‘मानव बेचविखनकाे सिकार पुरुष पनि’

ललितपुर । पछिल्लो समय मानव बेचविखन अन्र्तगत महिलासँगै पुरुषको संख्यामा पनि बृद्धि भएको छ । के आई नेपालको १२औं साधारणसभामा बोल्दै प्रहरी नायब उपरिक्षक राजकुमार सिलवालले यस्तो बताउनुभएको हो ।

सिलवालले गएका ३ वर्षमा मानव बेचविखनमा २३ जना पुरुष पीडित रहेको मुद्दा दर्ता गरेकोमा पछिल्लो ८ महिनामा मात्र ४० वटा मुद्दा परिसकेको जिकिर गर्दै महिला जस्तै पुरुष पनि बेचविखन भैरहेकाले त्यतातर्फ पनि ध्यान पुग्नपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै ललितपुर उच्च अदालतका न्यायाधीश टेक नारायण कुँवरले मानव बेचविखन आधुनिक युगको घृणित कार्य भएको बताउनुभयो । कुँवरले मानव वेचविखन संगठित अपराधका रुपमा रहेको र वैज्ञानिक प्रमाण कतिपय अवस्थामा नभेटिने भएकाले जिल्ला अदालतबाट फैसला हुने क्रममा ६० प्रतिशतले मात्र न्याय पाउने गरेको बताउनुभएको हो । कुँवरले भदौ १ गतेबाट लागु भएको मुलुकी ऐनमा मानव बेचविखनका पीडित तथा प्रभावितहरुका लागि विशेष व्यवस्था गरिएको पनि जिकिर गर्नुभयो ।

न्यायाधीश कुँवरले मुद्दा चल्दै गर्दाको अवस्थामा पीडितलाई सुरक्षा खतरा रहेको वा कुनै कारण अदालतसम्म पुग्ने अवस्था नभएमा पीडितको गोपनियताको अधिकारको पूर्ण प्रत्याभूत गर्दै अदालतबाट नै कर्मचारी खटाइने व्यवस्था रहेको स्पस्ट पार्नुभयो । उहाँले मुद्दा चल्दै गरेको अवस्थामा अन्तरिम राहतको व्यवस्था पीडक वा राज्यबाट गराइने लगायतका सुविधा रहेकाले कानूनका तर्फबाट कुनै कमी नगरिएको दाबी गर्नुभयो । तर कानुनी प्रक्रिया र अधिकारका विषयमा पर्याप्त जानकारी नहुँदा प्रभावकारी बन्न नसकेकोतर्फ पनि न्यायाधीश कुँवरले ध्यानकर्षण गराउनुभयो ।

यस्तै कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्यालले समाजमा दिनप्रतिदिन बलात्कारका घटना वृद्धि हुनको जड कारणमा पुग्नपर्ने र निराकरण त्यसपश्चात मात्र सम्भव हुने धारणा राख्नुभयो । माध्यमिक शिक्षामा नै यस्ता शिक्षा समावेश गरी पाठ्यक्रम पुनःनिर्माण गर्न सके मानवबेचविखनजस्ता अपराधमा कमी आउनसक्ने उपमेयर सत्यालको भनाई छ ।

कार्यक्रममा के.आई नेपालका कार्यक्रम निर्देशक इन्द्रराज भट्टराईले आर्थिक वर्ष २०७४÷७५मा मात्र मानव तस्करका हातमा परेका ८४ जना महिला तथा किशोरी र बालिकाको उद्दार गरी संस्थाको सुरक्षित आवास गृहमा आश्रय दिइएको जानकारी दिनुभएको थियो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मितिः २०७५ कात्तिक ३ गते शनिबार बिहान ५ः०० राष्ट्रिय गान ५ः०२ योग दर्शन प्रस्तोताः डा.चिन्तामणि गौतम ५ः२५ मालश्री धुन ५ः३०…

काठमाडौं ।  प्रधानमन्त्री केपी ओलीले दशैंको टीका बुबाको हातबाट लगाउनु भएको छ । प्रधानमन्त्री ओलीले बिहान नौ बजेर ५१ मिनेटको…

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मूलसाइतको टीका मूल पुजारी देवराज अर्याल र पुरोहित हेमचन्द्र ढकालबाट ग्रहण गर्नुभएको छ ।  राष्ट्रपतिले…

चितवन । इच्छाकामना गाउँपालिका–६ जलवीरेस्थित नारायणगण मुग्लिन सडकखण्डमा आज बिहान बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने…

काठमाडौं । आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ । दशैँघरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना…

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले राष्ट्र निर्माणको ऐतिहासिक अवसरमा सत्तापक्ष र प्रतिपक्षमा विभाजित नभइ देश विकासको महाअभियानमा सहभागी हुन सबैलाई…