काठमाडौं । पूर्वसभामुख तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङले तत्कालीन नेकपा एमालेकै पहलमा संविधान जारी भएको बताउनु भएको छ । उहाँले अहिले कानुन निर्माणको काम पनि नेपाल कम्युनिष्ट पार्टीका सरकार बनेपछि मात्रै अघि बढेको बताउनु भयो ।
जनता टेलिभिजनको कार्यक्रम ‘द भ्यू’मा नेता नेम्बाङले भन्नुभयो, ‘संविधान सभा विघटन नगर्ने सहमति कसले तोड्यो ? खिलराजजस्तो सजिलो मान्छे नपाइएको भएन देश जे पनि हुन सक्थ्यो ?’
कार्यक्रममा नेम्बाङले व्यक्त गरेका प्रतिक्रियाः
–संविधान निर्माण गर्ने निकै चुनौतिपूर्ण थियो । निकै अप्ठ्यारो थियो । –संविधान निर्माण गर्ने समय संविधानसभा गठन प्रक्रियासमेत गठन गर्न सकिएन –एउटा संविधानसभा संविधान नबनाई गयो । पहिलो संविधानसभाको राम्रो कामलाई स्वामित्व गह्रण गर्दै दोस्रो संविधानसभाबाट हामीले संविधान जारी गर्याैँ ।‘म एउटा कुरा प्रष्ट भन्छु, ‘२००७ सालमा संविधानसभाबाट संविधान बनाउने घोषण भयो तर किन संविधानसभाको निर्वाचन हुन सकेन ?’ –संविधान सभा स्थापित गर्ने आधार नै बलियो भएको थिएन । –जतिबेला संविधानसभा पक्षधर बलियो हुन्छ, त्यसबेला आधार बन्छ तर जतिबेला संविधाससभा पक्षर कमजोर हुन्छ, त्यो बेला भत्काउने प्रक्रिया अगाडि बढ्छ । मलाइ त्यो राम्रोसँग हेक्का थियो । –मलाई अन्तिम समय त्यो जेठ २ गते याद छ । जेठ २ गते संविधानसभा कायम राख्ने सहमति भएको थियो । तर अकस्मात विघटन भयो । कारण थुप्रै थिए । साथीहरु आफूले गरेको सहमतिमा अड्न नसकेको ? साथीहरुलाई मनाउन सकिनँ भन्नु भयो । –मैले भनेँ, ‘त्यो सहमति भत्काउन हुँदैन ।’ तर उहाँँले भन्नुभयो, ‘साथीहरुले मानेनन् । हामीलाई त सयमा सय चाहिन्छ । उहाँले उधारो कहाँ मानिन्छ र ? नगदी चाहिन्छ । हातहाती नै चाहिन्छजस्तो गर्नु भयो ।’ –त्यसबेला को को लागेका थिए संविधानसभाबाट संविधान जारी हुन नदिन ? त्यसको दोष अरुलाई किन दिनु ? त्यसमा मैले बूढापाकालाई सम्झन्छु । आफ्नो थैली दह्रो राख्नु तर अरुलाई दोष नदिनू । तर हामीले आफ्नो थैली दह्रो राख्न सकेनौँ, चोरी भयो । संविधाससभामा उपस्थित दलले आफूले गरेको निर्णयमा अडिन सकेनन् । अडिएको भए त संविधान बन्थ्यो । दल एक ठाउँमा अडिन सकेनन् । हामी एक ठाउँमा अडिन सकेनौँ । –त्यो कुराचाहिँ धेरै पटक खण्डन गर्नुप¥यो । अहिले त्यो खण्डन गर्ने पक्षमा छैन । दलहरु नै नमिलेपछि । सहमति नमिलेपछि संविधानसभाको बैठक बस्दैमा के हुन्थ्यो र ? त्यो संविधाससभासँग बिजनेस छैन । बिजनेस संविधाससभाले बनाउने होइन । बिजनेस भनेको त्यो संविधाससभालाई संविधानको मस्यौदा प्राप्त हुनुपथ्र्यो । कुनै छलफल गर्ने प्रस्ताव तयार हुनुपथ्र्यो । मस्यौदा बनाउने सम्बन्धित समितिले मस्यौदा दिएको थिएन । त्यसकारण त्यो बैठक नराखेकामा कुनै पछुतो छैन । –जेठ १४ मा संविधान बनेको भए, अहिले भन्दा राम्रो हुन्थ्यो कि भन्नेमा म छैन, जेठ २ को सहमति भत्काउन लागेका साथीहरुलाई त्यस्तो लाग्न सक्ला । त्यसको समीक्षा उहाँहरुले नै गर्नु राम्रो हुन्छ । –संविधानसभा विघटन भएपछि जनता कमजोर भए, देश उल्टो दिशामा गयो । प्रधानन्यायाधीशलाई मन्त्रिपरिषद् अध्यक्ष बनाएर निर्वाचन गर्नु पर्यो । उहाँको ठाउँमा अलि अप्ठ्यारो व्यक्ति भएको भए जे पनि हुन सक्थ्यो ।
–त्यसबेला मैले दल हेरिनँ, सिंगो देश हेरेँ, हिमालदेखि तराईसम्म हेरेँ । एकदिन पनि ढिलाई भयो भने संविधान जारी हुन सक्दैन भन्ने लाग्यो । –संविधानसभाको दोस्रो निर्वाचनमा जनताले प्रश्न गरे, संविधानसभाबाट संविधान जारी हुन्छ र ? दलले संविधान बनाउँछन् र ? जनताको त्यो आक्रोसपछि सबै दलले आफ्नो घोषणपत्रमा संविधान बनाउने प्रतिवद्धता राखे ।–कानुन निर्माण प्रक्रियामा ढिलाई भयो, कसले ढिलाई गर्यो, त्यसतर्फ जान चाहन्नँ । मौलिक अधिकारसम्बन्धी विधेयक संविधान जारी भएको ३ वर्षभित्र पूरा गर्नुपर्ने हो तर एउटा पनि निर्माण भएको थिएन । नेकपाको सरकार बन्नुअघि एउटा पनि निर्माण भएको थिएन । अहिले बल्ल निर्माण हुन थालेको छ । हेर्नुस् भिडियो:
https://www.youtube.com/watch?v=pL_hefurpnU