राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने मूडमा रहेको खबरपछि प्रधानमन्त्री केपी ओलीले राजपा नेतालाई सोमबार साँझ बालुवाटारमा बोलाए ।
[caption id="attachment_70190" align="alignright" width="150"]
–शिव अधिकारी यदुवंशी[/caption]
बालुवाटार पुगेका राजपाका अध्यक्ष मण्डलका सदस्यहरुमध्ये अध्यक्ष महन्थ ठाकुरले दुई पृष्ठको ज्ञापनपत्र प्रधानमन्त्री ओलीलाई दिए । राजपाका माग आगामी छठसम्म पूरा नभए सरकारलाई दिइएको समर्थन फिर्ता लिएर फेरि मधेस आन्दोलनमा जाने चेतावनी दिए । अखिर किन ?
किन यस्तो अवस्था बन्यो ?राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले दिएको ज्ञापन पत्रमा भनिएको छ, ‘वास्तवमा दुई तिहाई बहुमत प्राप्त सरकारको रवैयाले समग्र नेपाली जनता नै हतास, निरास, आतंकित र सशंकित छन्, तसर्थ राजपा नेपालले यहाँ नेतृत्वको सरकारलाई दिएको समर्थनको निरन्तरता कतिको औचित्यपूर्ण छ भन्ने गम्भीर सवाल खडा भएको छ ।’
राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले भने, ‘हामीले समर्थन फिर्ता लिने तयारीका लागि बैठकको गृहकार्य गरिरहेका थियौँ, प्रधानमन्त्रीबाट समयमै हामीलाई बोलावट भयो ।’ लामो समयपश्चात देशमा राजनीतिक स्थिरता कायम भएको छ । ‘दुई तिहाईको सरकार आयो, सरकारले केही गर्ला भनेर जनताको आशासँगै हामी पनि आशावादी थियौँ,’ यादवले भने, ‘तर सरकार सबै मोर्चामा असफल देखियो ।’
‘भ्रष्टाचार बढ्यो । प्रहरी प्रशासनले काम गर्न सकेन । महंगी दशैँको मुखमा छोइनसक्नु छ । अति आवश्यक चिनी, तेलको भाउ आकाशिएको छ । यो सरकार सबै मोर्चामा असफल भयो,’ सिंहले भने, ‘मधेसका मात्र होइनन्, सिङ्गो देशकै जनता सरकारसँग असन्तुष्ट छ । हामी पनि समर्थन फिर्ता लिने मनस्थितिमा पुगेकै हौँ ।’
राजपासँग भएको सहमतिमा बेवास्ताराजपा प्रवक्ता केशव झाले भने, ‘सरकार गठन भएको लामो समय भयो र हामीले पनि सरकारलाई अहिलेसम्म समर्थन गरिराखेका छौँ तर यो सरकारले राजपासँग भएको सहमति, मधेसीको मुद्दालाई बेवास्ता गरेको छ ।’ ‘हामी असन्तुष्ट छौँ,’ झाले भने, ‘सरकारलाई अझ केही समय दिन्छौँ, फेरि पनि सरकारले हामीलाई अटेर गरे सदनदेखि सडक आन्दोलनमा जान बाध्य हुन्छौँ ।’
मिल्ला राजपा र फोरममधेसको मुद्दालाई लिएर राष्ट्रिय राजनीतिमा रहेको संघीय समाजवादी फोरम र राजपा नेपाल एकीकरणका विषयलाई लिएर छलफल भइरहेको छ । जनतामा दुई पार्टीका नेताहरुले एकअर्कालाई गाली गर्ने र सरकारमा रहेको फोरम र सरकारलाई समर्थन गर्ने राजपाबीच द्वन्द्व देखिए पनि भित्रभित्रै एकीकरणको प्रयास भइरहेको छ । एकीकरणको पहल फोरम अध्यक्ष उपेन्द्र यादवले गरिरहेका छन् । राजपाले मान्ला कि नमान्ला ? फाइल तस्बिर ।