प्रधानमन्त्रीको संकल्प पुरा गर्न सबै लाग्नुपर्छ

नारायण थापा

भक्तपुर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले प्रधानमन्त्री केपी शर्मा ओलीको खु्सी र सम्वृद्धि बनाउने संकल्प पुरा गर्न सबै लाग्नु पर्ने बताउनु भएको छ ।  नेपाल संवत् १९३९ को अवसरमा आज राष्ट्रिय विभूति शंखधर साखवा: प्रतिष्ठानले मध्यपुरथिमि नगरपालिका शंखधर साख्वा: चोकमा आयोजना गरेको शंखधर साख्वाको शालिकमा माल्र्यापण कार्यक्रममा बोल्दै उहाँले सुखी र सम्बृद्धि नेपालको संकल्प सबैले पुरा गर्नु पर्ने बताउनु् भएको हो ।

देश बनाउँने नेतृत्व सरकारले गरेको बताउँदै उहाँले भन्नुभयो–“देश बनाउने अहिलेको सरकारले धेरै प्रयास गरेको छ, तर यो जिम्मेवारी देशका सबै नागरिकको हो, सरकार एकलकाट्टे रुपमा अगाडि बढ्दैन, जसलाई जे मन लाग्यो, त्यो सरकारले पुरा गर्न सक्दैन ।”

संविधानलाई कार्यान्वयन गर्दै देश विकासको गतिलाई तिब्र रुपमा लैजानु पर्नेमा जोड दिदै मन्त्री पण्डितले नेपालको धार्मिक र साँस्कृतिक पर्वले सबैमा एकताको. सुत्रमा बाधेर लैजानु पर्नेमा जोड दिनुभयो । देशमा सत्ता पक्षको भूमिकामा सत्ता पक्ष र प्रतिपक्षको भूमिकामा प्रतिपक्षले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्ने भनाई राख्दै उहाँले निजी सम्पत्तिलाई समाजको विकासका लागि गरेको योगदानलाई भुल्न नहुने बताउनुभयो ।

कार्यक्रममा प्रतिनिधीसभाका सांसद महेश बस्नेतले देशको विकासमा शंखधर साख्वाले पुर्याएको योगदानको चर्चा गर्दैै उहाँले शंखधरलाई सिंगो मुलुकमा फैलाउन लागिरहेको बताउनुभयो । प्रतिष्ठानले ११ ठाउँमा शंखधरको शालिन निर्माण गर्न लागेको चर्चा गर्दै उहाँले भक्तपुरको चारवटा नगरपालिकाको पुरानो सम्पदा र साँस्कृतिक धरोहरको संरक्षण र पुर्ननिर्माणका लागि ५ अर्ब रुपैया बजेट ल्याउन आफूले पहल गरेको बताउनुभयो । कार्यक्रममा र्शखधर साख्वाको बुलेटिन बिमोचन गरिएको थियो ।

कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले शंखधर साख्वाको योगदानलाई अझै बिस्तार गर्नुपर्ने बताउँदै मध्यपुरथिमि नगरपालिकाले कला, संस्कृति र सम्पदाको संरक्षणमा बजेट विनियोजन गर्दै कार्यक्रम अगाडि बढाएको बताउँनुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

शब्द/तस्बिरः पुष्पराज अधिकारी हेटौंडा । ८ वर्ष अघिसम्म हेटौंडा उपमहानगरपालिका ९ स्थित कुखुरेनी खोलाको सामान्य बगर थियो यो भूगोल ।…

दोलखा । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले जनअनुसार काम गरिरहेको बताउनुभएको छ । ‘प्रकाश स्मृति…

कम्बोडिया । कम्बोडियाका दुई वरिष्ठ माओवादी नेतालाई आमनरसंहारको आरोपमा आजीवन काराबास सजाय सुनाइएको छ । कम्बोडियामा सन् १९७५ देखि १९७९…

नेपाली समाजमा प्रचलित उखान मध्ये एकः ‘पैसा देखेपछि महादेवका पनि तीन नेत्र ।’ यो उखानले वास्तविक समाजको यथार्थ चित्रण गरेको…

कुत्सित र पूर्वाग्रहले भरिएका हल्ला र प्रचारबाजीबाट कति पनि प्रभावित भएको छैन । बरु आफनो इमान, नैतिक मूल्यमान्यता, निष्ठा र…

धमाकेदार ट्रेलर र फितलो कथाबस्तुको फिल्म कस्तो बन्ला ? नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकार अहिले त्यस्तै भयो भन्दा हतार भयो…