काठमाडौं । आधुनिक जीवनशैली र अनमेल खानपानका कारण नेपालमा मधुमेहका रोगी बढ्दैछन् । मधुमेहका रोगीले खानपानमा ध्यान दिन जरुरी छ ।
१. ताजा फलफलूको रसः मधुमेह रोगीले ताजा फलको रस सेवन गरे फाइदा पुयाउँछ । जामुन, स्याउ, सुन्तला र अम्बा खाजामा प्रयोग गर्दा फाइदा पुग्छ ।
२. दूधः बच्चादेखि ठूलासम्मले दूध प्रयोग गर्नु राम्रो मानिएको छ । यसले धेरै फाइदा दिन्छ । हड्डी मजबुत हुनुका साथै ब्लड सुगरको स्तर कम राख्न मदत गर्छ ।
३. पानीको प्रयोगः मान्छेलाई बाँच्न पानी नभइ नहुने कुरा हो, तर मधुमेहका रोगीले बढीमात्रामा पानी पिउनु पर्छ । यसले ब्लड सुगरको स्तर बढन दिँदैन् । ब्लडमा सुगरको स्तर बढी भए मधुमेह रोगीलाई डिहाइड्रेसनको समस्या हुन थाल्छ, जसलाई अधिक पानी पिएर सन्तुलित गर्न सकिन्छ ।
४. हर्बल चियाः मधुमेहका रोगीले हर्बल टी पिउनु पर्छ । जस्तै ग्रीन टी, कालो चिया उसको स्वाद बढाउन बरु यसमा अदुवा, तुलसीको पात, कागती वा बेसार पनि राख्न सकिन्छ ।
५. तरकारीको झोलः मधुमेह रोगीलाई हरियो रेसा भएको तरकारी जस्तैः पालुङ्गो, काक्रो झोल सेवन गर्नाले राम्रो हुन्छ, तरकारिको झोलमा भरपूर मात्रामा भिटामिन र मिनरल्स हुन्छ । जसले शरीरलाई असाध्यै फाइदा पुर्याँउछ ।