यस वर्षकै उत्कृष्ट ‘माइतीघर’ (भिडियोसहित)
सोमबार, ०५ भदौ २०७४
यस वर्षकै उत्कृष्ट ‘माइतीघर’  (भिडियोसहित)


काठमाडौं । गायिका पूर्णकला बीसीको ‘माइतीघर’ यस वर्षको उत्कृष्ट तिज गीत बनको छ ।  छायाछावि चौथो म्युजिक अवार्ड २०७४ मा गायिका बीसीको ‘माइतीघर’ बोलको गीत उत्कृष्ट बन्न सफल भएको हो ।

त्यसैगरी गायिका टीका पुन उत्कृष्ट तीज गायिका बनेकी छिन् । गयिका पुनले ‘यूकेको सारी’ बोलको गीतबाट उत्कष्ट गायिकाबन्दै अवार्ड चुम्न सफल भएकी हुन् । त्यस्तै हरी विष्टले उत्कृष्ट तीज गीत शब्द र तयमा नदी तीरैमा बालेको गीतबाट अवार्ड थापे भने सञ्जय श्रीपाललाई  सोही गीतले उत्कृष्ट मिक्सिङको अवार्ड दिलायो ।

त्यसैगर माइती घर बोलको गीतले विनोद बाजुराली एरेन्जर, विक्रम चौहान उत्कष्ट कोरियोग्रफरको अवार्ड हात पारे भने शाशिष मयुजि उत्कृष्ट म्युजिक कम्पनी घोषित भयो ।
अवार्ड वितरण कार्यक्रमका अवसरमा गायिका एवम् संकलक चन्द्रकला शाहलाई तीज संगीत स्रष्टा सम्मान २०७४ प्रदान गरियो ।
शाहलाई नगद ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरिएको हो ।

२०७४ भदौ ०५ गते १०:०३ मा प्रकाशित
92 पटक पढिएको

प्रतिक्रिया दिनुहोस