लक्ष्मण शर्मा
कास्की । नेपाली क्रिकेटको लामो इतिहास नभए पनि गर्भिलो इतिहास रहेको छ । क्रिकेटमा सरकारले खासै लगानी गर्न नसकिरहेको बेला खेलाडीको आफ्नै मेहनत र नेपाली क्रिकेट समर्थकको उल्लासमय समर्थन क्रिकेटलाई छ । आइसीसीलाई नै तीन छक पार्ने गरी क्रिकेटमा ओइरो लाग्ने समर्थकको माया नै नेपाली क्रिकेट विकासको मुख्य सेतु हो ।
पछिल्लो समय नेपाली क्रिकेटले अविश्वसनिय फड्को मार्यो । त्यसको साक्षीबने नेपालीक्रिकेट खेलाडी र समर्थक । किनकी नेपालले एकदिवसीय मान्यता पाउने बेलामाउ संस्था क्यान निलम्बनमा परेको थियो । केही वर्षयता नेपालको घरेलु क्रिकेटमा पनिनीजि क्षेत्रको संलग्नतामा केही लिग हुन थालेका छन् ।
भर्खरै पोखरामा सकिएको पीपीएल क्रिकेट यसेको पछिल्लो उदाहरण हो । धनगढीबाट शुरु भएको घरेलुलिगको अभ्यास काठमाडौं हुँदै पोखरासम्म आइपुगेको छ । विभिन्न अन्तराष्ट्रिय प्रतियोगिताको समयमा मात्र खेल्ने खेलाडीले अहिले लगभग समय क्रिकेट खेलेर नै बिताउने गरेका छन् । यत्ती मात्र होइन क्रिकेट लिगले खेलाडीको जीवनस्तरमा पनि सुधार ल्याएको छ ।
अक्सनमार्फत खेलाडीको किनबेच हुनथाले पछि क्रिकेटको विकासमा कर्पोरेट हाउसको पनि केही आशलाग्दो सक्रियता देखिएको छ । घरेलु क्रिकेटमा अहिलेसम्मको धेरै पुरस्कार राशिभएको पीपीएलले व्यापारिक घरान कै सहयोगमा भव्य प्रतियोगिताको आयोजनागर्न सफल भयो ।प्रायशुन्य रहेको पोखरामा पीपीएल क्रिकेटले समर्थक पनि बढाउन सफलभयो ।
प्रतियोगिताको आयोजक संस्थाक्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालि पनि पोखरामा क्रिकेटका समर्थक देखेर आनन्दित भएको बतायो । पीपीएलले समर्थक मात्रहोइन राज्यलाई पनितानन सफल भयो । विभिन्न शहरका ६ वटा फ्रेन्चचाइज टिमलाई त्यहाको स्थानीय सरकारले राम्रो सहयोग गरे । पोखरा रंगशाला निर्माणका लागि गण्डकी प्रदेश नै सक्रिय बन्यो ।
यतिमात्र होइन केन्द्रीय राजनीतिमा प्रभाव राख्ने प्रभावशाली नेता नेकपा अध्यक्ष पुष्पकमल दाहाल समापन समारोहमा सहभागिहुँदै क्रिकेट विकासमा लाग्ने प्रतिवद्वता जनाउनुभयो । दाहालसँगै कार्यक्रममा आउनुभएका कांग्रेस नेता गगन थापा पनि प्रतियोगिताबाट निकै उत्साहित देखिनुभयो ।
पीपीएल प्रतियोगितामा उत्कृष्ट ब्याट्सम्यान काठमाडौँका गौरब तोमार घोषित भए । उनीभारतबाट काठमाडौंका लागि अनुबन्धित खेलाडी थिए । उत्कृष्ट बलर चितवनका करण केसी घोषित हुँदामोस्ट भ्यालुएबल प्लेयर ललितनारायण राजवंशीबने पीपीएल प्रतियोगिताको इमर्जिङ खेलाडी पोखरा पल्टनका राशिद खान घोषित भए ।