काठमाडौं । बिवाह एक पुरुष र महिलाबिचको मात्र नभएर दुई परिवारको समेत मिलनको कडी हो । कहिलेकाहीँ स–साना कुराहरुमा ध्यान नदिनाले पति–पत्नीको सम्बधमा दरार आईदिन्छ । यस्तो अवस्थामा सम्बन्धलाई मिठास ल्याउनु जरुरी हुन्छ । सम्बन्धमा मिठास ल्याउनको लागि यी ९ कुराहरुमा ध्यान दिनु आवश्यक हुन्छ ।
१. विश्वासः पति–पत्नीको सम्बन्धमा विश्वास हुनु जरुरी हुन्छ । कसैको मन जित्नको लागि हामीले एकअर्कामा विश्वासको वातावरण बनाउन सक्नुपर्छ । पति–पत्नीमा विश्वास भएका सानातिना समस्याहरुले पनि सम्बन्धमा दरार आउन दिदैँन ।
२. भावनात्मक सहयोगः पति–पत्नीले एक अर्कालाई भावनात्मक सहयोग गर्नुपर्छ । बिशेषतः पतिले पत्नीहरुलाई भावनात्मक सहयोग गर्नुपर्छ । पत्नी आफ्नो परिवार छोडेर नयाँ वातावरणमा प्रवेश गरेको हुनाले अझै धेरै सहयोगको अपेक्षा गरेकी हुन्छिन् ।
३. आपसी समझदारीः पति–पत्नीबिच आपसी समझदारी हुनुपर्छ । दुवैले एकअर्कालाई विश्वास र भावनात्मक कदर गरेमा मात्र आपसी समझदारी सम्भव छ ।
४. झगडाः प्रेमको पहिलो पाईला भनेको झगडा पनि हो । साना–साना कुराहरुमा झगडा गर्नुले पनि पति–पत्नीको सम्बन्धलाई बलियो बनाउँछ । तर झगडा लामो समयसम्मच चल्नुहुदैँन । त्यसले फेरी अर्को समस्या निम्त्याउन सक्छ ।
५. सम्मानः पति–पत्नीले एकअर्कालाई सम्मान गर्नुपर्छ । कुनै एकले गल्ती गर्यो भने सबैको अगाडी उसको गल्ती बताउनुको सट्टा गल्ती गर्नेलाई नै भन्नु बुद्धिमानी हुन्छ । यसबाट एकअर्कामा सम्मान बढ्न जान्छ र सम्बन्ध पनि प्रगाढ बन्छ ।
६. तारिफः पति–पत्नीले केहि राम्रो काम गरेमा तारिफ गर्न नभुल्नुस् । हरेक मानिस आफ्नो जीवनमा तारिफको दुई शब्द सुन्न नै मनपराउँछ ।
७. समयः बैवाहिक सम्बन्धमा रहेका ब्यक्तिहरुले हरेका मोडमा एकअर्काको साथ दिनु जरुरी हुन्छ । साथै एकले अर्कालाई समय दिनुपनि मिठासपूर्ण सम्बन्धको लागि जरुरी हुन्छ ।
८. स्पेस दिनेः बिवाहपछि पुरुषको तुलनामा महिलाको जीवनमा ब्यापक परिवर्तन आएको हुन्छ । यस्तो अवस्थामा पतिले पत्नीलाई उनको मनपर्ने मानिसहरुको साथमा समय बिताउन स्पेस दिनुपर्छ । त्यस्तोमा आफु बिचमा पर्नु राम्रो हुदैँन । –एजेन्सी