घोषणापत्रमा भनिएका तीब्र आर्थिक विकास समृद्धिका नारा झुट्टा सावित भए भने नेपाली जनतालाई नेकपाले ठूलो मूल्य चुकाउनु पर्ने छ । त्यसैले हिजो बाँडिएका सपना साकार गर्ने हो भने भ्रस्ट मन्त्री-कार्यकर्ता नेतालाई पार्टीबाट मुक्त गरिनुपर्छ । यो प्रश्न ओली सरकारको मात्र नभइ नेकपाको भविष्यसँग जोडिएको विषय हो । विशाल नेकपाको अस्तित्व यो सरकारको काममा निर्भर रहने हो । ‘नेता सर्वमान्य हुन् कि होइनन् ?’ नेकपाले जबसम्म बुझाउन सक्दैन । नेकपा पनि ओरालो लाग्नेमा शंका छैन ।
नेपाली राजनीतिक इतिहासका पाना पल्टाएर हेर्ने हो भने प्रधानमन्त्री केपी ओली सधैँ चर्चामा रहे । राजनेताका रुपमा स्थापित खडकप्रसाद ओलीबारे केही केलाउने प्रयास गर्नेछु ।
२०७२ को मध्यतिर राष्ट्रपिता, राष्ट्रियता, राजनेता जस्ता शब्दले निकै चर्चा पाए । त्यसो त २०७२ वैशाख १२ गतेको विनासकारी भूकम्पले देश थलिएका बेला, अर्थतन्त्र धर्मराएका बेला नेपालको संविधान २०७२– जारी पश्चात् छिमेकी देश भारतले आफ्ना केही असन्तुष्टि जनाउदै एउटा स्वतन्त्र सार्वभौम सत्तासम्पन्न देशमाथि हस्तक्षेपको भूमिकाका लागि लगाइएको नाकाबन्दी (असोज ६) का बीचमा नेपालको संविधान २०७२ अनुसार २०७२ असोज २४ गते प्रधानमन्त्रीका रुपमा ओलि निर्वाचित भए ।
संकटका घडीमा प्रधानमन्त्रीसँग चुनौतिको ठूलो चाङ थियो । यद्यपि ती चुनौति ओलीले अवसरका रुपमा लिन सफल भए । फलस्वरुप भारतीय नाकाबन्दी र बारम्बार भारतीय हस्तक्षेपले आजित जनतामा भारतप्रति वितृष्णा बुझेका ओलीले खह्रोरुपमा खुलेर भारतीय नाकाबन्दीको विरोध गरे । भारतीय नाकाबन्दीलाई असफल पार्न सफल पनि भए । जसले जनताको विश्वास जितेका ओलीलाई केपी ओलीबाट राजनेता केपी ओलीका रुपमा परिचय बनाइदियो ।
एकाएक राजनेताका रुपमा परिचय बदलिनु ओलीको खह्रो र हठी स्वभाव नै हो । जनताको वितृष्णालाई आसामा बदल्दै राष्ट्रियताको जग बलियो बनाउनु चानचुने थिएन । त्यो समयमा जसलाई कुशलतापूर्वक ओलीले काममा पस्किएर अरु लोकप्रियताको जामा पनि ओढे ।
कुनैबेला भारतको विश्वासपात्रका रुपमा परिचित ओली राजनेताको रुपमा पाइनुले एकथरी ओलीको पुरानो इतिहास कोट्याउन व्यस्त रहे भने अर्काथरि हिजोको इतिहास जे जस्तो भए पनि अब ओलीले लिएको अडानमा स्याबासी दिँदै हौसला प्रदान गरे । तर ओली सरकार ९ महिनामै ढालिएपछि जनताले ओलीलाई सत्तामा लामो समय टेस्ट गर्न पाएनन् ।जनताको विस्वास के थियो भने ओलीले देखाएका सपना पूरा गर्ने छन् । फलस्वरुप स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा जनताले भारी मत र जनाअधारमा वामगठबन्धन (अहिलेको नेकपा) लाई जिताइदिय । जसले अहिलेको विशाल नेकपा बन्नुमा ओलीको ठूलो योगदान रह्यो भन्दा अरुले अनुहार कालो बनाउन जरुरी रहेछ ।
निर्वाचनका बेला जनतालाई बाँडिएका सपनाले ओली मात्र नई सिङ्गो नेकपालाई जिस्काएको छ । तीब्र आर्थिक विकास, सुशासन जस्ता शब्दले रंगिने ओली भाषणले जनता उत्साहित हुन छाडेका छन् । उदाहरण सरकारका पछिल्ला ६ महिनाले ओली सरकार पतनको बाटोमा हिँडेको प्रस्ट हुन्छ ।
निर्वाचनताका पार्टी एकतासहित गठबन्धन बाँधेका दुई ठूला पार्टी आज एकता भई नेकपा भएका छन । नेकपाले आफ्नो एकल सरकार निर्माण गरेको छ । जसको नेतृत्व स्वयम् ओलीले गरिरहेका छन तर विडम्बना ६ महिना बितिसक्दा पनि जनताले अनुभूति हुने गरी ओलीले काम गर्न सकिरहेका छैनन् । परिणाम जनतामा देखिएको निरासा हो र यसो हुनुमा दोषी पनि स्वयम् ओली नै हुन्, शक्तिमा रमाइरहेका ओली प्रवृत्तिबाट संस्कृति बन्दा पार्टी नेता कार्यकर्ता मात्र नभई जनतालाई समेत निरास बनाएको छ ।
निर्वाचनका बेला जनतालाई बाँडिएका सपनाले ओली मात्र नई सिङ्गो नेकपालाई जिस्काएको छ । तीब्र आर्थिक विकास, सुशासन जस्ता शब्दले रंगिने ओली भाषणले जनता उत्साहित हुन छाडेका छन् । उदाहरण सरकारका पछिल्ला ६ महिनाले ओली सरकार पतनको बाटोमा हिँडेको प्रस्ट हुन्छ ।
अझै केलायर हेर्ने हो भने पछिल्ला दिनमा देशमा बढेका हत्याहिंसा र बलात्कारका घटनाले तिब्रता पाएका छन् । विकासका नाममा सिन्को भाँचिएको छैन तर पानीजहाज, रेलको सपना बाँड्न सरकारले छाडेको छैन । काठमाडौँका खाल्डाखुल्डी पुर्न नसक्ने सरकारले बाँडेका सपनामा जनता रमाउन् पनि कसरी ? प्रधानमन्त्री ओलीबाट बाँडिएका भरोसारुपी सपनाले प्रधानमन्त्रीलाई त क्षणिक आनन्द दे’ला । तर यो तालीले निकट भविस्यमा निम्त्याउने असर स्वयम् ओलीले कल्पना गरेका छन् कि छैनन् होला ? सरकार मेडिकल माफिया, शैक्षिक माफिया, ठेकेदार अनि विभिन्न एन्जिओ आइएन्जिओको चंगुलमा फसेको प्रस्ट हुन्छ ।
कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण र राज्यको उदाशीनताले राज्यले अपराधी जोगाउन गरेको हर्कतले जनतालाई दण्डहीनता र राज्यविहीनताको महसुस गर्न बाध्य बनाएको छ ।
निर्वाचनताका जनताले जुन विश्वासका साथ नेकपालाइ साथ दिए । आज नेकपालाई त्यो विश्वास जोगाउन कठिन छ । मन्त्री कति भ्रष्ट छन् भन्ने मिडियाले ल्याइरहेको छ । रवीन्द्र अधिकारी, रघुवीर महासेठ, गोकुलप्रसाद बाँस्कोटा कुनै न कुनै विवादमा मुछिएका छन् । भाषिक त्रुटिका कारण कानुनमन्त्री शेरबहादुर तामाङलाई राजिनामा गर्न बाध्य तुल्याउने सरकार कान्डधारी मन्त्रीलाई माउले चल्ला छोपे झैँ गरिरहेको छ । सरकार कमाउधन्दामा त लागेन ? प्रश्न सोध्ने अधिकार सुरक्षित छ ।