पूर्वमन्त्री चन्द्रदेव जोशीको काव्यकृति 'यात्राः आफ्नै आँगनको' लोकार्पण
बुधबार, ३२ साउन २०७४
पूर्वमन्त्री चन्द्रदेव जोशीको काव्यकृति  'यात्राः आफ्नै आँगनको' लोकार्पण

काठमाडौँ । पूर्वमन्त्री तथा नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशी द्धारा रचित प्रयोगात्मक काव्य ‘‘यात्राः आफ्नै आँगनको’’ लोकार्पण गरिएको छ ।

काठमाडौँको पर्यटन वोर्डमा आज पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, राष्ट्रकवि माधव प्रसाद घिमिरे र वरिष्ठ बामपन्थी नेता विष्णुबहादुर मानन्धरसहित विशिष्ठ साहित्यकर्मी र राजनीतिहरुले संयुक्तरुपमा पुस्तकको लोकार्पण गर्नुभएको हो ।

राष्ट्रकवि घिमिरेले यस कृतिमा एक वर्गले दुख पाउँदा अर्को वर्गले आनन्द लिने, जनताले भोग्नुपरेका दुःखकष्टमा भिजेर कविले कलम चालेकाले समाज परिवर्तका लागि यस कृतिले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले श्रष्टा चन्द्रदेव जोशीलाई संघर्षशिल, मानववादी, ज्योतिषदेखि विज्ञानसम्म र लोक सहित्यदेखि विश्व साहित्यको ज्ञाताका रुपमा व्याख्या गर्नुभयो ।

पुस्तकको समीक्षा गर्दै वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितले नेपालको कला संस्कृति र प्राकृतिक श्रोत साधनको अध्ययनमा आधारित यस संस्करणका लेखकले समाज निर्माणमा कठोर परिश्रम गरेको औल्यानुभयो ।

यस्तै वरिष्ठ समालोचक तथा साहित्यकार तारानाथ शर्माले जोशीलाई राजनीति भन्दा पनि शाहित्यले चिनाउने भएकाले साहित्यमा अझ बढि कलम चाल्न आग्रह गर्नुभयो । जोशीको यो दोस्रो साहित्यिक कृति हो । पुस्तक लोकार्पण कार्यक्रममा विशिष्ठ साहित्यकार, कलाकर्मी, सञ्चारकर्मीसहित सर्वसाधरणको पनि उपस्थिति थियो ।

२०७४ साउन ३२ गते १९:५७ मा प्रकाशित
953 पटक पढिएको

प्रतिक्रिया दिनुहोस