विमानभित्र ‘फाइट’

काठमाडौं । इन्डोनेशियामा यात्रुहरूले डुरियन फलको चर्को गन्ध आएको गुनासो गरेपछि एउटा विमानको उडान केही समयका लागि रोकिएको छ। जाकार्ताबाट बेङ्कुलु उड्न लागेको श्रीविजया एअरको सो विमानमा कार्गो गरिएको दुई टन डुरियन फल थियो। डुरियनलाई संसारको सबैभन्दा गन्हाउने फल मानिन्छ।

विमानमा चढेका यात्रुहरूले फल हटाउन आग्रह गरेका थिए। केहीको त चालकदलका सदस्यसँग हात हालाहालको स्थिति नै उत्पन्न भएको थियो। अन्ततः डुरियनका बोराहरू विमानबाट निकालियो र निर्धारित समयभन्दा एक घण्टा ढिलो विमान आफ्नो गन्तव्यतर्फ उड्यो। श्रीविजया एअरले गन्हाउने भए पनि डुरियन फलको कार्गो बोक्नु आफ्नो अधिकारभित्र नै रहेको जनाएको छ। उडान नियमावली पालना गरेर राम्ररी राखिएको डुरियन बोक्नु गैरकानुनी नभएको र धेरै विमानसेवाले त्यसो गर्ने उसको दाबी छ।

काँडेदार डुरियनलाई एशियाका धेरै ठाउँमा स्वादिष्ट मानिन्छ। तर सबैलाई त्यो फल मन पर्छ भन्ने छैन। चर्को गन्ध आउने भएकाले केही देशमा सार्वजनिक यातायात, होटल र विमानमा पनि यसको ओसारपसार गर्न रोक लगाइएको छ। सोमवार भएको सो घटनाबारे एक यात्रुले फेसबुकमा सविस्तार लेखेका छन्। अमिर जिदान लेख्छन्, विमानमा छिर्दा नै मैले डुरियनको गन्ध थाहा पाइसकेको थिएँ। मैले विमानपरिचारिकालाई त्यसबारे भन्दा उनीहरूले गुनासो फारम भर्न लगाए।

चालकदलले उनलाई त्यो गन्ध विमान उडिसकेपछि हराउने आश्वासन दिन खोज्यो। तर उनको चित्त बुझेन र उनले अरू यात्रुको पनि समर्थन जुटाए। जिदानका अनुसार उनले कराएर अरू यात्रुलाई यो विमानमा को उड्न चाहन्छ ? भनेर सोध्दा सबैले आफूले उड्न नचाहेको उत्तर दिएका थिए । अरू यात्रुले पनि गुनासो गर्न थाले। केहीको त चालकदलका सदस्यसँग हात हालाहालकै स्थिति उत्पन्न भयो।

अन्ततः यात्रुहरूलाई विमानबाट ओर्लिन भनियो र डुरियनको कार्गो निकालियो। बेङ्कुलु विमानस्थलका प्रमुखले एउटा स्थानीय सञ्चारमाध्यमलाई सो घटनाको पुष्टि गरेका छन्। अबउप्रान्त यात्रुलाई अप्ठेरो नहोस् भनेर फल राखिएको स्थिति विमानस्थलले हेर्ने उनले बताएका छन्।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

शब्द/तस्बिरः पुष्पराज अधिकारी हेटौंडा । ८ वर्ष अघिसम्म हेटौंडा उपमहानगरपालिका ९ स्थित कुखुरेनी खोलाको सामान्य बगर थियो यो भूगोल ।…

दोलखा । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले जनअनुसार काम गरिरहेको बताउनुभएको छ । ‘प्रकाश स्मृति…

कम्बोडिया । कम्बोडियाका दुई वरिष्ठ माओवादी नेतालाई आमनरसंहारको आरोपमा आजीवन काराबास सजाय सुनाइएको छ । कम्बोडियामा सन् १९७५ देखि १९७९…

नेपाली समाजमा प्रचलित उखान मध्ये एकः ‘पैसा देखेपछि महादेवका पनि तीन नेत्र ।’ यो उखानले वास्तविक समाजको यथार्थ चित्रण गरेको…

कुत्सित र पूर्वाग्रहले भरिएका हल्ला र प्रचारबाजीबाट कति पनि प्रभावित भएको छैन । बरु आफनो इमान, नैतिक मूल्यमान्यता, निष्ठा र…

धमाकेदार ट्रेलर र फितलो कथाबस्तुको फिल्म कस्तो बन्ला ? नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकार अहिले त्यस्तै भयो भन्दा हतार भयो…