–विमल खड्का
देशमा रोजगारीका अवसर नहुँदा युवापुस्ता विदेश जान बाध्य छन् । नेपालमै जागिर भए पनि आफूले भनेजस्तो जागीर नपाएर युवायुवती रोजगारीका लागि दैनिक भाँैतारिरहेका छन् । कति सबै प्रकृया पूरा गरेर विदेश गएका छन् भने कोही प्रकृया नपु¥याई । विदेशमा पनि ग्रीन कार्ड तथा अन्य सुविधाका कारण युरोपमोह बढ्दो छ ।
आजभोलि विभिन्न प्रलोभनमा दैनिक मानव तस्करी बढेको छ । गाउँका युवा खाडी मुलकबाट आजित भनौँ या नेपालमा भनेजस्तो रोजगारी नपाएर बसेका युवालाई लाखौँको बार्गेनिङ गरेर अवैध रुपमा विदेश पठाउने दलाल सबैतिर सलबलरहेको पाइन्छ ।
गाउँका युवायुवतीको तस्करी दिनहुँ बढिरहे पनि स्थानीय, केन्द्रीय सरकार मौनजस्तै देखिँदा नेपाली समाजमा ठूलै असर पुगिरहेको छ । पछिल्लो समय गण्डकी प्रदेशका बागलुङ, पर्वत, म्याग्दी, गोरखा, कास्की, तनहुँ जिल्ला तथा अन्य जिल्लामा मानव तस्करी मौलाएको छ । अमेरिका, क्यानडा, अष्टे«लिया लैजान्छु भन्दै पासपोर्ट र पैसाको बार्गेनिङ गर्न दलालहरु घरमै पुगिरहेका छन् ।
उचित दण्ड र सजाय कमी एवम् पैसाको आडमा राजनीतिक संरक्षणले सबैलाई थाहा हुँदा पनि स्थानीयस्तरमा मानवतस्कर खुले आम हिँडिरहेका छन् । ३० देखि ४० लाख रुपैयाँसम्मको बार्गेनिङ गरेर अन्तिममा २५ लाखदेखि २८ लाख रुपैयाँसम्म रोजगारीसहितको काममा पठाउछु भन्दै तस्करहरुले खुलेयाम मानवतस्करी गरिरहेका छन् । अष्टे«लिया पठाइदिन्छु भन्दै रकम असुली बिचल्ली पार्ने काम पनि भएको पीडित रोशन अधिकारी बताउँछन् । शुरुमा कामको सबै टुंगो लगाइदिन्छु भन्दै अष्टे«लिया पठाइएको र काम भने नपाएको बाग्लुङ, ढोरपाटन–१ का अधिकारीको गुनासो छ । अष्टे«लिया जान पाउने भनिए पनि त्यहाँ पुग्दा नेपालमा भनिए भन्दा फरक रहेको अधिकारीले बताए ।
अबैधरुपमा युरोप पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा केही समयअघि बागलुङ बोबाङका एक युवक पक्राउ परेका छन् । अमेरिका, क्यानडा, अष्टे«लियामा पाइने सेवासुविधा, पीआर, ग्रीन कार्ड, सुलभ जीवनयापनको लोभले पनि मानवतस्करी रोकिएको छैन । दिनरात नसुती जंगल, समुन्द्रको भोकप्यास छाडेर अमेरिका जाने सपनाको चक्करमा धेरै युवाले ज्यान गुमाउनु परेको छ ।
नेपालबाट अबैध बाटो हुँदै विदेश जाने युवायुवती बीच बाटोमै ज्यान गुमाइरहेका छन् । लामो यात्रामा भोक र प्यास तथा समुन्द्रको आँधीले ज्यान गुमाउनु परिरहेको छ । ज्यान गुमाइरहेकाहरुको शवुसमेत नेपाल ल्याउन समस्या छ । मर्नेको संख्या पनि बढिरहेको छ ।
युवापुस्तालाई फकाइफुलाइ अमेरिका, अष्टे«लिया, क्यानडा पठाउने गिरोह देशमा ठूलो छ । यसको पहिचान गरी देशमै सुरक्षा निकायको जिम्मा पाएका निकायले बेलैमा ध्यान नदिने हो भने युवा पुस्ताको समस्या अरु बढ्दा देश पनि जर्जर हुने देखिन्छ ।