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते हुनेमा ज्ञानु जोशी, विक्रम बोहरा, अमन तामाङ्ग, किरण बोहरा, शिव खड्का र रामबहादुर चन्द रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक हरिबहादुर वलीले बताउनुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

भिम चौधरी कैलाली । कैलालीको जोशीपुर गाउँपालिका–१ का व्यापारी ३७ वर्षीय रामप्रसाद जैशीको हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको…

काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दिपकराज जोशीलाई सत्तारुढ दलले महाअभियोग लगाउने तयारी गरेको छ । नेकपा निकट स्रोतले दिएको जानकारी…

काठमाडौं । आफ्नै छात्रालाई लगातार यौन प्रस्ताव राख्दै नमाने परीक्षामा फेल गराइदिन्छु भन्ने प्राध्यापक पक्राउ परेका छन् । कलंकीस्थित हिमालय…

काठमाडौं । यती एयरलाइन्सले नयाँ विमान थपेको छ । यतीले नवौँ विमानका रुपमा ATR -72- 500 को तेस्रो विमान त्रिभुवन…

वनमा धेरै ठूलो अजिंगर बस्दथ्यो । ऊ निकै अभिमानी र अत्यन्तै क्रुर थियो । जब ऊ आफ्नो बासस्थानबाट निस्कन्थ्यो, सबै…

काठमाडौं । प्रहरीको व्यापक खोजीमा रहेका डा. सिके राउतले सामाजिक सञ्जाल मार्फत् आफ्नो अभिव्यक्ति सार्वजनिक गरेका छन् । नेपालको संविधान…