मेषसाता अनुकूल भएर बित्नेछ । विद्या तथा बौद्धिकमा सफलता प्राप्त हुनेछ । शुभ समाचार सुन्न पाइनेछ समाजमा प्रतिष्ठा बढेर जानेछ । मनोरञ्जनात्मक क्षेत्रमा दिन बित्नेछ । आर्थिक समस्या निराकरण गर्ने उपाय पत्ता लाग्नेछ । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । ५ गते मम्मको समय प्रतिकूल रहने छ । विरोधीहरु सक्रिय रहनेछन् । गरिएका काममा सफलता प्राप्त हुनेछैन । जीवनसाथीसितको सम्बन्धमा नकारात्मकता देखिनसक्छ । दुर्घटना वा चोटपटकको योग भएकाले सावारी साधन चलाउँदा सचेत हुनुपर्ला ।
वृषसाता समान्य नै छ । साताको सुरुवातमा परिवारमा मतभेद हुनेछ । समयप्रतिकूल रहनाले गरेका कामहरु असफल हुनेछन् । त्यसैले झैझगडा र मुद्दामामिलाभन्दा टाढै बस्नु उचित हुनेछ । सानातिना कामको झमेला आउनेछन् । दीर्घकालीन योजनाहरु असफल हुनेछन् । ५ गतेसम्मको समय उत्साहवद्र्धक रहला । विद्या क्षेत्रमा सफलता मिल्नेछ । साथीभाइ, बन्धुवान्धव र इष्टमित्रबाट राम्रो सहयोग मिल्ला ।
मिथुनसामान्यतया राम्रै समय रहने छ, मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । दार्श्निक र आध्यात्मिक विषयवस्तुप्रति आकर्षित हुनुहुनेछ । व्यावहारिक र सामाजिक जिम्मेबारी थपिनेछ । घरपरिवारमा खुसीको वातावरण सिर्जना हुनेछ । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । रोकिएका काम समेत सम्पादन हुनेछन् । पढाइमा पनि राम्रै प्रगति हुनेछ । कसैलाई ज्ञान र अर्ति दिनुभयो लाभ हुने छ । ५ गते सम्मको समयमा सोचेका काम नबन्नाले दिक्क लाग्नेछ । उक्त समयमा मातापिता र मान्यजनको स्वास्थ्यप्रति सचेत रहनु होला । गरेका कामधन्दा र मिहिनेतबाट लाभ हुने सम्भावना छैन । रोकिएको कामधन्दामा प्रगति हुन सक्दैन । ५ गतेपछिको समय भने अनुकूल भएर बित्नेछ ।
कर्कटआर्थिक क्षेत्र सबल रहने साता छ । नयाँ लगानीका लागि राम्रो छ । स्वास्थ्यमा सकारात्मक सङ्केत देखिने छ । बन्दव्यापारबाट राम्रो फाइदा लिन सकिन्छ । भौतिक साधनको जोहो हुनाका साथै मनोरञ्जनात्मक क्रियाकलापमा सक्रिय हुने अवसर जुट्ने छ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । मातापिता र अभिभावक वर्गसँगको सम्बन्धमा सुधार आउने छ । ढिलै भए पनि तपाईंले भने जसरी नै काम सम्पन्न हुनेछ । ५ गते पछि घरायसी समस्याका कारण घरबाहिर जानुपर्ने सम्भावना देखिन्छ । कामधन्दा र पारिवारिक समस्यामा केन्द्रित हुनाले फुर्सद निकाल्न सकिंदैन ।
सिंहसाता राम्रै छ । नयाँ योजना कार्यान्वयन गर्ने र दीर्घकालीन योजना बनाउने समय हो । वैदेशिक यात्रा गर्ने योजनामा हुनुहुन्छ भने प्रयास गर्न अनुकूल हुनेछ । कृषिजन्य व्यवसायबाट राम्रो आर्थिक उपार्जन हुने समय छ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा लाभ प्राप्त हुनेछ । कार्य सफल हुँदै जानेछ । रमाइलो यात्रा हुन सक्छ । पुराना साथीभाइसित भेटघाट हुनसक्छ । पठनपाठन र बौद्धिक गतिविधिका कारण मानसम्मान र प्रतिष्ठामा बढोत्तरी हुनेछ । दीर्घकालिक योजनालाई मूर्त बनाउन चिन्तन महत्त्वपूर्ण बन्न सक्छ । साताको अन्त्यमा शान्ति र प्रसन्नताको अनुभूति हुनेछ, साताभरिका क्रियाकलापको लेखाजोखा गर्न मन लाग्नेछ ।
कन्यासाता त्यति अनुकूल छैन । आकस्मिक र बाध्यताकारी खर्चबर्च बढ्ने सङ्केत छ, कृषिक्षेत्रबाट बेफाइदा हुनेछ । पारिवारिक सहयोग प्राप्त हुँदैन । यात्रा घातक बन्नसक्छ । अनावश्यक र निरर्थक लगानी बढ्नेछ । आम्दानीका मार्ग अवरुद्ध हुनेछन् । स्वास्थ्य प्रतिकूल रहनेछ । ५ गतेपछिको समय भने राम्रो रहने छ, दानपुण्यका लागि असल छ । चिन्तनमनन र अध्यात्मप्रति आकर्षित हुँदा राम्रो हुनेछ । कुनै नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ । नातेदार र कुटुम्बले काममा सहयोग गर्नेछन् । प्रतियोगितात्मक क्रियाकलापमा सफल हुनुहुने छ । मित्रशक्ति र कुटुम्बबाट साथसहयोग पाइने छ ।
तुलासमय सामानय किसिमको रहेको छ । साताको प्रारम्भमा आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा कम र व्यापारमा प्रशस्त फाइदा हुने योग छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन होला । पढाइमा प्रगति हुनेछ । ५ गते पछिको समय भने काम गर्न जाँगर चल्नेछ । वस्तुतः यो साता समय र अवसरलाई उपयोग गर्नसके राम्रो फाइदा लिन सकिने समय छ । साताको अन्तिमको समय अनुकूल भएर बित्नेछ ।
बृश्चिकमेष राशिका लागि यो साता सामान्य छ । साताको सुरुवाति दिनहरु अनुकूल रहनेछन् । कर्ममा सफता प्राप्त हुने योग छ । मानमा ऊर्जा र उत्साह बढ्नेछ । कतै लामो दूरीको लाभदायी यात्रा हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । विद्या क्षेत्रमा सफलता प्राप्त हुनेछ । ५ गतेपछि आकस्मिक रूपमा धनव्यय हुनेछ । नजिकका व्यक्तिसँग कलझगडा पर्नेछ । प्रतिपक्ष बलियो हुनेछन् । प्रतियोगिता र प्रतिस्पर्धामा पराजय ब्यहोर्नु पर्छ ।
धनुसाता सामान्य किसिमको छ । साताको सुरुवाति दिनमा पेटसम्बन्धी समस्याहरु आउनेछन् । शत्रुबढ्नाले काममा बाधा उत्पन्न हुनेछ । आफूले गरेका कामा असफलता हात लाग्नाले पश्चातापको भावना जागृत हुनेछ । ५ गतेपछि भने आम्दानीमा भने खासै कमजोरी आउने छैन प्रतियोगितात्मक क्षेत्रमा प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त गर्न सकिन्छ । काममा भाग्यले साथ दिनेछ । परोपकार र धार्मिक क्षेत्रमा रुचि जाग्नेछ । मेवा मिष्टान्न परिकार मिल्नेछ, भेटघाट राम्रै होला । राज्यपक्षबाट लाभ मिल्नेछ
मकरसाताको प्रारिम्भक दिनहरु खासै अनुकूल छैनन् । शरीरमा रोगव्याधि बढ्ने तथा स्वास्थ्यमा नकारात्मक असर पर्न सक्नेछ । मनोरञ्जनात्मक क्रियाकलापमा धन खर्च हुनेछ अनावश्यक धन खर्च हुनाले चिन्ता बढ्नेछ । ५ गतेपछि भने समय अनुकूल भएर बित्ला । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । रोकिएको काम सम्पनन हुनेछ । आफन्त वा साथीभाइको सहयोग मिल्नेछ । विद्या क्षेत्र वा प्रशासनिक क्षेत्रमा सफलता प्राप्त हुनेछ । मातापिता वा अभिभावकबाट अशिर्वाद प्राप्त हुनेछ । लामो दूरीको लाभदायक यात्राको सम्भावना छ । सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । प्रतिस्पर्धी परास्त हुनेछन् । आम्दानी बढ्नेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ ।
कुम्भसाता मिश्रित किसिमको रहेको छ । सुरुमा मनोरञ्जनात्मक समय रहने छ । साताको सुरुवाति दिनमा प्रारम्भमा आर्थिक लाभ हुनेछ । साथी तथा इष्टमित्रको साथ सहयोग प्राप्त हुनेछ । प्रेममा सफलता मिल्नेछ । मनारेञ्जनका क्षेत्रमा समय र धन खर्च हुन सक्छ । ५ गते पछि भने समय अनुकूल भएर बित्नेछ । शुक्रवार र शनिवार इष्टमित्रले तपाईंको प्रशंसा गर्नेछन् । परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । रोकिरहेका कामहरु सम्पन्न हुनाले मानमा ऊर्जा आउनेछ । पारिवारिक जीवन सामान्य रहने छ ।
मीनसाता त्यति राम्रो छैन । शारीरिक समस्याहरु आउनेछन् । छाती वा पेटको रोगका कारण स्वास्थ्यमा अचानक गडबडी आउने देखिन्छ । शरीरमा आलश्यता आउनेछ । पारिवारिक समस्याहरु बढ्नेछन् । बौद्धिक र प्राज्ञिक क्षेत्रमा सोचे जस्तो सफलता प्राप्त हुनेछैन । खिन्नता बढ्नेछ । सहयोगी विवरित हुनेले तनाब बेहोर्नुपर्ला । लामो दूरीको अनावश्यक र दिक्कलाग्दो यात्रा होला । आर्थिक समस्याले सङ्कट उत्पन्न हुनसक्छ । साताको ५ गतेबाट भने समय केही अनुकूल भएर बित्ला । प्रशासनिक र राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । शुभसमाचारको आगमनले मन प्रसन्न रहने समय छ । शत्रुहरू पराजित हुनेछन् । यश, सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ ।