जुवाखालबाट १९ जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा प्रहरीले तास खेलिरहेको अवस्थामा १९ जनालाई पक्राउ गरेको छ ।

बिहिबार बिहान ३ बजेको समयमा प्रहरी निरीक्षक गोबिन्द रावतको कमाण्डमा खटिएको टोलीले कपिलबस्तु नगरपालिका–८ दोहनी चोकस्थित रामप्रकाश अग्रहरीको राईस मिलमा उनीहरुलाई तास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो ।

प्रहरीका अनुसार तास खेलेको ठाउँबाट नगद एक लाख २१ हजार ३१५ रुपैयाँ बरामद भएको छ । प्रहरीले १३ वटा मोटरसाइकल र १५ थान मोबाईल फोनसमेत नियन्त्रणमा लिएको छ ।

राईस मिलका सञ्चालक अग्रहरी भने फरार रहेकाले उनको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

शब्द/तस्बिरः पुष्पराज अधिकारी हेटौंडा । ८ वर्ष अघिसम्म हेटौंडा उपमहानगरपालिका ९ स्थित कुखुरेनी खोलाको सामान्य बगर थियो यो भूगोल ।…

दोलखा । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले जनअनुसार काम गरिरहेको बताउनुभएको छ । ‘प्रकाश स्मृति…

कम्बोडिया । कम्बोडियाका दुई वरिष्ठ माओवादी नेतालाई आमनरसंहारको आरोपमा आजीवन काराबास सजाय सुनाइएको छ । कम्बोडियामा सन् १९७५ देखि १९७९…

नेपाली समाजमा प्रचलित उखान मध्ये एकः ‘पैसा देखेपछि महादेवका पनि तीन नेत्र ।’ यो उखानले वास्तविक समाजको यथार्थ चित्रण गरेको…

कुत्सित र पूर्वाग्रहले भरिएका हल्ला र प्रचारबाजीबाट कति पनि प्रभावित भएको छैन । बरु आफनो इमान, नैतिक मूल्यमान्यता, निष्ठा र…

धमाकेदार ट्रेलर र फितलो कथाबस्तुको फिल्म कस्तो बन्ला ? नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकार अहिले त्यस्तै भयो भन्दा हतार भयो…