बचेन बालअधिकार

काठमाडौं । सुखी नेपाली समृद्ध नेपालः बाल अधिकार सबैको सरोकार भन्ने सरकारको नारा गुञ्जिरहँदा बालहिंसाका घटना भने दिनानोदिन बढेका छन् । बालअधिकार उलंघनका घटनामा पीडितले न्याय नपाउनु र दोषीलाई कारबाही नहुनुले बालअधिकारको रक्षामा सरकालाई नै चुनौति थपेको छ ।

मुलुकभर धुमधामका साथ बालदिवस मनाइरहँदा डेढ महिनाअघि छोरी गुमाएका कञ्चनपुरका पन्त दम्पतीमा भने पटक्कै उल्लास थिएन । काखैबाट खुशी गुमाएका उनीहरु यतिखेर छोरी निर्मला पन्तको हत्यारा पत्ता लगाइ कारबाही हुनुपर्ने माग गर्दै राजधानीका गल्ली गल्ली चहारिरहेका छन् । यज्ञराजजस्ता कैयौँ बाबुआमा यतिखेर हिंसामा परेका आफ्ना छोराछोरीको न्यायका याचना गरिरहेका छन् । सरकार अनि विभिन्न निकायको दैलो चिहाइरहेका छन् । सुखी नेपाली संमृद्ध नेपाल ः बाल अधिकार सबैको सरकोकार नाराका साथ बालअधिकार मनाइरहँदा लबालिका हत्या हिंसा अनि अपराधका घटनाको अवस्था भने भयावह नै छ ।

०७४ सालमा मात्रै ७४ बालबालिकाको हत्या भएको , ५८ बालबालिका बेचबिखानमा परेको, २ सय ४३ बालबालिका यौन हिंसाको शिकार भएको, अनि ३ सय ८४ बालबालिका बालश्रममा प्रयोग भएको केन्द्रीय बाल कल्याण समितिको तथ्यांक छ । विश्वकै उत्कृष्ट मध्येको एक नेपालको संबिधान । बालअधिकारका पक्षमा प्रशस्तै कानुनी व्यवस्था समेटिएका छन् । तर कार्यान्वयन तह भने निकै फितलो । बालहिंसाका घटना कम गर्न सरकारी र गैह्र सरकारी संस्थाहरुको यथेष्ट पहलका बाबजुत समस्याले निराकरणको बाटो लिन सकेको छैन । केन्द्रिय बाल कल्याण समितिकै तथ्यांकलाइ आधार मान्ने हो भने पनि बाल अधिकार संरक्षणमा कहाँनिर अनि को चुक्यो वास्तवमै केलाउनुपर्ने अवस्था आएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

भिम चौधरी कैलाली । कैलालीको जोशीपुर गाउँपालिका–१ का व्यापारी ३७ वर्षीय रामप्रसाद जैशीको हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको…

काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दिपकराज जोशीलाई सत्तारुढ दलले महाअभियोग लगाउने तयारी गरेको छ । नेकपा निकट स्रोतले दिएको जानकारी…

काठमाडौं । आफ्नै छात्रालाई लगातार यौन प्रस्ताव राख्दै नमाने परीक्षामा फेल गराइदिन्छु भन्ने प्राध्यापक पक्राउ परेका छन् । कलंकीस्थित हिमालय…

काठमाडौं । यती एयरलाइन्सले नयाँ विमान थपेको छ । यतीले नवौँ विमानका रुपमा ATR -72- 500 को तेस्रो विमान त्रिभुवन…

वनमा धेरै ठूलो अजिंगर बस्दथ्यो । ऊ निकै अभिमानी र अत्यन्तै क्रुर थियो । जब ऊ आफ्नो बासस्थानबाट निस्कन्थ्यो, सबै…

काठमाडौं । प्रहरीको व्यापक खोजीमा रहेका डा. सिके राउतले सामाजिक सञ्जाल मार्फत् आफ्नो अभिव्यक्ति सार्वजनिक गरेका छन् । नेपालको संविधान…