आर्थिक, सामाजिक रुपान्तरण गर्दै समाजवादको दिशामा अगाडि बढ्न कम्युनिष्ट पार्टीका हरेक नेताकार्यकर्ता यतिखेर गम्भीर र सचेत बन्नु पर्ने भएको छ । यसका लागि पार्टी कमिटीभित्र व्यापक छलफल हुन जरुरी छ । तर पार्टी कमिटीका बैठक नियमित आयोजना भएनन् भने विचार चिन्तनको विषय ओझेल पर्छन् । विचार, बहस, छलफलबिना ‘माथि’बाट निर्देश गरिएका विषय लागु हुन र सफलता प्राप्त गर्न कठिनाइ हुन्छ ।
निर्वाचनबाट सरकारमा गएर राज्यसत्ता नेतृत्व गर्ने अनि राष्ट्र र जनताका हितमा काम गर्ने कार्यनीति अख्तियार गरेका वामपन्थी पार्टीहरुले लामो अवधिसम्म सत्तानेतृत्व पनि गरेका छन् । यस सन्दर्भमा छिमेकी देश भारतको कम्युनिष्ट पार्टी¬ले पश्चिम बंगाल, केरला, राज्यमा लामो अवधि निर्वाचन माध्यमबाट सरकारको नेतृत्व गर्ने अवसर पाइसकेको छ ।
क्रान्ति माध्यमबाट राज्यसत्ताको नेतृत्व गरेको सोभियत कम्युनिष्ट पार्टीले ७० वर्ष शासन सञ्चालन गरी समाजवादको बिजारोपण गरेको थियो । तर सत्तामा गएपछि जब पार्टी जनताबाट अलगथलग हुन थाल्थो, जब पार्टीको क्रान्तिकारी र आमूल परिवर्तनकारी लाइनबाट सरकार विमुख बन्न थाल्थो । जब सरकारमा गएकाहरुले पार्टीस‘गको सम्बन्ध भन्दा कर्मचारीतन्त्र र नोकरशाहस‘ग गठजोड गर्न थाले र समाजमा विकसित जनचाहना, परिवर्तन र गतिशीलता सरकारमा गएपछि नीति तथा कार्यक्रममा देखिन छाड्यो, तब प्रतिक्रान्ति भयो । वाम सत्तारुढ दल एकपछि अर्को गर्दै निर्वाचनमा पराजय हुने वा समाजवादले धक्का खानुका पछाडि पार्टी र सरकारबीच सम्बन्ध तथा सरकार र जनताबीचको सम्बन्ध पातलिँदै जाँदा वामपन्थी दलहरु सत्ताबाट बाहिरिनु परेको थियो ।
पार्टी र सरकारबीच सम्बन्ध व्यवस्थित गर्न शीर्ष नेतृत्व सम्मिलित उच्चस्तरीय संयन्त्र माथिदेखि तलसम्म निर्माण गरिनुपर्छ । सरकारबाट अवलम्बन गरिने नीति तथा कार्यक्रमबारे सम्बन्धित तहमा छलफल र परामर्श गर्ने–गराउने अभ्यास हुनुपर्छ । यसैगरी, सरकारी निकायमा गरिने राजनीतिक नियुक्तिका सम्बन्धमा पनि पार्टीभित्र निर्णयसँगै नियुक्ति पाएकाहरुलाई पार्टीप्रति जवाफदेही बनाउने व्यवस्था हुनु पर्छ ।
मुलुकको लोकतान्त्रिक आन्दोलनमा वामपन्थी शक्तिले अनवरतरुपमा ६ दशकसम्म सहभागी हुँदै संघर्ष आन्दोलनका विभिन्न मोर्चामा नेतृत्वकारी भूमिका निर्वाह गरेको परिणामस्वरुप नेपालमा वामगठबन्धनले दुई तिहाइको जनमतका साथ सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गरेको छ । समकालीन विश्व राजनीतिमा नेपालका वामपन्थीहरुले यसरी तलदेखि माथिसम्म दुई तिहाइ अभिमतका साथ निर्वाचनका बखत विजय हासिल गर्नु ऐतिहासिक परिघटना हो ।
[caption id="attachment_74468" align="alignright" width="150"]
–प्रेमलकुमार खनाल [/caption]
निर्वाचनमा विजय हुनु मुख्यकार्य भए पनि निर्वाचनको परिणामपछि मुख्य कार्य जनताको अभिमत र वर्तमानका चाहना अनि आवश्यकताअनुसार काम गर्न सक्नु नै प्रमुख विषय हो । अब निर्वाचनमा विजय हासिल गरेको ‘गीत’ मात्रै गाएर भोलिको चुनौति र अभिभारा पूरा हुन्न र आगामी निर्वाचनमा मात्रै होइन समाजवादको ध्येय र लक्ष्य प्राप्तिका लागि अगाडि बढ्न सकिन्न ।
सरकारलाई लोकप्रिय भएर राष्ट्र र जनतासामु अभिभारा पूरा गर्न हमेसा पार्टीले निर्देशित गर्नु पर्दछ । पार्टीले घोषित लक्ष्य, उद्देश्य, मूल्यमान्यता अनुरुप सरकार सञ्चालन गर्न नेतृत्वकारी भूमिका निर्वाह गर्नु पर्दछ । सरकारका मन्त्रीहरु तथा राजनीतिक नियुक्ति पाएका व्यक्तिले गर्ने हरेक कामको अन्तिम जवाफदेहीता पार्टीको रहने भएकाले सरकारलाई नीति निर्देशन दिनुका साथै सरकारका कामको अनुगमन र मूल्यांककन निरन्तर गर्ने काम पार्टीको हो । सरकारले गरेका सबै निर्णय ठीक नहुन पनि सक्छन् । यस्तो स्थितिमा गरिएका निर्णय सच्चाउन वा सुधार गर्न पार्टीले सरकारलाई निर्देशित गर्नुपर्दछ ।
यतिखेर मुलुकमा आर्थिक–सामाजिक रुपान्तरण गरेर समृद्व राष्ट्र निर्माण गर्दै समाजवादको दिशामा मुलुकलाई अगाडि बढाउनुपर्ने ऐतिहासिक दायित्व वामपन्थी शक्तिहरुको काँधमा छ । नवउदारवादी अर्थनीतिले मुलुकको आर्थिक सामाजिक सांस्कृतिक क्षेत्रमा पारेको दुष्प्रभाबबाट मुक्त गरेर स्वाधीन, आत्मर्निभर अर्थतन्त्र निर्माण, राष्ट्रिय बचत बवद्वि गरेर राष्ट्रिय पुँजी निर्माण गदै उत्पादन र रोजगारी वृद्वि, अनुत्पादक दलाल पुँजीलाई उत्पादनशील क्षेत्रमा लगानी गर्ने नीतिकार्यक्रम अवलम्बन, शिक्षा, स्वास्थ्य, आवास, खाद्यान्न, खानेपानी, यातायात सेवा र सुविधामा सार्वजनिक स्वामित्य कायम गराउदै सर्वसुलभ सेवा जनतालाई प्रदान गर्नु वाम सरकारका अभिभारा हुन् । तसर्थ आर्थिक, सामाजिक रुपान्तरण गर्दै समाजवादको दिशामा अगाडि बढ्न कम्युनिष्ट पार्टीका हरेक नेताकार्यकर्ता यतिखेर गम्भीर र सचेत बन्नु पर्ने भएको छ । यसका लागि पार्टी कमिटीभित्र व्यापक छलफल हुन जरुरी छ । तर पार्टी कमिटीका बैठक नियमित आयोजना भएनन् भने विचार चिन्तनको विषय ओझेल पर्छन् । विचार, बहस, छलफलबिना ‘माथि’बाट निर्देश गरिएका विषय लागु हुन र सफलता प्राप्त गर्न कठिनाइ हुन्छ ।
तसर्थ माथिदेखी तलसम्मका कमिटीमै छलफल गरी जनताको जीविका र जीवनस्तर अभिवृद्वि गर्ने ठोस योजना बनाइ सरकारमार्फत लागु गर्न पार्टी कमिटीहरुको महत्वपूर्ण भूमिका रहनु पर्दछ । पार्टीभित्र नेतृत्व चयन गर्दा गुटका आधारमा होइन उत्कृष्ट कार्य सम्पादन गर्ने व्यक्तिहरुमध्ये योग्य व्यक्तिलाई छनौट गर्ने विधि पदति विकास गर्नु पर्दछ । पार्टी सञ्चालन र सरकार सञ्चालन दुई भिन्दाभिन्दै कार्य हुन् । एकै व्यक्तिले दुवैतिर मोर्चा सम्हाल्न सम्भव पनि हुँदैन र उत्कृष्ट कार्यसम्पादन पनि हुँदैन । अतः पार्टीको कार्यकारी पदमा रहने व्यक्ति र सरकार सञ्चालनमा जाने व्यक्ति भिन्दाभिन्दै हुनुपर्दछ । पार्टीभित्र शक्ति पृथकीकरण नियन्त्रण र सन्तुलन कायम गर्न पनि एक व्यक्ति एक जिम्मेवारी नीतिलाई प्रभावकारीरुपमा लागु गर्नु पर्दछ ।
कम्युनिष्ट पार्टी सत्तारुढ भएपछि वर्गसंघर्षको रुपलाई मूलतः संसद र सरकारबाट सञ्चालन गरिनु पर्दछ । जनसंगठन र स्थानीय पार्टीलाई आ–आफ्नो समुदाय र क्षेत्रका जनताका सरोकारका विषयमा माग अगाडि सार्ने र आवश्यकताअनुसार जनसंघर्ष र जनपरिचालन अगुवाई गर्ने संगठनका रुपमा विकास गरिनु पर्दछ । सरकारले जनसंगठनहरुले अगाडि सारेका जनसरोकारका माग र समस्यालाई नीति, कार्यक्रममार्फत सम्बोधन गर्न ध्यान दिनु पर्दछ । सरकार र समुदायका जनसंगठनबीच छलफल र सम्वाद नियमित हुनु पर्दछ । सरकारले हरहमेसा जनसंगठन र समुदायका मागको सुनुवाइ गर्न र समाधान गर्न तत्परता देखाउनु पर्दछ । स्थानीय पार्टी कमिटीअरुले सरकारका नीति कार्यक्रमलाई प्रभावकारी रुपमा कार्वान्वयन गर्न जनपरिचालन गर्ने अभियान सञ्चालन गरिनु पर्दछ ।
कम्युनिष्ट पार्टीसामु केबल निर्वाचन लड्ने र सरकार बनाउने मात्रै कार्य होइन, सिंगो पार्टी पंक्तिमा विचारधारात्मक काम योजनाबद्द र सघनरुपमा अगाडि बढाएर सिंगो पार्टी पंक्तिलाई मार्क्सवादीकरण र क्रान्तिकारीकरण गर्ने र यसैको जगमा समाजलाई पनि मार्क्सवादीकरण र क्रान्तिकारीकरण गर्ने अभिभारा छ । लाखौँ मानिस मार्क्सवादी चेतनाबाट लैस हुन सक्दा मात्र पार्टीसामु विराट संगठित शक्ति स्थापित हुन्छ । यसरी संगठित र गोलबद्ध संगठित शक्तिबाट नै क्रान्ति अगाडि बढाउन सम्भव हुन्छ तर पार्टी सत्तारुढ भएपछि विचारधारात्मक काम भन्दा पार्टीका नेता कार्यकर्ता विकासका ‘फाइल’ बोकेर डेलिगेसन हिँड्ने संस्कृितले विचारधारात्मक काम ओझेलमा परेको छ । यस किसिमको संस्कृति अन्त्य गरी विचारधारात्मक कामको योजना बनाई सघन ढंगले कार्यान्वयन गर्न ध्यान दिइनु पर्दछ । पार्टीभित्र विचारधारात्मक काम अन्तर्गत अब मुलुकमा आर्थिक सामाजिक रुपान्तरण गरेर समाजवादतर्फ जाने लक्ष्य लिएको पार्टीसामु आर्थिक, सामाजिक रुपान्तरण के हो ? यो कसरी गरिन्छ ? समाजवादको आधार कसरी निर्माण हुन्छ ? नेपाली मोडलको समाजवाद कस्तो हुन्छ भनेर छलफल र बहस आवश्यक हुन्छ ।
पार्टी र सरकारबीच सम्बन्ध व्यवस्थित गर्न शीर्ष नेतृत्व सम्मिलित उच्चस्तरीय संयन्त्र माथिदेखि तलसम्म निर्माण गरिनुपर्छ । सरकारबाट अवलम्बन गरिने नीति तथा कार्यक्रमबारे सम्बन्धित तहमा छलफल र परामर्श गर्ने–गराउने अभ्यास हुनुपर्छ । यसैगरी, सरकारी निकायमा गरिने राजनीतिक नियुक्तिका सम्बन्धमा पनि पार्टीभित्र निर्णयसँगै नियुक्ति पाएकाहरुलाई पार्टीप्रति जवाफदेही बनाउने व्यवस्था हुनु पर्छ ।
-केन्द्रीय सदस्य, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
लाखौँ मानिस मार्क्सवादी चेतनाबाट लैस हुन सक्दा मात्र पार्टीसामु विराट संगठित शक्ति स्थापित हुन्छ । यसरी संगठित र गोलबद्ध संगठित शक्तिबाट नै क्रान्ति अगाडि बढाउन सम्भव हुन्छ तर पार्टी सत्तारुढ भएपछि विचारधारात्मक काम भन्दा पार्टीका नेता कार्यकर्ता विकासका ‘फाइल’ बोकेर डेलिगेसन हिँड्ने संस्कृितले विचारधारात्मक काम ओझेलमा परेको छ ।