‘वामदेव लड्ने/नलड्ने निर्णय भएको छैन’

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले काठमाडौं क्षेत्र नम्बर ७ मा उपनिर्वाचन हुने विषयमा पार्टीमा निर्णय हुन बाँकि रहेको बताउनु भएको छ । सांसद रामवीर मानन्धरले राजीनामा दिएर नेता वामदेव गौतमलाई चुनावमा लडाउने चर्चा भईरहेका बेला अध्यक्ष दाहालले सो सम्बन्धमा पार्टी भित्र निर्णय भईनसकेको प्रष्टयाउनु भएको हो । अध्यक्ष दाहालले काठमाडौं क्षेत्र नम्बर ७ मा पार्टीको सिट गुम्ने गरी उपनिर्वाचन नहुने भन्दै पार्टीका नेता, कार्यकर्तालाई ढुक्क हुन पनि आग्रह गर्नु भयो ।

बुधबार दसैंको अवसर पारेर काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले केपी ओली नेतृत्वको वर्तमान सरकारलाई पाँच वर्षसम्म शासन गर्न कुनै व्यवधान नरहेको पनि स्पष्ट पार्नु भयो । उहाँले पार्टी र सरकारको कामलाई समिक्षा गर्दै अगाडि बढाउने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । अध्यक्ष दाहालले मुलुकमा लगानीको वातावरण बनाउन आवश्यक ऐन, कानुन, नीति बनाउन पनि सरकारलाई आग्रह गर्नु भयो ।

यता नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले नेकपाको सिट गुम्ने गरी उपनिर्वाचन नगर्ने बताउनुभएको छ । काठमाडौं क्षेत्र नम्बर ७ मा हुने लागेको उपनिर्वाचनमा नेकपाका उम्मेद्वार वामदेव गौतमलाई जिताउने नेकपाको योजना रहेको दाहालको भनाइ छ । त्यसका लागि प्रधानमन्त्री केपी ओली र आफूबीच गम्भीर छलफल समेत भइरहेको दाहालले बताउनुभयो । हालका सांसद रामवीर मानन्धरको क्षेत्रमा उपनिर्वाचन गर्ने नेकपाको योजना रहेको भन्ने चर्चा भइरहेका बेला दाहालको यस्तो भनाइ आएको हो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मितिः २०७५ कात्तिक ३ गते शनिबार बिहान ५ः०० राष्ट्रिय गान ५ः०२ योग दर्शन प्रस्तोताः डा.चिन्तामणि गौतम ५ः२५ मालश्री धुन ५ः३०…

काठमाडौं ।  प्रधानमन्त्री केपी ओलीले दशैंको टीका बुबाको हातबाट लगाउनु भएको छ । प्रधानमन्त्री ओलीले बिहान नौ बजेर ५१ मिनेटको…

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मूलसाइतको टीका मूल पुजारी देवराज अर्याल र पुरोहित हेमचन्द्र ढकालबाट ग्रहण गर्नुभएको छ ।  राष्ट्रपतिले…

चितवन । इच्छाकामना गाउँपालिका–६ जलवीरेस्थित नारायणगण मुग्लिन सडकखण्डमा आज बिहान बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने…

काठमाडौं । आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ । दशैँघरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना…

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले राष्ट्र निर्माणको ऐतिहासिक अवसरमा सत्तापक्ष र प्रतिपक्षमा विभाजित नभइ देश विकासको महाअभियानमा सहभागी हुन सबैलाई…