स्वाइन फ्लूबाट ५ को मृत्यु, विद्यालय बन्द

विद्यानन्द राम
राजविराज । सप्तरीको कञ्चनरुप नगरपालिकामा स्वाईन फ्लू र हङकङ फ्लूको प्रकोप बढेर पाँचको मृत्यु भएपछि आइतबारदेखि ३ दिनसम्म विद्यालय बन्द गरिएको छ ।

उच्च ज्वरो, खोकी, छात्ती दुख्ने लगायतका लक्षण देखिएर नगरपालिकामा ४ र महादेवा गाउँपालिकामा १ जनाको मृत्यु भएपछि नगर कार्यपालिकाको आकस्मिक बैठकबाट नगरलाई विपद क्षेत्र घोषणा गर्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको वडा नम्बर २ का अध्यक्ष रामनारायण साहले बताउनु भयो ।

कञ्चनरुपबाट १८ र हनुमाननगर कंकालिनी नगरपालिकाका ६ जनामा गरिएको परीक्षणमा १ जनामा स्वाइन फ्लू र ४ जनामा हङकङ फ्लूको भाइरस फेला परेको जनस्वास्थ्य कार्यालयका प्रमुख निरन्जन यादवले बताउनु भयो ।

कञ्चनरुप र हनुमाननगर कंकालिनी नगरपालिका र महादेवा गाउँपालिकामा सयौँ ज्वरो र खोकीबाट पीडित हुन थालेपछि विभिन्न स्थानमा स्वास्थ्य जाँच शिविर गरिएको छ ।

भदौ २४ देखि कञ्चनरुप र हनुमाननगरमा गरिएको स्वास्थ्य शिविरमार्फत २४ जनाको रगत र ¥याल परीक्षणका लागि काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ । परीक्षणक्रममा कञ्चनरुप नगरपालिका–७ का हरिलाल साहलाई स्वाइन फ्लू संक्रमण देखिएको छ ।

पाँचको मृत्यु
कञ्चनरूप नगरपालिका–७ का १४ वर्षीय दिवस बस्नेत, वडा नम्बर ३ का १४ वर्षीय किशोर राम, वडा नम्बर ९ का १४ वर्षीय आमोदकुमार रामको मृत्यु भइसकेको छ । ज्वरो तथा रुघाखोकीकै कारण कञ्चनरुप नगरपालिका–४ मा ६० वर्षीया बलसाल सरदार र महादेवा गाउँपालिका–१ का ८ वर्षीय महफुल आलमको पनि मृत्यु भइसकेको छ ।

जिल्ला दैवी प्रकोप उद्धार समितिको बिहीबारैको आपतकालीन बैठकले प्रभावित क्षेत्रमा स्वास्थ्य टोली पठाई उपचार व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताउनुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

शब्द/तस्बिरः पुष्पराज अधिकारी हेटौंडा । ८ वर्ष अघिसम्म हेटौंडा उपमहानगरपालिका ९ स्थित कुखुरेनी खोलाको सामान्य बगर थियो यो भूगोल ।…

दोलखा । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले जनअनुसार काम गरिरहेको बताउनुभएको छ । ‘प्रकाश स्मृति…

कम्बोडिया । कम्बोडियाका दुई वरिष्ठ माओवादी नेतालाई आमनरसंहारको आरोपमा आजीवन काराबास सजाय सुनाइएको छ । कम्बोडियामा सन् १९७५ देखि १९७९…

नेपाली समाजमा प्रचलित उखान मध्ये एकः ‘पैसा देखेपछि महादेवका पनि तीन नेत्र ।’ यो उखानले वास्तविक समाजको यथार्थ चित्रण गरेको…

कुत्सित र पूर्वाग्रहले भरिएका हल्ला र प्रचारबाजीबाट कति पनि प्रभावित भएको छैन । बरु आफनो इमान, नैतिक मूल्यमान्यता, निष्ठा र…

धमाकेदार ट्रेलर र फितलो कथाबस्तुको फिल्म कस्तो बन्ला ? नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकार अहिले त्यस्तै भयो भन्दा हतार भयो…