असईसँग ऋृण लिँदा ढुंगानाको ज्यान गयो

विमल खड्का
काठमाडौं । बालाजु, नेपालटारका एक व्यक्तिको प्रहरी हिरासतमा शंकास्पद मृत्यु भएको छ । मृतकका आफन्तले प्रहरीको कुटाइबाट मृत्यु भएको बताएका छन् भने प्रहरीले अस्वीकार गरेको छ ।

संखुवासभा घर भई नेपालटार बस्ने ५२ वर्षीय रविन्द्रकुमार ढुंगानाको सोमबार दिउँसो १२ बजे वीर अस्पतालमा मृत्यु भएको आफन्तले बताए । आइतबार बिहान घरमै बसिरहेका बेला विनाजानकारी प्रहरीले ढुंगानालाई पक्रेको थियो ।
‘आर्थिक कारोबारको विषय छ भन्दै श्रीमानलार्ई २-३ जनाको समूहले पक्राउ गरी लछारपछार गर्दै प्रहरी पोष्ट बालाजुमा लगेका थिए,’ पत्नी अन्नपूर्ण थापाले भनिन्, ‘कात्तिक १८ गते बिहान १० बजे घरबाट लगियो हामीलाई खबर पनि गरिएन किन लगेको भन्ने र साँझ घर आउनुहोला भन्ने लागेको थियो । तर एक्कासी अर्को दिन बिहान ८ बजे तिम्रो श्रीमानलाई भेट्न वीर अस्पताल आऊ भन्दै प्रहरीको फोन आयो ।’

असई वीरेन्द्र कार्की बताउने प्रहरीले ढुंगानासँगै घरको नक्सा र लालपूर्जा समेत लगेर गएका अन्नपूर्णले बताइन् । ‘बिनाकारण श्रीमानको हत्या प्रहरीले ग¥यो,’ अन्नपूर्णले भनिन्, ‘श्रीमानलाई मरणासन्न हुने गरी कुटेर मारिएपछि अस्पतालको इमर्जेन्सी वार्डमा राखेर हामीलाई खबर गरियो ।’

मृतकका दाजु शेरबहादुरले जनतासमाचारसँग भने, ‘भाइलाई बिनाकारण समातेर प्रहरीले हत्या ग¥यो, हामीले मानवअधिकार आयोगमा उजुरी दिएका छौँ ।’

ढुंगाना रोगी थिएः एसएसपी लामा

काठमाडौं प्रहरी पसिर प्रमुख एसएसपी बसन्त लामाले रविन्द्रकुमार ढुंगानाको शरीरमा रोग देखिएकाले मृत्यु भएको बताए । असईसँग ढुंगानाले गाडी किन्छु भन्दै ५ लाख रुपैयाँ ऋण लिएको र चेक बाउन्स भपछि बैंकिङ कसुर देखिएकाले बालाजु प्रहरीले आइतबार दिउँसो ४ः३० पक्राउ गरेको लामाले स्वीकारे ।

‘बालाजुबाट टेकु ल्याइएयो र प्रकिया पूरा गरेर हिरासतमा राखियो,’ लामाले भने, ‘त्यो रात हिरासतमा राखियो अर्को बिहान ६ः३० बजे उनको स्वास्थ्यमा समस्या देखियो र ७ः३० बजे वीर अस्पताल पठाइयो । उपचारमा संलग्न डाक्टरहरुले छारेरोग देखिएको र उपचार भएको तर फेरि दिउँसो उही समस्या देखिएर अस्पताल लैजाँदा मृत्यु भयो ।’

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

शब्द/तस्बिरः पुष्पराज अधिकारी हेटौंडा । ८ वर्ष अघिसम्म हेटौंडा उपमहानगरपालिका ९ स्थित कुखुरेनी खोलाको सामान्य बगर थियो यो भूगोल ।…

दोलखा । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले जनअनुसार काम गरिरहेको बताउनुभएको छ । ‘प्रकाश स्मृति…

कम्बोडिया । कम्बोडियाका दुई वरिष्ठ माओवादी नेतालाई आमनरसंहारको आरोपमा आजीवन काराबास सजाय सुनाइएको छ । कम्बोडियामा सन् १९७५ देखि १९७९…

नेपाली समाजमा प्रचलित उखान मध्ये एकः ‘पैसा देखेपछि महादेवका पनि तीन नेत्र ।’ यो उखानले वास्तविक समाजको यथार्थ चित्रण गरेको…

कुत्सित र पूर्वाग्रहले भरिएका हल्ला र प्रचारबाजीबाट कति पनि प्रभावित भएको छैन । बरु आफनो इमान, नैतिक मूल्यमान्यता, निष्ठा र…

धमाकेदार ट्रेलर र फितलो कथाबस्तुको फिल्म कस्तो बन्ला ? नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकार अहिले त्यस्तै भयो भन्दा हतार भयो…