आमिरको फिल्मको पहिलो दिनको कमाई ५० करोड !

काठमाडौं । लक्ष्मीपूजाको दिनबाट रिलिज हुने तयारीमा रहेको आमिर खानको प्रतिक्षित फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ले पहिलो दिनमै बम्पर ब्यापार गर्ने फिल्मी पण्डितहरुले बताएका छन् । भारतका चर्चित ट्रेड एनालिस्टहरुका अनुसार फिल्मले पहिलो दिन ५० करोडको कमाई गर्नेछ ।

ओपनिङ ब्यापार सबैभन्दा बढी गर्ने चलचित्र शाहरुख खानको ‘ह्याप्पी न्यु एयर’ हो । शाहरुखको फिल्मले ४४.९७ करोडको कमाइ गरेको थियो । दोश्रो नम्बरमा भने दक्षिण भारतका सुपरस्टार प्रभासको ‘बाहुबली २’ छ । फिल्मले पहिलो दिन ४१ करोडको कमाइ गरेको थियो ।

भारतका ट्रेड एनालिस्टहरुले आमिर खानको फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ले पहिलो दिन सर्वाधिक कमाइ गर्ने फिल्मको रेकर्ड राख्ने दाबी गरेका छन् । कतिपय एनालिस्टले त फिल्मले १ सातामा ३ सय करोडभन्दा बढीको कमाइ गर्ने अनुमान समेत गरेका छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

शब्द/तस्बिरः पुष्पराज अधिकारी हेटौंडा । ८ वर्ष अघिसम्म हेटौंडा उपमहानगरपालिका ९ स्थित कुखुरेनी खोलाको सामान्य बगर थियो यो भूगोल ।…

दोलखा । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले जनअनुसार काम गरिरहेको बताउनुभएको छ । ‘प्रकाश स्मृति…

कम्बोडिया । कम्बोडियाका दुई वरिष्ठ माओवादी नेतालाई आमनरसंहारको आरोपमा आजीवन काराबास सजाय सुनाइएको छ । कम्बोडियामा सन् १९७५ देखि १९७९…

नेपाली समाजमा प्रचलित उखान मध्ये एकः ‘पैसा देखेपछि महादेवका पनि तीन नेत्र ।’ यो उखानले वास्तविक समाजको यथार्थ चित्रण गरेको…

कुत्सित र पूर्वाग्रहले भरिएका हल्ला र प्रचारबाजीबाट कति पनि प्रभावित भएको छैन । बरु आफनो इमान, नैतिक मूल्यमान्यता, निष्ठा र…

धमाकेदार ट्रेलर र फितलो कथाबस्तुको फिल्म कस्तो बन्ला ? नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकार अहिले त्यस्तै भयो भन्दा हतार भयो…