गजल

–दीपेन्द्र अश्रुमाली

खोज्दाखोज्दै जीवन जिउने आधार खोज्दाखोज्दै।
सय पनि अन्तै गयो हजार खोज्दाखोज्दै ।

तन मन निरास हुन्छ थाक्छ पाइलाहरु ।
आफ्नै मनको सुन्दर बस्ती बारबार खोज्दाखोज्दै ।

कस्तो देशको जनता हामी भनी देउ न साथी,
जहाँ जीवन बित्छ राम्रो सरकार खोज्दाखोज्दै ।

मौका परे भङ्गालोमै पस्न सक्नु पर्छ।
नत्र मौका चुक्नसक्छ जङ्घार खोज्दाखोज्दै ।

मानिसको छोटो जीवन निरासामै बित्छ
मनभित्रै खुसी फुल्ने संसार खोज्दाखोज्दै

–छोरम्बु, खोटाङ

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

शब्द/तस्बिरः पुष्पराज अधिकारी हेटौंडा । ८ वर्ष अघिसम्म हेटौंडा उपमहानगरपालिका ९ स्थित कुखुरेनी खोलाको सामान्य बगर थियो यो भूगोल ।…

दोलखा । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले जनअनुसार काम गरिरहेको बताउनुभएको छ । ‘प्रकाश स्मृति…

कम्बोडिया । कम्बोडियाका दुई वरिष्ठ माओवादी नेतालाई आमनरसंहारको आरोपमा आजीवन काराबास सजाय सुनाइएको छ । कम्बोडियामा सन् १९७५ देखि १९७९…

नेपाली समाजमा प्रचलित उखान मध्ये एकः ‘पैसा देखेपछि महादेवका पनि तीन नेत्र ।’ यो उखानले वास्तविक समाजको यथार्थ चित्रण गरेको…

कुत्सित र पूर्वाग्रहले भरिएका हल्ला र प्रचारबाजीबाट कति पनि प्रभावित भएको छैन । बरु आफनो इमान, नैतिक मूल्यमान्यता, निष्ठा र…

धमाकेदार ट्रेलर र फितलो कथाबस्तुको फिल्म कस्तो बन्ला ? नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकार अहिले त्यस्तै भयो भन्दा हतार भयो…