‘नेपालको गौरवशाली विगत र मूल्य मान्यता अक्षुण्य’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सम्वतका प्रवर्तक एवम् राष्ट्रिय विभूति शंखधर साख्वा शताब्दीऔं पछि स्मृतिमा जीवित रहेको बताउनुभएको छ । नेपाल संवतको नयाँ वर्ष ११३९ का अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनु भएको हो ।

साख्वा कै योगदानका कारण नेपाली समाजको गौरवशाली विगत र मूल्य मान्यतालाई अक्षुण्य राख्नसमेत नेपाल सम्वतले झकझक्याउँदै आएको प्रधानमन्त्रीको भनाइ छ । नेपाल सम्वतको सुरुआतको घटना पनि हामी सबैका लागि प्ररणादायी रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो । उहाँले नेपाल सम्वतलाई परोपकारी भावना स्मरण गर्ने दिनको रुपमा समेत ब्याख्या गर्नुभएको छ ।

राष्ट्रिय विभूति शंखधर साख्वाःले ११३८ वर्षअघि ऋणमा बाँधिएका गरिब किसानहरुलाई आफ्नै सम्पत्ति खर्च गरी ऋण मुक्त गराएको प्रसंग छ । सोही दिनदेखि उनले नेपाल सम्वत् चलाएको बताइन्छ ।।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

शब्द/तस्बिरः पुष्पराज अधिकारी हेटौंडा । ८ वर्ष अघिसम्म हेटौंडा उपमहानगरपालिका ९ स्थित कुखुरेनी खोलाको सामान्य बगर थियो यो भूगोल ।…

दोलखा । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले जनअनुसार काम गरिरहेको बताउनुभएको छ । ‘प्रकाश स्मृति…

कम्बोडिया । कम्बोडियाका दुई वरिष्ठ माओवादी नेतालाई आमनरसंहारको आरोपमा आजीवन काराबास सजाय सुनाइएको छ । कम्बोडियामा सन् १९७५ देखि १९७९…

नेपाली समाजमा प्रचलित उखान मध्ये एकः ‘पैसा देखेपछि महादेवका पनि तीन नेत्र ।’ यो उखानले वास्तविक समाजको यथार्थ चित्रण गरेको…

कुत्सित र पूर्वाग्रहले भरिएका हल्ला र प्रचारबाजीबाट कति पनि प्रभावित भएको छैन । बरु आफनो इमान, नैतिक मूल्यमान्यता, निष्ठा र…

धमाकेदार ट्रेलर र फितलो कथाबस्तुको फिल्म कस्तो बन्ला ? नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकार अहिले त्यस्तै भयो भन्दा हतार भयो…