दुई नम्बर प्रदेशमा पनि एमाले पहिलो हुन्छः सुरेन्द्र केसी (भिडियोसहित)
मङ्गलबार, १३ भदौ २०७४
दुई नम्बर प्रदेशमा पनि एमाले पहिलो हुन्छः सुरेन्द्र केसी (भिडियोसहित)

काठमाडौँ । राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले दुई नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा नेकपा एमाले पहिलो शक्ति बनेर उदाउने बताउनु भएको छ ।

जनता टेलिभिजनको नियमित प्रस्तुति ‘सन्दर्भ’ मा रामकुमार एलनसँग कुराकानी गर्दै डा. केसीले भन्नुभयो, ‘जसलाई छेक्न खोजिन्छ, जनताले मत हाल्दा त्यस्तैलाई छान्छ ।’ यसपटक तराईमा एमालेलाई निषेध गर्न सबै लागेकाले जनमत एमालेकै पक्षमा आउने केसीको दाबी छ ।

‘२०६४ मा माओवादी आयो, त्यसपछि कांग्रेस र अहिले जताततै एमालेको माहौल छ,’ डा. केसीले भन्नुभयो, ‘एमाले मधेसविरोधी पनि होइन, भारतविरोधी पनि होइन अहिलेको राजनीतिक घटनाक्रमको दोषी पनि होइन, तर एमालेलाई नै छेक्न खोजिएकाले जनमत एमालेका पक्षमा आउनसक्छ ।’

हेर्नुहोस् कुराकानीः

२०७४ भदौ १३ गते १२:५१ मा प्रकाशित
6807 पटक पढिएको

प्रतिक्रिया दिनुहोस