मेष राशिलाभका नयाँ बाटाहरू भेटिएलान् । गएको धन सम्पत्ति प्राप्त होला । नयाँ जोश जाँगर प्राप्त होला । मनमा उत्साह वृद्धि होला । विरोधी निष्क्रिय रहलान् ।
वृष राशिशरीरमा जोशजाँगर बढ्ला । प्रजाति विपरीतलिंगीबाट सम्मान तथा सुख प्राप्त होला । व्यवसायमा लाभ होला । भोजन तथा सुख प्राप्त होला । यात्रामा लाभ होला ।
मिथुन राशिशारीरिक पीडाले सताउला । घरपरिवारबाट झमेला बेहोर्नुपर्ला । झैझगडा पर्ला । रोगको भय रहला । शत्रुले बाधा गर्लान् ।
कर्कट राशिमानसिक चिन्ताले सताउला । कामहरु अधुरै रहलान् । पठनपाठन बढ्ला । धन सम्पत्ति प्राप्ति होला ।
सिंह राशिआफ्ना व्यक्तिहरुबाट थालेका काम पूरा होलान् । मनमा अशान्ति छाउला । थोरै भएपनि धनलाभ होला । पठनपाठनमा कमजोरी आउला ।
कन्या राशिसाथी सहकर्मीबाट साथ र सुख प्राप्त होला । सोचेका काम बन्लान् । मनमा प्रसन्नता बढ्नेछ । नयाँ कामको थालनी होला । आर्थिक लाभ होला ।
तुला राशिव्यर्थको विवादमा पर्नु पर्ला । आर्थिक संकट बेहोर्नु पर्ला । मानसिक तथा शारीरिक पीडाले सताउला । मानसम्मानमा वृद्धि होला । स्वास्थ्यमा समस्या पर्ला । धननाश होला।
बृश्चिक राशिमित्रबाट सुख सहयोग मिल्ला । स्वादिष्ट भोजन प्राप्त होला । अन्न तथा वस्त्र लाभ होला । हाँसखेल गरेर दिन बित्ला ।
धनु राशिठूला ठूला व्यक्तिको सहयोग मिल्ला । मानसम्मान बढ्ला मनमा होला । मनमा उत्साह बढ्ला । सोचेका काम सम्पन्न भएकाले मनमा प्रसन्नता छाउला ।
मकर राशिधनमालको लाभ होला । विशिष्ट व्यक्तिको सेवा गर्ने मौका मिल्ला । भोजन तथा भौतिक सुविधा प्राप्त होला । मन प्रसन्न रहला ।
कुम्भ राशिअपच तथा अरुचिले सताउला । आर्थिक संकटले मानसिक चिन्ता बढाउला । शत्रुले बाधा गर्लान् ।परिवारमा झमेला आउला । समय प्रतिकूल रहला । रोगको भयले सताउला ।
मीन राशिइष्टमित्रबाट सहयोग प्राप्त होला । एक किसिमको आलस्यता छाउला । निष्क्रिय रहनाले शिक्षण कार्य कमजोर रहला । कहिँ कतैको झञ्भटिलो यात्रा गर्नु पर्ला ।