काठमाडौं । टी–ट्वान्टी क्रिकेटको बरियताको शीर्ष स्थानमा पाकिस्तान परेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सोमबार राति सार्वजनिक गरेको बरियतामा पाकिस्तान शीर्ष स्थानमा परेको हो ।
पाकिस्तानले ३६ खेलबाट ४ हजार ९७९ अंक र १३८ रेटिङ प्राप्त गर्दै शीर्ष स्थान ओगट्न सफल भएको हो । यस्तै दोश्रो स्थानमा भने भारत परेको छ । भारतले ४० खेलबाट ५ हजार ६४ अंक प्राप्त गरेर १२७ रेटिङ पाएको छ । तेस्रो स्थानमा अष्ट्रेलिया, चौथोमा इंग्ल्यान्ड, पाँचौंमा न्युजिल्यान्ड र छैटौंमा दक्षिण अफ्रिका छन् ।
बरियताको सातौं स्थानमा वेष्ट इन्डिज, आठौंमा अफगानिस्तान र नवौं स्थानमा श्रींलका छ । बंगलादेश १० औं, स्कटल्यान्ड ११औं र जिम्बाब्वे १२औं स्थानमा रहँदा १३ औं, १४ औं, १५ औं , १६ औं र १७ औं बरियतामा क्रमशः युएई, नेदरल्यान्ड्स, हङकङ, ओमन र आयरल्यान्ड रहेका छन् ।
आइसीसीले सार्वजनिक गरेको टी–ट्वान्टी बरियतामा पर्ने नेपालको सपना यसपटक पनि साकार हुन सकेन । यद्यपी नेपालका कतान पारस खड्का टी–ट्वान्टी क्रिकेटको अलराउन्डरमा ४१ औँ स्थानमा पर्न सफल भएका छन् । त्यस्तै, कप्तान पारस ब्याटिङमा ९३औं स्थानमा उक्लिएका छन् ।