मेसिनले कपाल काट्नु हुन्छ होसियार !

काठमाडौं । कपाल काट्ने मेसिन बजारमा छ्यापछ्यापती भेटिन्छन् । सैलुनहरुले पनि सहजताका लागि सबैका कपालमा मेसिन प्रयोग गर्ने गर्दछन् । तर, त्यसको दिर्घकालिन असरका बारेमा हामी अनविज्ञ छौ । वैज्ञानिकहरुका अनुसार यस्ता मेसिन टाउकोमा प्रयोग गर्दा हाम्रो मष्तिकलाई ठूलो असर पर्दछ । त्यतिबेला आनन्द महसुस भएपनि यसले दिर्घकालिन रुपमा असर पु¥याएको हुन्छ । विद्युतिय सामाग्री हामी प्रयोग गर्नु त्यति राम्रो मानिदैन त्यो त करेन्टसँगै हाम्रो टाउकोमा लगाइएको हुन्छ ।

बर्षमा कति नेपालीले काट्छन दाह्री र कपाल ?

दैनिक लाखौं नेपालीले दाह्री काट्छन् र सोही मात्रामा कपाल पनि । त्यही दाह्री कपाल काट्ने मेसिनका लागि करोडौं रुपैंयाँ विदेशीने गरेको छ । नेपालीले ४६ लाख ४७ हजार रुपैंयाँ बराबरका २६ लाख २९ हजार व्लेड प्रयोग गरेका छन् । सात करोड ६ लाख रुपैंयाँ बराबरको २६ लाख वटा रेजर प्रयोग गरेका छन् भने ६८ करोड ४६ लाख ६२ हजार एक सय ३६ रुपैंयाँ बराबरको सेफ्टी रेजर ब्लेड प्रयोग गरेका छन् ।

गत बर्षको आँकडामा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार एक लाख १५ हजार ३ सय ५५ रुपैंयाँ मुल्य बराबरका रेजर तथा ब्लेडका पार्टपुर्जा आयात गरिएको छ । नेपालले कपाल काट्ने कैँची मात्रै २ करोड ४३ लाख ७४ हजार एक सय ४७ रुपैंयाँ बराबरको आयात गरेको छ । सो रकमबाट २० लाख ५७ हजार ७ सय ९५ वटा कैचीँ आयात गरेको छ ।

नेपालले चीन, भारत, अमेरिका, बेलायत, युएइ, पाकिस्तान, बंगलादेश, जर्मनी, फ्रान्स, मेक्सिको, भियतनाम, रसिया, दक्षिण कोरिया, पोल्याण्ड, चेक रिपब्लिक, ताइवान, नेदरल्याण्ड, मलेसिया, ग्रीस लगायतका २४ देशबाट दारी तथा कपाल काट्ने समान आयात गर्दै आएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मितिः २०७५ कात्तिक ३ गते शनिबार बिहान ५ः०० राष्ट्रिय गान ५ः०२ योग दर्शन प्रस्तोताः डा.चिन्तामणि गौतम ५ः२५ मालश्री धुन ५ः३०…

काठमाडौं ।  प्रधानमन्त्री केपी ओलीले दशैंको टीका बुबाको हातबाट लगाउनु भएको छ । प्रधानमन्त्री ओलीले बिहान नौ बजेर ५१ मिनेटको…

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मूलसाइतको टीका मूल पुजारी देवराज अर्याल र पुरोहित हेमचन्द्र ढकालबाट ग्रहण गर्नुभएको छ ।  राष्ट्रपतिले…

चितवन । इच्छाकामना गाउँपालिका–६ जलवीरेस्थित नारायणगण मुग्लिन सडकखण्डमा आज बिहान बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने…

काठमाडौं । आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ । दशैँघरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना…

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले राष्ट्र निर्माणको ऐतिहासिक अवसरमा सत्तापक्ष र प्रतिपक्षमा विभाजित नभइ देश विकासको महाअभियानमा सहभागी हुन सबैलाई…