मौन रहेका अध्यक्ष केपी ओलीनिकट मानिने गोकुलप्रसाद बाँस्कोटा र तिलक महतका ठाउँमा वामदेव गौतमले ठाउँ पाउलान्–नपाउलान् या प्रचण्डले ओलीलाई मनाउलान्–नमनाउलान् ? तर लाजैमर्दोसँग सांसदहरुलाई राजीनामाको ‘भैलो’ खेलेर बदनाम कमाउनु भन्दा गौतमले जित्ने गरी काभ्रे–२ या नवलपुर–२ बाट उठाउन युवा पुस्ताको सुझाव छ
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमलाई संसद भित्र्याउने योजना बनाएकै हो भने भरपर्दो विकल्प पनि खोजिनु पर्छ । ८ हजार मत अन्तरमा विजित क्षेत्र काठमाडौं ७ का रामवीर मानन्धरले राजीनामा दिएर वामदेव गौतमका लागि बाटो खुला गरिदिए पनि आन्तरिक असन्तुष्टि र मतभेदले गौतमको जित सुनिश्चित भन्नेमा शीर्ष नेतृत्व ढुक्क हुन सकेका छैनन् ।
[caption id="attachment_70295" align="alignright" width="150"]
तीर्थ न्यौपाने[/caption]
गृह जिल्ला बर्दियाबाट पराजित हुनु भएका नेता गौतमलाई प्रतिनिधिसभा सदस्य बनाउन पछिल्लोसमय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सक्रियता देखाउनु भएपछि मानन्धरले ठाउँ खाली गरिदिनु भएको हो । एमाले उपमहासचिव हुँदै दुई पटक उपाध्यक्ष बन्नु भएका गौतमलाई राजनीतिमा माहिर खेलाडी मानिन्छ । माओवादीलाई शान्ति प्रकृयामा ल्याउनदेखि एमालेसँग एकता गराउन उहाँको उत्तिकै योगदान छ । नेता गौतम पार्टीभित्र ‘हाइहाइ’ भइरहेकै बेला गतवर्ष भएको निर्वाचनमा आप्नै क्षेत्रका बासिन्दाले उहाँलाई गोप्यरुपमा ‘बाइ’ गरे । एमाले र माओवादी केन्द्रको चुनावी तालमेल भएको र एकता प्रकृया अगाडि बढिरहेकै बेला नेता गौतमको पराजय अप्रत्यासित थियो । त्यसबेला नेता गौतमले चुनाव हार्ने कसैको अनुमान थिएन । अकल्पनीय हारपछि नेता गौतमको संसद छिर्ने ढोका बन्द भयो ।
मुलुकमा पहिलोपटक वामपन्थीको बहुमतको सरकार बनेको छ । ५ वर्ष सत्ताको बागडोर नेकपाकै हातमा रहने अवस्था छ तर यस्तो बेला गौतम संसद बाहिर हुनुहुन्छ । यसअघि चिल्लागाडीमा लर्किदै बेलाबखत संसदमा कड्किने नेता गौतम संसदलाई बाहिरबाटै चिहाउन बाध्य हुनुभएको छ । संसदलाई करिब एक वर्ष चिहाएपछि उहाँमा अहिले संसद छिर्ने लालसा पलाएको देखिन्छ । त्यसमा मलजल प्रचण्डसहित शीर्षनेताले गरेको छिपेको पनि छैन । त्यही कारण वामदेव सांसद बन्न लालायित हुनुभएको अनुमान छ ।
डोल्पामा 'बुढा'ले जानेनन्, काठमाडौं–७ मा 'युवा'ले मानेनन् । यसबाट वामदेवलाई सांसद बन्न फेरि अर्को फसाद परेको छ । स्रोतका अनुसार, अध्यक्ष दाहाल वामदेवलाई जसरी पनि संसदमा ल्याउने पक्षमा हुनुहुन्छ । काठमाडौं–७ पनि उपयुक्त नदेखिएपछि वामदेवका लागि फेरि अन्य ठाउँमा क्षेत्र खोजी हुन थालेको छ । त्यसको लागि २ सय भन्दा बढी गुप्तचरसमेत परिचालन गरिएको स्रोत बताउँछ ।
नेता गौतमले सांसद बन्छु भनेपछि पार्टीभित्रै पनि अन्य नेतामा हुँदैन भन्ने आँट देखिएन । गौतमले रहर छताछुल्ल पारेपछि केही नेताले सहर्ष स्वीकारे । कुनै ठाउँमा उपनिर्वाचन गराएर नेता गौतमलाई संसदमा ल्याउने योजना बन्यो । त्यसपछि उपयुक्त क्षेत्र खोजी हुन थाल्यो । क्षेत्र खोज्दै जाँदा भूगोलको हिसाबले मुलुकको सबै भन्दा ठूलो जिल्ला भए पनि जनसंख्या कम भएको डोल्पा छानियो । प्रतिनिधिसभामा नेकपाबाटै विजयी भएका धनबहादुर बुढालाई राजीनामा गराएर त्यहाँ नेता गौतमलाई उठाउने भद्र सहमति भयो । पार्टीको तल्लोदेखि कार्यकर्ता र मतदातासम्म मिश्रित प्रतिक्रिया आयो । यद्यपि डोल्पाका बासिन्दाले बुढालाई सांसद नछोड्न दबाब दिए । बुढाले राजीनामा नदिएपछि गौतमको चाहना डोल्पाबाट पूरा हुने देखिएन । त्यसपछि फेरि अर्को क्षेत्र खोज्न थालियो । डोल्पामा वातावरण नबनेपछि वामदेवलाई काठमाडौं–७ बाट उठाउने योजना बन्यो । क्षेत्र नम्बर ७ का प्रतिनिधिसभा सदस्य रामवीर मान्नधरले पत्रकार सम्मेलन गरेर वामदेवका लागि आफूले छोड्ने उद्घोष गरे । त्यसले ठूलै तरङ्ग ल्यायो ।
वामदेवकाे काठमाडौं–७ सँग अहिलेसम्म कुनै साइनो गाँसिएको छैन । बर्दियालाई राजनीतिक थलो बनाएका नेता गौतमको राजधानीमा बसाइ भैँसेपाटीमा छ । काठमाडौं–७ का बासिन्दाले वामदेवलाई टेलिभिजनमा बाहेक देख्न पाएका छैनन् । चुनाव जित्न बासिन्दासँग प्रत्यक्ष रुपमा घुलमिल आवश्यक छ तर काठमाडाै–७ मा वामदेवले मुख्य सडकबाहेक अन्य ठाउँमा पाइला टेक्नु भएको छैन । राजनीतिमा पछिल्लो समय स्थानीय रोज्ने क्रम बढेको छ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल भारी मतान्तरले विजयी भएको काठमाडौं–२ मा मतदाताले स्थानीय खोज्दा कृष्णगोपाल श्रेष्ठले नराम्रो पराजय बेहोर्नु पर्यो । काठमाडौं–२ बाट चुनाव हार्दा एमालेको उपत्यका संयोजक भइसक्नु भएका श्रेष्ठको राजनीतिक उचाइसमेत खस्कन पुग्यो । त्यो घटनाबाट वामदेवले मात्र होइन, शीर्ष नेतृत्वले नै सिक्नु पर्ने अवस्था छ । वामदेव काठमाडौं–७ मा उठ्ने चर्चासँगै उहाँविरुद्ध गालीको ओइरो लाग्न थालेको छ । त्यसको दोष प्रधानमन्त्री केपी ओलीदेखि अध्यक्ष पुष्पकमल दाहाल समेतले खेप्नु परेको छ । त्यही विषयलाई लिएर अध्यक्ष दाहाललाई काठमाडौंका कार्यकर्ताले र्याखर्याख्ती पार्न थालेका छन् । त्यही प्रसङ्गमा अध्यक्ष दाहालले नै हार्ने गरी काठमाडौं– ७ मा नउठाउने अभिव्यक्ति दिइसक्नु भएको छ ।
डोल्पामा 'बुढा'ले जानेनन्, काठमाडौं–७ मा 'युवा'ले मानेनन् । यसबाट वामदेवलाई सांसद बन्न फेरि अर्को फसाद परेको छ । स्रोतका अनुसार, अध्यक्ष दाहाल वामदेवलाई जसरी पनि संसदमा ल्याउने पक्षमा हुनुहुन्छ । काठमाडौं–७ पनि उपयुक्त नदेखिएपछि वामदेवका लागि फेरि अन्य ठाउँमा क्षेत्र खोजी हुन थालेको छ । त्यसको लागि २ सय भन्दा बढी गुप्तचरसमेत परिचालन गरिएको स्रोत बताउँछ ।
डोल्पा र काठमाडौं–७ मा वातावरण नमिलेपछि वामदेवलाई काभ्रे क्षेत्र नम्बर २ बाट उठाउन उपयुक्त हुने चर्चा चलेको छ । काभ्रे–२ बाट प्रतिनिधिसभामा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रतिनिधित्व गर्नुहुन्छ । बाँस्कोटा ५४ हजार ४ सय २७ मत ल्याएर विजयी हुनुभएको थियो । उहाँले प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मधुप्रसाद आचार्यलाई १७ हजार ८ सय ४८ मत अन्तरले पराजित गर्नुभएको थियो । आचार्यले ३६ हजार ५ सय ७९ मत प्राप्त गरे । गएको निर्वाचनको मतान्तर हेर्दा नेता गौतमका लागि काभ्रे–२ बढी उपयुक्त देखिन्छ । राजनीतिमा नेता गौतमले छोरी भनेर चिनिएकी नविना लामा त्यहीबाट समानुपातिक सांसद हुनुहुन्छ । गौतमलाई त्यहाँका अन्य नेताहरुले पनि सहर्ष बोक्ने स्थिति छ ।
यतिमात्र होइन, गौतम काभ्रेबाट उठे अरु सहज हुने देखिएको छ । काभ्रेमा एमाले पार्टी अध्यक्ष तोकबहादुर वाइबा माधवकुमार नेपाल इतर छन् भने कोरियाका राजदूतसमेत भएका माओवादी नेता कमानसिंह लामा पनि हुनुहुन्छ । झलनाथ खनाल, माधवकुमार नेपाल पक्षधर सबैले गौतमलाई काभ्रेमा सहयोग गर्ने वातावरण बन्ने छ । काठमाडौं जिल्ला कमिटीमा माओवादी र एमालेमै समानान्तर कमिटी बन्ने चुनौति अध्यक्षद्वयले सामना गर्नु पर्ने अवस्थामा काभ्रेमा गौतमलाई जिताउन सबै लाग्ने अनुमान एमाले र माओवादी पंक्तिभित्र छ । पुराना नेता कृष्णप्रसाद सापकोटालगायतका पुस्ता पनि वामदेव गौतम आउँदा खुशी हुने देखिएको छ ।
काभ्रे–२ भारी मतान्तरमा जितिएको क्षेत्र हो । एमाले र माओवादीको मन मिलेको क्षेत्र हो । काठमाडौं भन्दा काभ्रे गौतमका लागि सबैभन्दा सुरक्षित क्षेत्र भएको सुझाव पार्टी अध्यक्ष दाहालकहाँ पुगेको छ । दाहालले यसलाई छलफलमा ल्याउने सम्भावना छ ।
नवलपुर-२ पनि ?काभ्रे–२ पछि नेता गौतमका लागि अर्को उपयुक्त ठाउँ नवलपुर–२ हो । जहाँ भूमिगतकालदेखि नै नेता गौतमको साइनो र सम्बन्ध गाँसिएको छ । पहिलाको नवलपरासी–३ अर्थात् अहिलेको नवलपुर–२ वामपन्थीको किल्ला मानिन्छ । त्यहाँ बहुदलीय व्यवस्थादेखि अहिलेसम्म निरन्तर रुपमा वाम उमेदवार विजयी हुँदै आएका छन् । २०४८ मा लुम्बिनी अञ्चलको १७ स्थानमध्ये त्यही एक ठाउँबाट मात्र वाम उम्मेदवार विजयी भएको क्षेत्र हो । त्यो बेला त्यहाँबाट एमालेका मझिमाल थारु थनैत विजयी भएका थिए । लुम्बिनीको १७ क्षेत्र मध्ये एक ठाउँमा मात्र एमालेले जितेपछि तत्कालीन महासचिव मदन भण्डारीले थनैतलाई ‘लुम्बिनीको टाइगर’ घोषणा गर्नु भएको थियो । २०५१ को मध्यावधि निर्वाचन पनि त्यहाँबाट थनैत पुनः निर्वाचित भए । २०५६ मा एमालेकै चन्द्रमणि खराल विजयी भए । २०६४ मा भएको संविधानसधभाको निर्वाचनमा भने त्यो क्षेत्र एमालेबाट माओवादीको पोल्टामा गयो । त्यो बेला माओवादीकी सीता बाैडेल विजयी भइन् । २०७० मा फेरि एमालेकै कृष्ण पौडल विजयी भए । त्यसबेला रूपन्देहीमा डा बाबुुराम भट्टराई पनि उठ्नेे भएपछि विष्णु पौडेलको लागि असुुुरक्षित मानियाे र त्यहाँबाट समेत उठाउने चर्चा भएको थियाे । गएको निर्वाचनमा त्यो क्षेत्रमा नेकपाबाट उमेदवार एमालेका तिलक महत विजयी भएका छन् । महतले नेपाली कांग्रेसका विष्णु कार्कीलाई करिब ४ हजार मतान्तरले पराजित गरेका थिए ।
भारी मतले विजयी भएर प्रतिनिधिसभामा प्रतिनिधित्व गरिरहेका महत त्यही क्षेत्रका बासिन्दा होइनन्, महतको बसोबास नवलपुर–१ मा छ । त्यसअघि सांसद बनेका पौडेल र बाैडेल पनि क्षेत्र बाहिरकै हुन् । क्षेत्र बाहिरकै भएपनि नवलपुर–२ का बासिन्दाले अहिलेसम्म वाम उम्मेदवारलाई विजयी गराउँदै आएका छन् । नवलपुर–२ का बासिन्दाको एउटै गुनासो छ, ‘यहाँबाट सांसद भएकाहरु कोही पनि मन्त्री बन्न सकेनन् ।’ २०४८ सालदेखि अहिलेसम्म चुनाव जितेका कोही मन्त्री नबन्दा क्षेत्रको विकास हुन सकेको बासिन्दाको भनाइ छ । त्यहाँका बासिन्दा स्थानीय भन्दा पनि मन्त्री बन्न सक्ने र पहुँचवाला नेताको खोजीमा छन् । धेरैपटक मन्त्री हुँदै उपप्रधानमन्त्रीसमेत भइसकेको र राजनीतिक उचाइ बनाइसकेका चर्चित नेता भएका कारण वामदेवका लागि पहिलो विकल्प काभ्रे–२ र दोस्रो विकल्प नवलपुर–२ भएको पार्टीभित्र छलफलको विषय बनेको छ । अहिलेसम्म मौन रहेका अध्यक्ष केपी ओलीनिकट मानिने गोकुलप्रसाद बाँस्कोटा र तिलक महतका ठाउँमा वामदेव गौतमले ठाउँ पाउलान्–नपाउलान् या प्रचण्डले ओलीलाई मनाउलान्–नमनाउलान् ? तर लाजैमर्दोसँग सांसदहरुलाई राजीनामाको ‘भैलो’ खेलेर बदनाम कमाउनु भन्दा गौतमले जित्ने गरी काभ्रे–२ या नवलपुर–२ बाट उठाउन युवा पुस्ताको सुझाव पनि छ ।
नेता गौतमले सांसद बन्छु भनेपछि पार्टीभित्रै पनि अन्य नेतामा हुँदैन भन्ने आँट देखिएन । गौतमले रहर छताछुल्ल पारेपछि केही नेताले सहर्ष स्वीकारे । कुनै ठाउँमा उपनिर्वाचन गराएर नेता गौतमलाई संसदमा ल्याउने योजना बन्यो । त्यसपछि उपयुक्त क्षेत्र खोजी हुन थाल्यो । क्षेत्र खोज्दै जाँदा भूगोलको हिसाबले मुलुकको सबै भन्दा ठूलो जिल्ला भए पनि जनसंख्या कम भएको डोल्पा छानियो । प्रतिनिधिसभामा नेकपाबाटै विजयी भएका धनबहादुर बुढालाई राजीनामा गराएर त्यहाँ नेता गौतमलाई उठाउने भद्र सहमति भयो । पार्टीको तल्लोदेखि कार्यकर्ता र मतदातासम्म मिश्रित प्रतिक्रिया आयो । यद्यपि डोल्पाका बासिन्दाले बुढालाई सांसद नछोड्न दबाब दिए । बुढाले राजीनामा नदिएपछि गौतमको चाहना डोल्पाबाट पूरा हुने देखिएन ।