अर्का युवाले पनि फेसबुकमा स्ट्याटस लेख्दै गरे आत्महत्या

पुष्पराज अधिकारी
हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर १२ का २२ वर्षीय नवीन घलेले फेसबुकमा स्ट्याटस पोष्ट गर्दै आत्महत्या गरेका छन् ।

फेसबुक चलाइरहेका उनले एकाएक युजर डेड, फर्गेट मी लेखे, त्यसैलाई प्रोफाइल बनाए र घर अगाडि झाडीमा आत्महत्या गरे । घलेको अप्रत्यासित आत्महत्याले परिवारजन गहिरो शोकमा परेका छन् ।

पारिवारिक स्रोतका अनुसार, एसएलसीसम्म अध्ययन गरेका घले पछिल्लो समय विदेश जान चाहन्थे । तर उनले हठात् यस्तो निर्णय गरे की, फेसबुकमा स्ट्याटस नै लेखेर आत्महत्या गरे ।

घलेको फेसबुक स्ट्याटसमा लगातार उनले असन्तुष्टि प्रकट गरेका छन् । उनले तस्बिरहरु पनि ब्लाक एण्ड ह्वाइट राखेका छन् । उनले मर्नुअघि लेखेका छन्, ‘मैलेजस्तो गल्ती कसैले नगर्नुहोला ।’

अभिभावकले ख्याल गर्नु पर्ने
असोज १४ गते चितवका निश्चल तामाङले फेसबुकमा लाइभ झुण्डिएर मरे । विदेशमा पनि यस्ता धेरै घटना भएका छन् । अभिभावकले ख्याल गर्नु पर्ने कुरा के हो भने, तपाईंको छोराछोरी फेसबुकमा कुन फंक्सनमा बढी लत बनाइरहेको छ ? उसले पोष्ट गरेका विषयहरु को प्रति लक्ष्यित छन् ? उसको संगति कस्तो छ ? बेलाबेला छोराछोरीको भावना बुझ्ने समय अभिभावकले निकाल्न जरुरी देखिएको छ । एकसातामा दुई युवाले फेसबुकमा लेखेर नै आत्महत्या गरेका विषयले अब अभिभावक सचेत हुनुपर्ने देखिएको छ, खासगरी फेसबुकमा सन्ततिले पोष्ट गरेका स्ट्याटस, श्यामश्वेत तस्बिरले गर्ने संकेत बुझ्न सकिएन भने यस्तै नियत अरु अभिभावकले पनि बुझ्न जरुरी छ ।

यो पनि पढ्नुहोस्ः

बियर पिउन बुबासँग पैसा मागेका निश्चलले गरे फेसबुकमा लाइभ आत्महत्या (भिडियोसहित)

बियर पिउन बुबासँग पैसा मागेका निश्चलले गरे फेसबुकमा लाइभ आत्महत्या (भिडियोसहित)

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मितिः २०७५ कात्तिक ३ गते शनिबार बिहान ५ः०० राष्ट्रिय गान ५ः०२ योग दर्शन प्रस्तोताः डा.चिन्तामणि गौतम ५ः२५ मालश्री धुन ५ः३०…

काठमाडौं ।  प्रधानमन्त्री केपी ओलीले दशैंको टीका बुबाको हातबाट लगाउनु भएको छ । प्रधानमन्त्री ओलीले बिहान नौ बजेर ५१ मिनेटको…

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मूलसाइतको टीका मूल पुजारी देवराज अर्याल र पुरोहित हेमचन्द्र ढकालबाट ग्रहण गर्नुभएको छ ।  राष्ट्रपतिले…

चितवन । इच्छाकामना गाउँपालिका–६ जलवीरेस्थित नारायणगण मुग्लिन सडकखण्डमा आज बिहान बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने…

काठमाडौं । आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ । दशैँघरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना…

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले राष्ट्र निर्माणको ऐतिहासिक अवसरमा सत्तापक्ष र प्रतिपक्षमा विभाजित नभइ देश विकासको महाअभियानमा सहभागी हुन सबैलाई…