लोकेन्द्रप्रसाद जोशी
दार्चुला । जिल्लामा नेपाल कम्युनिष्ट पार्टीको एकता प्रक्रिया टुंगिएको छ । एकता छिनोफानो गर्न पार्टी कार्यदल बनाएको थियो । कार्यदलको बिहीबारको बैठकले ५ तहमा एमाले र ४ तहमा माओवादी केन्द्रको नेतृत्व हुने गरी एकता टुंग्याएको हो।
शैल्यशिखर नगरपालिका, मार्मा गाउँपालिका, अपी हिमाल गाउँपालिका, मालिकार्जुन गाउँपालिका र व्यास गाउँपालिकाको नेतृत्व एमाले पक्षले पाएको छ । महाकाली नगरपालिका, नौगाड गाउँपालिका, लेकम गाउँपालिका र दुहुँ गाउँपालिकाको नेतृत्वमाओवादी केन्द्र पक्षको भागमा परेको छ । एक नगरपालिकासहित चार गाउँपालिकामा एमाले पक्ष र एक नगरपालिकासहित तीन गाउँपालिकामा माओवादी पक्षले नेतृत्व गरेको छ ।
महाकाली नगरपालिकामा खडकसिह धामी अध्यक्ष सचिव एमाले पक्षका बहादुरसिह खाती, शैल्यशिखर नगरपालिकामा विजयसिह धामी अध्यक्ष सचिव मोहनसिह साउँदले नेतृत्व पाएका छन् ।
यसैगरी अपी हिमाल गाउँपालिकामा अध्यक्ष पोखरसिह रोकाया, सचिव जीवनसिह लोथ्याल, मार्मा गाउँपालिकामा अध्यक्ष देवसिह महर सचिव धिरेन्द्रसिह धामी, नौगाड गाउँपालिकामा अध्यक्ष दलजीतसिह धामी, सचिव नरेन्द्रसिह ठगुन्ना, दुहु गाउँपालिकामा अध्यक्ष मनोरथ भट्ट सचिव दिलिपसिह धामी र व्यास गाउँपालिकामा अध्यक्ष नगेन्द्रसिह तिंकरी तथा सचिव उपेन्द्रसिह कुवर चयन भएका छन् ।
यस्तै लेकम गाउँपालिकामा अध्यक्ष रामदत्त जोशी, सचिव पुष्पराज जोशी, र मालिकार्जुन गाउँपालिकामा अध्यक्ष हरकसिह ठगुन्ना र सचिव कृष्णराज पन्त चयन भएका छन् ।
बैठकले मंसिर १५ गतेभित्र ९ वटै स्थानीय तहको गाउँ कमिटी चयन गरि सक्ने जनाएको छ । गाउँ कमिटी ७५ सदस्यीय तथा नगर कमिटी ८१ सदस्यीय रहनेछन् । नगर र गाउँ कमिटीको कार्यालय सदस्य पाँच पाँच जना रहने नेकपाका जिल्ला नेता रामदत्त जोशीले जानकारी दिनुभयो ।
जिल्ला कमिटी १ सय ३५ सदस्यीय हुनेछ ।एकता कार्यदलमा नेकपा एमालेबाट रामदत्त जोशी, उदय बडाल, ज्ञानेन्द्र घर्ती, चरनसिह बुढाथोकी तथा माओवादी केन्द्रबाट मानबहादुर धामी, गणेशसिह खत्री, जमनसिह धामी र लालबहादुर विक छन् ।