खोलाले बगाउदा दुई किशोरीको मृत्यु, एक वेपत्ता

श्याम कुशवाहा
बीरगञ्ज । पर्सामा खोलाले बगाउँदा दुई किशोरीको मृत्यु भएको छ । एक जना बेपत्ता भएकी छन् । बहुदरमाई नगरपालिका वडा नम्बर ७ मा रहेको धङ्गही खोलामा नुहाउन गएका २ जना किशोरीको डुबेर मृत्यु भएको हो ।

मृत्यु हुनेमा बहुदरमाई नगरपालिका वडा नम्बर ९ बस्ने वर्ष १४ की पिन्की रौनियार र वर्ष १५ की रिन्की रौनीयार रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताउनु भयो । नुहाउने क्रममा खोलाले बगाउँदा डुबेर मृत्यु भएको प्रहरीको भनाई छ । खोलाले बगाएर १६ वर्षकी मुन्नी पटेल बेपत्ता भएको छ । सँगै नुहाउन गएका स्थानीय वर्ष १६ को विजय पटेललाई स्थानीयले खोलाले बगाउदै गर्दा उद्धार गरेका थिए । घाइते अवस्थामा रहेको पटेललाई उपचारका लागि नारायणी उपक्षेत्रिय अस्पताल वीरगंजमा उपचार गरिएको छ ।

बर्षायामका कारण खोलामा बाढी आएको र खोला गहिरो रहेको हुँदा किशोर किशोरीलाई बगाएको थियो । बेपत्ता भएकी मुन्नी पटेलको खोजतलास भई रहेको प्रहरीले जनाएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टीमले संयुक्त रुपमा बेपत्ता बालकको खोजी गरिरहेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

भिम चौधरी कैलाली । कैलालीको जोशीपुर गाउँपालिका–१ का व्यापारी ३७ वर्षीय रामप्रसाद जैशीको हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको…

काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दिपकराज जोशीलाई सत्तारुढ दलले महाअभियोग लगाउने तयारी गरेको छ । नेकपा निकट स्रोतले दिएको जानकारी…

काठमाडौं । आफ्नै छात्रालाई लगातार यौन प्रस्ताव राख्दै नमाने परीक्षामा फेल गराइदिन्छु भन्ने प्राध्यापक पक्राउ परेका छन् । कलंकीस्थित हिमालय…

काठमाडौं । यती एयरलाइन्सले नयाँ विमान थपेको छ । यतीले नवौँ विमानका रुपमा ATR -72- 500 को तेस्रो विमान त्रिभुवन…

वनमा धेरै ठूलो अजिंगर बस्दथ्यो । ऊ निकै अभिमानी र अत्यन्तै क्रुर थियो । जब ऊ आफ्नो बासस्थानबाट निस्कन्थ्यो, सबै…

काठमाडौं । प्रहरीको व्यापक खोजीमा रहेका डा. सिके राउतले सामाजिक सञ्जाल मार्फत् आफ्नो अभिव्यक्ति सार्वजनिक गरेका छन् । नेपालको संविधान…