मेषः इष्टमित्रबाट सुख प्राप्त होला । नयाँ काम गर्ने जोश जाँगर मिल्ला । नसोचेका ठाउँमा सफलता प्राप्त होला । धनमाल, बस्तुहरु हात लाग्ला ।
वृषः स्वार्थी व्यक्तिको फन्दामा परिएला । सहयोगीबाट सोचेअनुसारको सहयोग नपाइएला । शारीरिक समस्या केही बढ्ला । वादविवादबीच काम सम्पन्न होला ।
मिथुनः मानसम्मान तथा मिष्ठान्न भोजन प्राप्त होला । विशिष्ट व्यक्तिसँग भेटघाट रहला । अन्न तथा बस्त्र लाभ होला । दौडधुपबाट काम सम्पन्न होला ।
कर्कटः मनमा दिक्दारी मात्र लाग्ला । धनमाल, बस्तु हानी होला । पठनपाठनका क्षेत्रमा हानी होला । आफन्तले सहयोग गर्लान् । अशुभ समाचार सुन्नुपर्ला ।
सिंहः मनमा उत्साह रहला । अतिथि सेवा गर्ने मौका मिल्ला । मनोरञ्जनात्मक क्षेत्रमा खर्च होला । धनमाल, बस्तु, अलङ्कार प्राप्त होलान् । स्वादिष्ट भोजन प्राप्त होला ।
कन्याः नजिकका व्यक्तिसँग मनमुटाव हुनसक्ला । अपमान सहनु पर्ला । मानसिक चिन्ता पर्ला । स्वास्थ्यमा केही समस्या देखिएला । धनमाल, बस्तुमा हानी होला ।
तुलाः दुःखपूर्ण तरिकाले काम सम्पन्न होला । ठाउँ परिवर्तन गर्नु पर्ला । प्रशासनिक क्षेत्रमा कर्मले साथ नदेला । विशिष्ट काममा भाग्यले पनि साथ नदेला । घरपरिवारका सदस्यबाट धोका होला ।
वृश्चिकः थालेका काम सफल होलान् । आर्थिक पक्ष मजबुत बन्ला । मनमा शान्ति मिल्ला । विशिष्ट व्यक्तिबाट सुख प्राप्त होला । मनमा उत्साह बढ्ला ।
धनुः सुख प्राप्त होला । व्यापार तथा व्यवसायबाट प्रगति होला । मनमा उत्साह बढ्ला । नयाँ इष्टमित्रसँग भेट होला । महत्वपूर्ण कार्य सम्पन्न होला ।
मकरः विरोधीले काममा बाधा गर्लान् । चिन्ता बढ्ला । आर्थिक संकट सामना गर्नुपर्ला । रोगले सताउला । कष्टकर यात्रा गर्नु पर्ला । धन नाश हुनाले मनमा चिन्ता पर्ला ।
कुम्भः यात्रामा बाधा आउला । आन्तरिक शक्ति निस्तेज होला । गरेका काम बिग्रेर मानसिक तनाव सहनु पर्ला । पारिवारिक स्वास्थ्यको विषयमा खर्च होला ।स्वास्थ्यमा समस्या देखिएला ।
मीनः मनमा हर्ष होला । नसोचेको काम बन्ला । विरोधीहरु कमजोर होलान् । उद्योग व्यवसाय गर्न जाँगर वृद्धि होला । धनमाल प्राप्त होला । मित्रहरूबाट सुख तथा सहयोग प्राप्त होला ।