काठमाडौं । ठुला ठुला देशले अन्तरिक्षमा ठुलो मात्रामा विभिन्न किसिमका स्याटलाइट, रिसर्च इन्जिन, रँकेट र अन्तरिक्षयानहरु पठाई रहेका हुन्छन् । केहि सफल हुन्छन् र सकुशल फेरि पृथ्वीमा नै फर्केर आउँछन् । तर जो असफल हुन्छ, ती स्याटलाइट, रिसर्च इन्जिन, रँकेट र अन्तरिक्षयानहरु कहाँ जान्छन् ? सोच्नुभएको छ ।
यस्तो सोच जापानकी एक बालिका येंगको दिमागमा आयो । उनले सोचिन स्याटलाइट, रिसर्च इन्जिन, रँकेट र अन्तरिक्षयानहरु कहाँ जान्छन्, त्यही विगे्रर समाप्त भएपनि कवाडीका सामान त बाँकी रहन्छ । कहाँ जान्छ ती टुक्राहरु ? यसैले उनले यसको बारेमा पत्ता लगाउने सोच बनाइन् र लागि परिन् ।
यसको लागि उनी अनुसन्धानमा व्यस्त भईन् र केहि तथ्य फेला पारिन् । येंगको भनाई छ, ‘अन्तरिक्षमा भएको यस्तो डँगुर फोहोरहरु अन्तरिक्षमा नै घुमिरहेका हुन्छन् । यस्तो फोहोरले पृथ्वीलाई चक्कर लगाईरहेका हुन्छन् ।’
उनले अर्को कुरा पनि पत्ता लगाईन्, यदी कुनै पनि स्याटलाइट वा अन्तरिक्षयान यी फेहोरसँग ठक्कर खाएमा त्यो पनि विनाश हुन्छ । यसले करोडको नोक्सान गर्ने मात्र होईन् । यसले रिसर्च अभियानलाई पनि अधुरो बनाई दिन्छ । यसैले उनले अन्तरिक्षमा यस्तो फोहोरको संख्या कति मात्रमा छन् भन्ने पनि पत्ता लगाउन जरुरी सोचिन् ।
येंगको रिसर्च अनुसार अहिले अन्तरिक्षमा करिब पाँच लाख यस्ता टुक्राहरुले धर्तिको परिक्रममा गरिरहेको छ । येंग यो कोशिसमा जुटेकी छन् की कुन चाँही टुक्रा सबभन्दा पुरानो हो र कति ठुलो टुक्रा छ भन्नेबारे ।
धर्तीमा परिक्रममा गर्ने क्रममा ती कवाडीको टुक्रामा बदलाब आउँछ की आउँदैन, आएमा कस्तो परिवर्तन हुन्छ भन्ने सोचले आफ्नो रिसर्च अभियानलाई अगाडी बढाईरहेकी छन् । यो रिसर्चले नै उनले आउँदो समयमा ती कवाडीको टुक्राको स्थिती कस्तो रहन्छ र प्रभाव कस्तो पार्छ भन्ने बारेमा पत्ता लगाउने भएकी छन् । यही आधारमा नयाँ स्याटलाइटलाई पठाउदाँ ती कवाडीको टुक्राले कत्तिको असर पार्छ भन्ने कुरामा अनुसन्धान केन्द्रित पनि हुनेछ । विगतमा यसलाई कसरी सुरक्षित राख्ने भन्ने बारेमा पनि अनुसन्धान गरिने उनको भनाई छ ।
यो अध्ययनले अन्तरिक्षमा हुने अन्तरिक्षयान र स्याटलाइटको भिड्न्तलाई रोक्न सक्ने अनुमान पनि गरिएको छ । यसरी फोहोर थुप्रदैँ गएमा भविष्यमा अन्तरिक्षमा पनि अन्तरिक्षयानलगायत स्याटलाइटलाई प्रभाव पर्ने निश्चित छ ।