लक्ष्मी केसी बुटवल । मदन पुरस्कार विजेता पुस्तक योगमायाकी लेखिका निलम कार्की निहारिका बुटवलमा सम्मानित भएकी छन् ।
पाल्पामा जन्मेकी निहारिकाको साहित्यिक यात्रा बुटवलबाट शुरु भएको हो । ‘सालनालको नाता रहेकाले पनि बुटवल निकै प्यारो लाग्छ,’ निहारिकाले भनिन्, ‘पुरस्कार र सम्मानले थप जिम्मेवार बनाएको महसुस गरेकी छु ।’ उनले पाठक र शुभचिन्तकलाइ निराश नपार्ने वचन दिइन् ।
सामाजिक न्यायका लागि वि।सं १९९८ असार २२ गते ६८ जना आफ्ना साथीसँग जलसमाधि लिएकी योगमायाको विषय बस्तुलाई लिएर तयार पारिएको उपन्यास हो योगमाया ।
सन २००६ मा प्रकाशित पहिलो कृति ‘हवन’ बाट शुरु भएको उनको यात्रा निलम कार्की निहारिकाका कविता , कागजमा दस्तखत, बेली, अर्की आइमाइ र चिरहरण पनि पाठकले रुचाएका कृति हुन् ।
साहित्यकार रामचन्द्र भट्टराई, गिरि श्रीस, ध्रुवराज पन्थी,दलबहादुर गुरुङ, रामचन्द्र श्रेष्ठ, हरिप्रसाद पौडेलले निलम कार्कीलाई बधाई ज्ञापन गर्दै निलम बुटवलकी चेली भएकाले पुरस्कार निलमको मात्र नभइ सम्पूर्ण लेखक र साहित्यकारलाई प्रेरणा भएको बताए ।
कार्यक्रममा प्रबल जनसेवा श्रीपदकबाट विभूषित न्यू होराइजन साहित्य परिषद्का संरक्षक लोकनाथ उपाध्याय एवम् नेसलन बक्स अफिस म्यूजिक अवार्डबाट सम्मानित मनिराम पन्थ मनिषलाई समेत सम्मान गरिएको थियो ।