राष्ट्र निर्माणमा एकताको खाँचो छः नेता खनाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका(नेकपा) वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सिङ्गो राष्ट्र निर्माणको अभियानमा सत्तापक्ष र प्रतिपक्षकाबीच एकता र सहकार्य हुनुपर्ने बताउनुभएको छ ।

रिपोर्टर्स क्लवले उहाँको निवासमा आयोजना गरेको देउसी भैलो कार्यक्रममा नेता खनालले जनताको सामाजिक र आर्थिक रुपान्तरणका लागि गरिबी पछौटेपन, परनिर्भरता न्यूनिकरण गर्न आवश्यक रहेको बताउँदै विकास र समृद्धिका साझा मुद्दामा सबै दल एकढिक्का हुनपर्ने बताउनुभयो ।

मुलुकको विकास तथा आर्थिक समृद्धि जनताको इच्छा भएकाले त्यसतर्फ सरकारले ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । पाटीभित्रका गुट उपगुट अन्त्य गरी एकतावद्ध हुनुपर्ने खाँचो औँल्याउँदै उहाँले भन्नुभयो, नीति र विधिका आधारमा कम्युनिष्ट पार्टी सामूहिक नेतृत्वमा सञ्चालन हुन्छ, समूहको एकताबाट नै समाज पनि विकास हुन्छ, एक व्यक्ति सर्वज्ञ हुँदैन ।’ नेता खनालले पार्टीको एकीकरणमा ढिदाई भएको स्वीकार्दै त्यस विषयमा निर्णय लिन सचिवालय बैठक अब चाँडो बस्ने बताउनुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

शब्द/तस्बिरः पुष्पराज अधिकारी हेटौंडा । ८ वर्ष अघिसम्म हेटौंडा उपमहानगरपालिका ९ स्थित कुखुरेनी खोलाको सामान्य बगर थियो यो भूगोल ।…

दोलखा । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले जनअनुसार काम गरिरहेको बताउनुभएको छ । ‘प्रकाश स्मृति…

कम्बोडिया । कम्बोडियाका दुई वरिष्ठ माओवादी नेतालाई आमनरसंहारको आरोपमा आजीवन काराबास सजाय सुनाइएको छ । कम्बोडियामा सन् १९७५ देखि १९७९…

नेपाली समाजमा प्रचलित उखान मध्ये एकः ‘पैसा देखेपछि महादेवका पनि तीन नेत्र ।’ यो उखानले वास्तविक समाजको यथार्थ चित्रण गरेको…

कुत्सित र पूर्वाग्रहले भरिएका हल्ला र प्रचारबाजीबाट कति पनि प्रभावित भएको छैन । बरु आफनो इमान, नैतिक मूल्यमान्यता, निष्ठा र…

धमाकेदार ट्रेलर र फितलो कथाबस्तुको फिल्म कस्तो बन्ला ? नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकार अहिले त्यस्तै भयो भन्दा हतार भयो…