‘माओवादीको राक्षस जस्तो छवि धोइपखाली भयो’

राजनीतिक सहमति र संवादको ढोका हामीले जनयुद्ध शुरु गर्दादेखि नै खुला राखेका थियौ । हामीले एउटा राजनीतिक सिद्धान्तबाट प्रेरित भएर युद्ध गर्यौ । तर हामी संवादको निम्ति तयार थियौ । जनतालाई सकारात्कम ढंगले अधिकार दिने कुरामा सरकार हामीसँग वार्ता गर्न तयार हो भने । हामी पनि तयार गर्छ भन्ने कुरा शुरुदेखि नै खुला राखेका थियौ । तर तत्कालीन सरकारले त्यसलाई नजरअन्दाज गरेन । त्यसलाई कुनै महत्व दिएन ।

तर एउटा बिन्दुसम्म पुग्दा त्यसले शक्ति आर्जन गर्यौ । त्यसले शक्ति आर्जन गरेपछि सब भन्दा पहिला कम्युनिष्टहरुको बीचमा नै संवाद शुरु भएको हो । जनयुद्ध ५ वर्ष पुग्दा नपुग्दै तत्कालीन एमाले र मओवादीबीच संवाद भएको हो । संवादमा अहिलेका प्रधानमन्त्री के.पी ओली सहभागी हुनुभएको थियो । म भूमिगत थिए । उहाँ र हामीबीच भारतको सिलगुुढीमा भेट भयो । भेटमा हामीले गम्भीर ढंगले छलफल गर्यौ । त्यसबेला ओलीजीलाई शायद  प्रचण्ड भन्ने मान्छे , हल्का फुल्का, राजनीतिलाई गम्भीर ढंगले नसोच्ने खालको होला भन्ने लागेको थियो । मलाई पनि के.पी ओली अलिक पूर्वाग्रही, अलि संकीर्ण नै खालका नेता होलान भन्ने लागेको थियो । तर हामीले २, ३ घण्टा कुरा गरेपछि एकअर्कामा आकर्षण बढ्यो । त्यसपछि एउटा नयाँ परिस्थिति बन्दै गयो

शक्ति आर्जन हुँदै गयो । राजनीतिक नेतृत्वको हिसाबले प्रमुख नेताको हैसियतले शान्तिमा आउने र सशस्त्र विद्रोहलाई राजनीतिक परिवर्तनको बाहक बनाउने मेरो दिमागमा शुरुदेखि नै थियो । त्यही कारण वार्ता संवाद गर्दै गयौ । सरकारसँग पहिलो चोटी वार्ता भयो सफल भएन । पहिलो चोटीको वार्ताको पनि हामीसँग अरु ऐजेण्डा थिएन, संविधानसभा होस्, हामी आउँछौ भन्ने नै थियो । सरकारबाट संविधानसभा गर्न सकिँदैन भन्ने जवाफ आएपछि वार्ता भंग भयो । दोस्रो पटक वार्तामा आउँदा पनि हाम्रो मुख्य ऐजेण्डा संविधानसभा नै थियो । त्यतिबेला पनि त्यो पूरा हुन सक्दैन भनेपछि वार्ता फेरि भंग भयो ।

अझ त्यतिबेला रमेशनाथ पाण्डेसँग पनि भारतमा भूमिगत अवस्थामै मेरो भेट भएको थियो । त्यसबेला उहाँसँग विभिन्न पक्षमा खुलेर कुरा भएको थियो । त्यतिबेलासम्म उहाँको अनुमानमा प्रचण्ड भन्ने मान्छे छ कि छैन भन्ने थिए । कतिपयले प्रचण्ड भनेको बाबुराम भट्टराई नै हो भन्थे । अझ बाहिर बजारमा त ज्ञानेन्द्र नै प्रचण्ड हो कि ? प्रचण्ड भनेको पद्मरत्न तुलाधर पो हो कि ? भन्ने थियो । प्रचण्ड भन्ने मान्छे छ कि छैन, हो कि होइन भन्ने विभिन्न खालका मिथकहरु थिए ।

पाण्डेजीले पछि सुनाउनु भयो– पाण्डेले प्रचण्डलाई भेटेर आए रे प्रचण्डबारे कुरा गर्ने रे भनेपछि मान्छे खचाखच । खुट्टा टेक्ने ठाउँ भएन भनेर उहाँले भन्नुभयो । आन्दोलनको एउटा उत्कर्षमा मैले त्यो महशुस गरँे । शायद नेपालमा विभिन्न नेताहरु मध्ये मलाई त्यो शौभाग्य प्राप्त भयो । पार्टीको सिद्धान्तमा नै प्रचण्डपथ भनेर लेख्ने मौका पाएँ । प्रचण्डपथ भन्दै हजारौ मर्न पनि तयार हुने अनुभूति पनि मैले गरेँ । फेरि प्रचण्डपथ भन्दै मर्नेहरुको ती सपनाहरु सिधै अगाडि बढाउन अब संभव छैन भन्ने भएपछि म शान्ति वार्तातिर , सहमतितिर, शान्ति संझौता निर्माणतिर लागेँ । परिवर्तनलाई नयाँ दिशातिर अगाडि बढाउनेतिर लागेँ । यो भन्दा बढी युद्ध नै गर्छु भन्यो भने त्यो दुर्भाग्यपूर्ण हुन्छ भन्ने टुंगोमा पुगेँ ।

माओवादीलाई शान्ति प्रकृयामा ल्याउन एमालेको बिशेष भूमिका छ । शान्ति प्रकृयाको पहिलो सहमति एमालेसँग नै भएको हो  

पछिल्लो चरणमा सशस्त्रयुद्ध पार्टीको लागि, आन्दोलनको लागि र देशको लागि पनि उपयुक्त थिएन । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति हेर्दा युद्धबाट सत्ता प्राप्त गर्न सक्ने अवस्था थिएन । हामी विजयी भइहाल्छौ भन्ने स्थिति थिएन । त्यहाँ मानिसको मनमा एएटा सवाल उठ्यो त्यसो भए शुरु नै किन गरेको त ? तर सात राजनीतिक दलबीच जुन ढंगले सहमति र शान्ति प्रकृया भयो ।  त्यो जनयुद्धको जगकै आधारमा भएको हो । त्यसबेला मुलुकमा राजा, संसदीय व्यव्सथा मान्ने राजनीतिक दल र जनयुद्ध गरिरहेको माओवादी गरी ३ शक्ति थियो । यी तिन वटै शक्ति विभिन्न कारणले कमजोर बन्दै गइरहेका थिए । आधार इलाका र किल्ला ध्वस्त पारिएपछि माओवादी छतविक्षत हुने अवस्थामा पुगेको थियो । संसदीय व्यवस्था मान्ने राजनीतिक दल पनि विभिन्न कारणले कमजोर हुँदै गएका थिए । उनीहरुले राजाको सक्रिय शासन विरुद्ध आन्दोलन उठाउन सक्ने अवस्था नै थिएन ।

उता राजाप्रति पनि जनसमर्थन गुम्दै गएको थियो । दरबार हत्याकाण्डपछि राजसंस्था अत्यन्तै कमजोर भइसकेको थियो । राजाको सक्रिय शासन शासन लामोसमय टिक्न सक्ने अवस्था थिएन । भिन्नाभिन्ने किसिमले कमजोर हुँदै गएका यी तीन शक्ति मध्ये कुनै दुई शक्ति मिल्दा अर्को शक्तिको अस्तित्व सिद्धिने अवस्था थियो । जनयुद्ध हाँकिरहेको पार्टीको कमाण्डरको हैसियतले मैले त्यस्तो आंकलन गरिरहेको थिए । मौकाको खाृजीमा थिएम अवसरको खोजीमा थिएँ । म उचित मौकाको खोजीमा थिएँ । अवसरको खोजीमा थिएँ । तर युद्ध हाकिरहेको एउटा पार्टीले र एउटा नेताले शान्ति प्रकृयामा आउँछु भन्दै त्यो पाइहाल्ने अवस्था हुँदैन ।

विश्वमा अन्त भएको विभिन्न कम्युनिष्ट आन्दोलनले त्यो देखाएको छ । शान्ति प्रकृयामा आउन चाहँदा जाँदै दमनमा परेर ध्वस्त भएका थुप्रै उदाहरण छन् । उदाहरणको लागि पेरुकै कम्युनिष्ट आन्दोलनलाई लिन सकिन्छ । पेरुमा कम्युनिष्ट आन्दोलन हाँकिरहेका गोञ्जालो शान्ति प्रकृयामा आउन चाहँदा चाहँदै पक्राउ परेँ । जेल जानु पर्यो । उहँँ जेल परेपछि त्यहाँको कम्युनिष्ट आन्दोलन लथालिग्ङ भयो, भताभुग्ग भयो । त्यो परिस्थिति मैले आफ्नै आँखा अगाडि देखिरहेकाने थिए । नेपालमा पनि पछिल्लो समय त्यस्तै हुन सक्ने खतरा थियो । दुई पटकको वार्ता भंग भएपछि त्यो खतरा बढिरहेको थियो । सशस्त्र युद्धको अवतरण आवश्यक थियो । त्यसलाई सेफ ल्याण्डिङको रुपमा लिन सकिन्छ । सकारात्मक समाधानको रुपमा बुझ्न पनि सकिन्छ ।

म त्यसको खोजीमा थिएँ । दरबार हत्या काण्डले, अनि ज्ञानेन्द्रको सक्रिय शासन गर्ने चाहनाले त्यो मौका मिल्यो । असाध्यै राम्रो मौका मिल्यो । त्यसकारण राजा ज्ञानेन्द्रको सबै शक्ति आफ्नो हातमा लिन्छु भन्ने कर्मले त्यो अवसर मिल्यो । माओवादी शान्ति प्रकृयामा आउन राजनीतिक अवतरण नै हो । जतिबेला हामी शान्ति संझौतामा आयौ, त्यो पनि अन्तर्राष्ट्रिय परिस्थितिकै कारण हो । एमाले पहिल्यैदेखि गणतन्त्रको पक्षमा थियो । राजतन्त्र बोक्दै आएको नेपाली कांग्रेस पनि राजाको पछिल्लो कदमबाट वाक्कदिक्क भएको थियो । अब राजतन्त्र बोकेर हुँदैन भन्ने मनस्थितिमा पुगेको थियो । त्यही कारण शान्ति संवाद र सहमतिको वतावजरण बन्यो ।

गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाउनु गल्ती भयो । उहाँलाई राष्ट्रपति बनाएको भए, संविधान २ वर्षमै बन्न सक्थ्यो 

पहिलो सहमति एमालेसँग नै भएको हो । एमालेसँग लिखित सहमति भएको थियो । तर एमाले र माओवादी मिलेर मात्रै शान्ति प्रकृया पूरा हुँदैन्थ्यो । गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय रुपमा लोकतान्त्रिक छवि बनाइसकेको व्यक्ति, असाध्यै वरिष्ठ नेताको छवि बनेको थियो । गिरिजाप्रसाद कोइरालाले माओवादीसँग संझौता गर्ने भए भन्दा माओवादीको छवि पनि केही न केही बढ्ने स्थिति थियो । राजनीतिमा माओवादीको एउटा आतंककारीको जस्तो, राक्षसको जस्तो छवि भनेको थियो । त्यो राक्षसको जस्तो छवि पनि धोइपखाली हुन सक्ने देखेपछि १२ बुँदे सहमति भयो । त्यसपछि प्रकृया अगाडि बढ्यो र अहिलेको अवस्थामा आइपुगिएको हो ।

शान्ति प्रकिया भइसकेपछि पनि केही अप्ठयारा थिए । थुपै्र चुनौति थिए । शान्ति संझौतापछि माओवादीको हतियार शिविरमा राख्ने निर्णय भयो । मैले त्यो कार्य ढिलो नगरी एकदम छिटो गर्नुपर्नेमा जोड दिएँ । हतियार शिविरमा राख्न एकछिन ढिलो गर्दा ठूदलै दुर्घटना हुने स्थिति थियो । ठूलै विद्रोह हुने अवस्था थियो । वैद्यजीहरुबाट विद्रोहको खतरा थियो । त्यो अवस्था बुझेरै मैले हतियार शिविजरमा राख्न विलम्व गर्न नहुने टुंगोमा पुगेको हुँ ।  शान्ति संझौतापछि संविधाससभाको चुनाव भयो । चुनावमा मओवादी ठूलो पार्टी बन्यौ । अकस्मात् ठूलो पार्टी हुँदा हामी पनि उन्मात्त भयौ । त्यसबेला गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाएको भए । संविधान २ वर्षमै बन्न सक्थ्यो । उहाँलाई राष्ट्रपति नबनाएर हामीले गल्ती गर्यौ ।

(अध्यक्ष दाहालले पत्रकार शुभशंकर कंडेलद्वारा लिखित ‘अवतरण’ पुस्तक बिमोचनमा गर्नुभएको सम्बोधनको केही अंश )

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मितिः २०७५ कात्तिक ३ गते शनिबार बिहान ५ः०० राष्ट्रिय गान ५ः०२ योग दर्शन प्रस्तोताः डा.चिन्तामणि गौतम ५ः२५ मालश्री धुन ५ः३०…

काठमाडौं ।  प्रधानमन्त्री केपी ओलीले दशैंको टीका बुबाको हातबाट लगाउनु भएको छ । प्रधानमन्त्री ओलीले बिहान नौ बजेर ५१ मिनेटको…

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मूलसाइतको टीका मूल पुजारी देवराज अर्याल र पुरोहित हेमचन्द्र ढकालबाट ग्रहण गर्नुभएको छ ।  राष्ट्रपतिले…

चितवन । इच्छाकामना गाउँपालिका–६ जलवीरेस्थित नारायणगण मुग्लिन सडकखण्डमा आज बिहान बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने…

काठमाडौं । आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ । दशैँघरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना…

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले राष्ट्र निर्माणको ऐतिहासिक अवसरमा सत्तापक्ष र प्रतिपक्षमा विभाजित नभइ देश विकासको महाअभियानमा सहभागी हुन सबैलाई…